•  २०८३ जेष्ठ २३
  • छसस । नेपालको संविधान २०७२ ले मुलुकलाई ‘धर्मनिरपेक्षता’ राज्य घोषणा गरिसकेको छ तापनि यहाँ ‘गाई काटेर खाने र गाईलाई पुज्ने’ बीच मारामारको स्थिति छ । संविधान निर्माण गर्ने थलो प्रतिनिधि सभा भित्रै हिन्दु र मुस्लिमबीच हातहालाहालको टकराव देखिन्छ ।
    २०८३ साल जेठ महिनामा चालु प्रतिनिधि सभामा आफ्नो बोल्ने क्रममा एक सुन्दरी हिन्दुभीरु सभासद्ले क्रिश्चियन धर्ममाथि हिलो छ्याप्ने काम गर्दा सो दिन सभाहलमा हंगामा नै मच्चिएको थियो ।
    यसरी “गाईको रक्षानै हिन्दुत्वको रक्षा हो” भन्ने मूल उद्देश्य लिएको हिन्दुभिरुहरुका समुह पनि यहाँ छन् र ‘गाईको मासु खानु पाउनुपर्छ’ यो हाम्रो जन्मसिद्ध अधिकार हो भन्ने आशयका धर्मनिरपेक्षताका पक्षधरहरु पनि यही छन् । अर्थात् विविध जातजाति धर्मावलम्वी, भाषाभाषीहरुका साझा देश हो नेपाल । धर्मनिरपेक्षता स्वीकारी सकेको देशमा कुनै एक धर्मलाई काखा र कुनै धर्मलाई पाखाको नीति अख्तियार गर्नुहुन्न । राणाकाल, पञ्चायती कालमाझै कुनै एक जाति, एक धर्म एक भाषालाई मात्र प्रश्रय दिने खालको खराब नियत राख्नु हुन्न । २०४७ सालको संविधानमाझै २०७२ सालको संविधानमा पनि ‘हिन्दु राष्ट्र नेपाल’ उल्लेख गराउने फोहोरी खेल खेल्लने बु आएको पाइन्छ । यसलाई खरो रुपमा प्रतिवाद गर्नुपर्ने भएको छ । यहाँ कुनै दिन गाईको रक्षानै राष्ट्र र हिन्दुत्वको रक्षा हो भन्ने मूलनाराका साथ हिन्दु बचाउ अभियान अन्र्तगत पूर्व मेचीदेखि पश्चिम कैलालीसम्म रथ यात्रा गर्दै गर्दा गाईको मासु खानु हाम्रो जन्मसिद्ध अधिकार हो भनि ठान्नेहरु नेपालगञ्ज, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट, पूर्व धरानलगायतका भेगहरुमा ‘गाई काट्दै भाग लगाउँदै खादै’ थिए । यसरी यहाँ गाईलाई ‘आमा’ मान्दै पूजा गर्ने समूहहरु पनि छन् र गाईलाई काटि खाने धर्मभिरुहरु पनि छन् । यी दुवै थरी जन्मसिद्ध नेपाली नै हुन् । अरु कुनै देशका फिरंगी हुँदै होइनन् । यसकारण यी दुवै समूहको नैसर्गिक अधिकार हनन् हुने खालको नीति राज्यले तर्जुमा गर्नुहुन्न । भएमा र गरिएमा साम्प्रदायिक सद्भावमा आँच पुग्न गई देश विभाजित समेत हुन सक्ने खतरा पैदा नहोला भन्न सकिन्न । यसर्थ राष्ट्रमा यस्ता खतरनाक शैली कुनै पनि व्यक्ति, संघसंस्था वा राजनैतिक दलहरुले अपनाउन र गर्न त के कल्पनासम्म पनि गर्न हुन्न, गरे घातक सिद्ध हुनेछ ।  यही कुरामा सबै राजनैतिक दल र संघसंस्था समुदायले गम्भीरतापूर्वक सचेत भई कार्य गर्नु पर्दछ ।
    नेपालमा हिन्दुभीरुहरु मुलुकलाई हिन्दुराष्ट्र घोषणा गराई छाड्ने प्रतिबद्धताका साथ आवश्यक भन्दा बढी नै चलखेल गरिरहेका देखिन्छन् । जनताहरुको बलिदानबाट प्राप्त उपलधि ‘धर्मनिरपेक्षता’ को विरोधमा भाँडभैलो मच्याउने यस्ता गिरोह राजनैतिकलाई समानता, समावेशी, आदि जस्ता जनहितका सवालहरुप्रति किन ‘डाहा’ लागेको हो, बुझ्न सकिएन । जनताले भने यस्ता तत्वहरुलाई क्रमशः नंग्याउदै लगिरहेका छन् ।