•  २०८३ जेष्ठ २३
  • नेपालको विकट भेगमा जन्मेको कारणले हो कि, पूर्खा नै लाटा सोझा परेर हो, म झट्ट कुरा बुझ्न सक्दिन र प्याच्च भन्न पनि सक्दिन । अनि प्राय जसो एक्लै टोलाउने गर्दछु । केहि अघिको कुरा हो के हो के हो एक्लै टोलाई रहेको थिए । छिमेकी टपरे आएर मेरो एकाग्रता भंग गरि दियो ।
    नमस्कार है रिठ्ठे दाई, मैले पनि उसको नमस्कार फिर्ता गरिदिए । त्यसपछि के के कुरा गर्न थाल्यो
    थाल्यो । यसो बुझेको त हामीले जेनजीको जगमा टेकेर नागरिक सरकार बनायौं । अब भ्रष्ट माथि कारवाहि हुन्छ, भ्रष्टचार मूलुकबाट निर्मुल हुन्छ, शुसासन कायम हुन्छ, शान्ति सुब्यवस्था कायम हुन्छ, अब देशवासीलाई राहत मिल्छ । देशको सबै विकृति–विसंगति निमिट्यान्न हुन्छ । देशका बेरोजगारी समस्या हल हुन्छ । यो देशलाई अर्कै नमुनाको देश बनाइने छ । पहाड–मधेश सर्वत्र ट्रलिबस चलाईनेछ । गाउँगाउँमा दाउरा र ढोड बाल्ने चलन हराउने छ आदि आदि आपैm प्रधानमन्त्री भएको जस्तो गरेर टपरेले भाषण पो दिन थाल्यो ।
    उसको कुरा सुनेर यो रिठ्ठेलाई पनि केहि प्रश्न नगरि बस्नै मन लागेन र सोधि हाल्यो– ‘हैन यतिका विकाश गर्ने कुरा ग¥र्याै टपरे भाई, तर म त सम्भव देख्दिननि ?’
    अरे रिठ्ठे दाई यो सब हाम्रो नागरिक सरकारको कला हो । कला हो कला क्या ।
    अब तपाई हेर्दै जानुस निकट भविष्यमै देखि हाल्नु हुन्छ नि ।
    बिस्तारै उहि पुरानै दललाई परिमार्जन गर्छाै र सच्चयाउँदै लगेर बिउत्याछौं । अब उनिहरुले नै आ–आफ्ना आसेपासेका साथ पहिला भैm सत्ताको चाबि हात पार्नेवाला छन् । बिचरा जेनजीका अनुभव विहिन बालबालिकाले देश कसरि चलाउछन् ? त्यसैले उहि पुरानै माउ पार्टीलाई सच्याएर ल्याउने अठोट गरेका हौँ । झन उनिहरुले देशलाई बरबादि तर्पm धकेल्छन् र कि उत्तर तर्पm, कि त दक्षिण तर्पm देशलाई सुम्पन्छन् र समृद्धि नेपाल सुखि नेपालीको मार्ग प्रशस्त गर्छन् । अनि भएन त देश र जनतालाई राहत ।