भानुभक्त आचार्यको लेखन शैली हिन्दु धार्मिक र अनुवादमा आधारित छ । उनले मौलिक र सामाजिक यथार्थ चित्रणभन्दा धर्मप्रधान साहित्य लेखे। भानुभक्तको भाषा ब्राह्मणीय र उच्च वर्गीय थियो । त्यसभेगका भुमीपुत्र, आदिवासी र जनसामान्यका बोली र संवेदनालाई कम प्रतिनिधित्व गर्छ । जनवादी साहित्यिक दृष्टिमा उनीलाई आदिकवि भन्न अनुपयुक्त ठानिन्छ । यधपी नेपालमा भानुभक्त आचार्यलाई लामो समयदेखि ‘आदिकवि’को सम्मान दिइ“दै आएको छ, यो मान्यता सबै साहित्यकार वा विद्वानहरूले साझा गरेका छैनन् । उनी भन्दा अगाडि पनि धेरै कवि र लेखक थिए । सुवर्णानन्द दास वि.सं. १८०० को दशकमा सक्रिय थिए । शंकर राम, पृथ्वीनारायण शाहका कालखण्डमा कविता लेख्दै थिए । धरनीधर शर्मालगायतका लेखकहरू पनि भानुभक्तभन्दा अघि देखिन्छन् । यसर्थ, नेपाली भाषामा लेख्ने ‘पहिला कवि’ भानुभक्त थिए भन्ने तर्क ठोस छैन । भानुभक्तलाई साहित्यिक मूल्यांकन, इतिहासको दृष्टिकोण र समावेशीताको आधारमा पनि आदिकवि मान्न सकि“दैन । उनले संस्कृत भाषाको भारतीय रामायणलाई नेपाली भाषामा अनुवादन मात्र गरेका हुन। ‘आदि’ भन्नाले सिर्जनात्मकताको सुरुआत गर्ने भन्ने अर्थ लाग्छ । यस अर्थमा पनि भानुभक्तले मौलिक सिर्जनात्मकताको प्रतिनिधि गर्दैनन । उनले भुमीपुत्र आदिवासीको साहित्यलाई चिन्दैनन । परम्परागत रूपमा उनलाई आदिकवि भनिए पनि, अहिले धेरै विद्वानहरूले यो पुनर्विचार गर्नुपर्ने बताउदै आएका छन् ।

–गुमानिसं चाम्लिङ
१९४२–१२ मईका दिन टिष्टा बजार दार्जिलिङ्गमा जन्मनुभएका श्री गुमानिसं चामलिङ्ग नेपालका लागि कुनै अपरिचित व्यक्तित्व हुनुहुन्न । नर्थबङ्गाल युनिभर्सिटीबाट राजनीतिक शास्त्रमा एम.ए गर्नुभएका श्री चामलिङले विद्यार्थी छंदा नै सङ्गीत र साहित्य क्षेत्रमा उल्लेखनीय पुरस्कार तथा पदकहरू पाइसक्नुभएको थियो । वक्तृत्वमा मार्क एन्टोनीका रूपमा चिनिनुहुने श्री चामलिङले विभिन्न महत्वपूर्ण सामाजिक संस्थाको महत्वपूर्ण ओहोदामा रही योगदान पुरÞ्याइसक्नुभएको छ । साहित्यको क्षेत्रमा ९ वटाभन्दा बढी पुस्तकहरू प्रकाशित गरिसक्नुभएका श्री चामलिङले सन् १९८० मा भारतको राष्ट्रिय साहित्य एकेडेमी पुरस्कार, नेपालबाट रत्न श्री स्वर्णपदक, रेडियो नेपाल पुरस्कार र महानन्द पुरस्कार पाइसक्नुभएको छ । प्रस्तुत छ, उहाँसँग हाम्रा प्रतित्तिधि डिक वान्तवाले लिनुभएको समसामयिक भेटवार्ता)
यहाँ एउटा प्रखर साहित्यिक व्यक्तित्व हुनुभएको नाताले वर्तमान नेपाली साहित्यको स्वरूपलाई कुन दृष्टिकोणले हेर्नुहुन्छ ?
