•  २०८३ जेष्ठ २३
  • भर्खर गुण्डु कै कुरो हो । महेश बस्नेतलाई धाप मार्दै स्याबास महेश तिमी नै रहेछौं असली एमाले पुत्र । तिमीले थामी देउ सिंगो पार्टी अनि मेरो र तिम्रो आन्टी राधिकाको इज्जत । अरु कसैले गर्न नसकेको काम गरेरदेखायौं । यदि तिमीले गुण्डुमा हामीलाई नल्याएको भए र सुरक्षा नदिएको भए हाम्रो हविगत कस्तो हुने थियो होला ? जे सुकैले पनि सहजै अनुमान गर्ने विषय हो । मेरो सखा देउवा दम्पत्तीको भन्दा मेरो हालत नाजुक हुने थियो । त्यसमाथि पनि पापीहरुले २८ जना सुरक्षाकर्मी हटाईदिएको बेला ।