•  २०८३ बैशाख ५
  • चुनाव हुनु कहाँ छ, कहाँ ? रास्वपाका रबिले बालेनलाई प्रधानमन्त्रीको पद दिइसकेकोमा यो रिठ्ठेको मथिङ्लमा पटक्कै घुसेन । यसरी ‘नानी पाउनु कहिले कहिले, कोक्रो बुन्नु पहिले’ भनेझै चुनाव हुन्छ कि हुँदैन, हुनु कता, कता ? एक्कासी लौ अबो प्रधानमन्त्री तिमी भन्दै बालेनलाई रबिले नियुक्ति गरेकोमा रिठ्ठेलार्य खुलदुलिनै लाग्यो । यतिकैमा अचानक रिठ्ठेले सहकारी जेठोको उभन्दा पनि खुरापाती तर खास उसकै विश्वास पात्र अर्थात खास उसको मानिसलाई अचानक बाटामै भेट्यो र यही मौकामा सोधी पनि हाल्यो । होइन निर्वाचनमा निर्वाचित हुन कता कता बालेनलार्य रविले प्रधानमन्त्री बनाई सके । यो कुरो मैले बुझ्न सकिन– के बालेन साच्चिकै फागुन २१ गते हुने निर्वाचनमा चुनाव जित्लान् र, जित्छन् भन्ने नै के ग्यारेन्टी छ ?
    रिठ्ठेको यो प्रश्नको उत्तर दिँदै निकै बेर घोरिएर रविका ती विश्वास पात्र र भित्रियाले रबि लामिछानेको पोल खोल्दै भने ‘बालेन र जेनजी पुस्ताको भावना र मुखमा बुँचो हाल्ने काम मात्र गरेको हो रबिले । यथार्थमा भन्नुपर्दा आसन्न निर्वाचनमा रबिले ‘मुखमा राम, राम, बगलीमा छुरा’ भन्ने उखानलाई चरितार्थ गर्दै बालेनलाई मतदान होइन, ¥यापरहरुको साथ मात्र उपलब्ध गराईदिन आफ्ना कर्मठ कार्यकर्ताहरुलाई गोप्य रुपमा कडा निर्देशन दिई सकेको कुरा जानकारी रिठ्ठेले पायो ।
    यो रिठ्ठे पनि चतुर कुमाईको घुमाइमा सोझा तेलीको छोरो साच्चिनै नपर्ला भन्न सकिन्न भन्ने ठहर ग¥यो ।