—नेपाली साहित्यको वर्तमान स्वरूपलाई म भरिसक्के यथार्थवादी दृष्टिकोणले हेर्न वाहन्छु, जसमा विगतका आधार र आगतका सम्भावना दुवै
रहून् । खास कुरो के छ भने प्रतिभाशाली नेपाली साहित्यिक कलाकारहरूको दयनीय आर्थिक स्थितिले गर्दा सिर्जना र समालोचना दुवै पक्ष कुँजिएका छन् । अझसम्म पनि विशुद्ध साहित्यजीवी भएर बाँच्ने परिवेश बनिसकेको छैन । यसैले उत्कृष्ट साहित्यको अपेक्षा गरिनु एकप्रकारले धृष्टता नै हुन जान्छ । जे होस प्रतिकूल परिस्थिति जत्तिकै साहित्यकारहरूले बेहोर्नु परे पनि वर्तमान नेपाली साहित्यको स्वरूप विकृत भने छैन ।
एकथरी साहित्यमा राजनीतिक गन्ध हुनु हु“दैन भन्ने जमातलाई तपाईंले पक्कै पनि भेट्नुभएको छ । यसो भन्नेलाई तपाई कसरी जबाफ दिनुहुन्छ त ?
— यो जगत्, मानव जीवन र साहित्य नितान्त सापेक्षिक तथ्य हुन् । अर्थात् यो जगत् छ र नै साहित्य छ, जो परिवर्तनशील छन् । परिवर्तन आउनको मुख्य कारण कालअन्तर्गत व्यवहारमा आउने भौतिक परिवर्तन हो, जसले मानिसको विचार, भावना संवेदना र संवेदनशीलतामा समेत परिवर्तन ल्याउँछन् । यसबाट नै राजनीतिक विचारधारा एवम् सिद्धान्तको सूत्रपात हुन्छ, जसको प्रभाव साहित्यकारमा टड्कारो गरी पर्ने नै भयो । जहाँसम्म साहित्यमा राजनीतिक गन्ध हुनु हुँदैन भन्नेहरूको तात्पर्य म के बुझ्छु भने कि साहित्य निख्लाम हुनुपर्छ भन्ने माग हो कि त चलिरहेको राजनीतिक व्यवस्थाको विरुद्ध चुइँक्क बोलिनु वा लेखिनु हुँदैन भन्ने नै हो । यो दोस्रो तात्पर्य हो भने ऊ पाखण्डी हो । पहिलो हो भने कस्तो साहित्यलाई निख्लाम साहित्य भन्ने, त्यो ऊद्वारा नै स्पष्ट हुनुपर्यो ।
यहाँले २०२५ सालमा त्रि.वि.विमा आमन्त्रित मै भानुभक्त आचार्य आदिकवि होइन भन्ने विषय लिएर बोल्नुभएको थियो । त्यसताका निक्कै खुलदुली पनि मच्चियो । आदिकवि भानुभक्त नभए को हुन् ? आजसम्म विद्वत् साहित्यिक वर्गहरू यससम्बन्धमा किन चुप छन् ?
—तपाईंले मूलभूत प्रश्नको उठान गर्नुभयो । २०२५ सालमा त्रि.वि.वि.को भानुजयन्ती समारोहमा मैले दिएको लिखित वक्तव्य, जो प्रकाशित पनि भएको थियो, आज २२ वर्षपछि पनि मेरो विचारमा कुनै परिवर्तन आएको छैन । यसबारे नेपाली विद्वत्वर्ग २ भागमा विभाजित मैले पाएँः एक, जसले यसको समर्थन गयो, दोस्रो चुप रह्यो । केही यसमा पनि देखा परे, जसले मौखिक रूपमा बङ्ख्वाइँ गर्दै हिंडे । जेहोस्, त्यही दार्जिलिङ, जसले भानुभक्तलाई श्री ३ जुद्धबाट आदिकविको उपाधि दिलाइयो । आज त्यहाँकै विद्वत्वर्गले आफ्नो’ भूल स्वीकार गयो ।
अनि आदिकवि देखाउन त बिर्सनै भयो नि ?
— वान्तवाजी, मेरो प्रतिपादन हो भानुभक्त आचार्य नेपाली साहित्यका आदिकवि होइनन् भन्ने । तर मेरो प्रतिपादन नेपाली साहित्यका आदिकवि को हुन् भन्ने होइन । नेपाली समालोचना साहित्यको स्वस्थ परम्परा कायम होस्, नेपाली काव्यशास्त्रको निर्माण होस्, मूल्याङ्कनमा एउटा उचाल्ने अरू खसाल्ने प्रवृत्तिको उन्मूलन होस् र साहित्यिक उपाधि प्रदान गरिंदा भावुकता नभई निष्पक्ष तथा पूर्वाग्रहरहित भई नेपाली साहित्यको संवद्र्धन र विकासलाई सर्वोपरि ठानी गरिनुपर्छ भन्ने मेरो धारणा छ ।
तपाई बाहिरबाट आउनुभएको एउटा नेपाली साहित्यिक पाहुना हुनुहुन्छ । यहा“लाई साहित्यिक प्रश्न, हाल नेपाल एकेडेमीको बनोटबारे यहाँ धारणा ?
