— श्रीमती कमरेडः होइन हजुर (आफ्नो श्रीमानसँग) कमरेडहरुले रक्सी खान हुँदैन भनेको होइन ?
— श्रीमान कमरेडः रक्सी पो खान हुँदैन त, यो त रक्सी होइन नी ‘स्कच हो स्कच’
— श्रीमती कमरेडः स्कच नै खान हुने रक्सी चै खान नहुने, मैले कुरो बुझिन नी ?
— श्रीमान कमरेडः कार्यकर्ता रक्सी खान्छन, स्कच खान सक्दैनन् । तिमीले बुझेको भनेको कुरो त कार्यकर्तालाई हो, नेतालाई होइन ।
— श्रीमती कमरेडः यसपाली बाढी पीडित निरिक्षण गर्न जाँदा हजुर भिजेर बिरामी होइसिन्ध होला भनेर म दुःखी भएको थिए ।
— श्रीमान कमरेडः किन बिरामी हुनु, म साँच्चैको कमरेड त होइन नी, नक्कली कमरेड हुँ, देखावटी रुपको आजको कमरेडहुँ, सशक्त र रक्षम कमरेड हुँ ।
— श्रीमती कमरेडः कसरी?
— श्रीमान कमरेडः कसरी भन्नु
अब । आज हाम्रो रक्षार्थ कर्मचारी, पुलीस, सेना सबैसबै तैनाथ
छन् । हिजो जस्तो जनता मात्र होइन नी ।

