रिठ्ठेलाई बौद्ध जोरपाटीसम्म जानु थियो । यही भएर रिठ्ठेले गाडीको प्रतिक्षमा उभिरहेको थियो, गाडि पार्कमा । नभन्दै परबाट एउटा टेम्पो हुइकिएर आयो र रिठ्ठेकै अगाडि थ्याच्च रोक्यो । सोही टेम्पोमा जोरपाटीतर्फ लागये । रिठ्ठे छाति र दमको बिमार थियो । टेम्पोको थकाईले गर्दा झनै उसको छाति साह्रो साह्रो दुख्न थाल्यो । खपी नसक्नु भएपछि टेम्पो चालकलाई रिठ्ठेले भन्यो यस्तो थोत्रे टेम्पो पनि चलाउने ? अलिक बिस्तारै हाँके ।
तर रिठ्ठेले भनेको कुरा टेम्पो चालकले सुने पनि, नसुनेझै गरी एकसुरमा दौडाइनै रह्यो ।
टेम्पोको थर्काइ र थेचेराईले झन्झन् रिठ्ठेको छानि दुखाई बढ्दै गएपछि रिठ्ठेको रीको पारो छुट्यो र उसले चालकलाई हप्कायो, के गरी चलाएको ? यस्तो थोत्रेनै टेम्पो भए पनि अलिक मर्मत सम्भार गर्नुपर्दैन ? अलिक बिस्तारै चलाउ ।
रिठ्ठे आवेगमा आएको देखेर टेम्पो चालकले हान्ने राँगोले हेरेझैं रिठ्ठेतिर हेरेर आवेगको भाषामा भन्यो, तपाई टेम्पो मात्र थोत्रो देख्नुहुन्छ, बाटो थोत्रो भएको चै देख्नुहुन्न ? पहिला टेम्पो गुड्ने बाटो हेर्नुस्, अनि मरो टेम्पोलाई दोष दिनुहोस् । जो सोझो उसकै मुखमा घोचो भनेझै नगर्नुहोस् । तपाईहरु कालो अलकत्र, बालुवा, खने ठेकेदारको गल्ती देख्नुहुन्न, विकास बजेट खाने वडा अध्यक्षदेखि लिएर सांसद, मन्त्रि महोदयहरुका जनविरोधी चालढाल देख्नुहुन्न, केवल टेम्पो थोत्रो भएको मात्र देख्नुहुन्छ ।
टेम्पो चालकको यस्तो महावाणी सुनेपछि रिठ्ठे नाजावाफ बन्ये र जोरपाटीमा पुगेपछि टेम्पोको भाडा तिरेर चुपचाप आफ्नो गन्तव्यतफ लाग्यो ।