— छनोट गजबको छ । खट्किने दुईवटा कुरा छन् पहिलो, शिक्षामन्त्रीज्यू नै कुलपति हुने भए एकेडेमीको गरिमाको भन्दा बढी स्वायत्तता बारे शंकाउपशंका उठ्न जाला कि ? दोस्रो, उपकुलपतिमा डा.ईश्वर बराललाई लिइँदा यत्रों कचिङ्गल किन ? उहाँले आफ्नो धेरैजसो समय प्रवासमा बिताउनुभयो, अरूकै सेवा गर्नुभयो भन्ने गुनासो सुनिन्छ । तर मलाई लाग्छ, चाहे उहाँ दार्जिलिङमा अध्यापन गरून् वा लन्डनबाट पी.एच.डी. गरून् वा उहाँ जवाहरलाल नेहरू युनिभर्सिटीमा कार्यरत रहून् नेपाली भाषा, साहित्य र संस्कृतिको संवद्र्धन र विकासका लागि नै आफ्नो अमूल्य जीवन समर्पित गर्नुभएको छ ।
मेरो अध्ययनमा अहिलेसम्म डाबराल कुनै पनि जनपक्षीय भावमा देखिनुभएको छैन । तपाईंकै शब्दमा भन्ने हो भने उहाँ एउटा बुर्जुवा साहित्यकार मात्र हुनुहुन्छ । यसोभन्दा तपाईंको अगाडिकै प्रश्नसँग जोडिएन र ?
— जहाँसम्म तपाईंको प्रश्न छ, मलाई लाग्छ डाबराल जसको चिन्हाको नाम लीला नाटेश्वर हो, सायद तथाकथित आयामिक मेरा श्रद्धेय गुरु इन्द्रबहादुर राईज्यूले लीलालेखन त्यसैबाट गर्नुभएको हो कि ? भन्ने देखिनलाई डाबराल सप्तरीको मान्छे, प्रवासी भौंतारिहिँड्ने, कसरी बुर्जुवा हुन सक्छ । प्लोरियट हुन नचाहने त मानिस मात्रको स्वभाव हो । जहाँसम्म मलाई लाग्छ, डाबराल प्रजातान्त्रिक समाजवादी हुनुहुन्छ ।
हेरौं । कृष्णजीको प्रसाद र लीला नाटेश्वरको सङ्गमले एकेडेमीलाई कस्तो तुल्याउने हो !
अहिलेसम्म त साहित्यिक कुराहरू भए, यहा“ राजनीतिक व्यक्तित्व पनि हुनुभएको हुनाले प्रश्न मोडौँ । वर्तमान रेडियो नेपालले हिन्दीमा समाचार प्रसारण गर्दा तपाईंलाई कस्तो लाग्यो ? यसो गर्दा नेपाली जनजातिको भाषालाई डस्टर लगाएको जस्तो भएन र ?
— २००७ साल फेरि दोहोरिए छ, इतिहास आफैँ दोहोरिन्छ भन्ने सुनेको थिएँ, साँच्चै दोहोरिँदो रैछ । समाचार प्रसारणको जहाँसम्म प्रश्न छ, खुसी लाग्ने नै भयो तर जनसङ्ख्याका आधारमा दोस्रो स्थान ओगट्ने मैथिली भाषी, तेस्रोमा पर्छ नेवारी, जसलाई नेपाल भाषा कहलाइँदो रैछ । दोस्रो स्थानमा हुने मैथिली भाषालाई कुल्चेर हिन्दी लादिँदा मैले बुझे न मैथली भाषी खुसी छन्, न भोजपुरी, न त राजवंशी, सतार, थारू आदि । पहाडी भेगमा बोलिने भाषाभाषीको त कुरै नगर्नुहोस् ।
भुटानमा अहिले नेपालीहरूप्रति चलाइरहेको दमनचक्रलाई तपाई कसरी निक्र्योल निकाल्नुहुन्छ ? यसको कुनै समाधान पनि छ कि ?
– छ, निदानबिनाको रोग हुँदैन, जिग्मी वाङचुक त्यति लिबरल भन्ने मलाई लाग्दैन । कुरो हो कक्सको । जस्तो कक्स भन्नाले नेपालीले भुटान हान्दा दाम्साङगढी अहिले साक्षात छ । यावत जीवेत सुखम् जीवेत । ऋणम् कृत्वा धृतम् पिवेत् । यसको अर्थ प्र.मकृष्णप्रसाद भट्टराईले गर्नुहुनेछ ।
(साभारः वर्ष १०, अङ्क १२, २०४७ साउन २१ आइतबार)

