•  २०८३ बैशाख ५
  • छसस । पशुपतिनाथको मन्दिर केवल हिन्दुभीरु र बाहुनको मात्र नभएर सबै जातजाति किरात र बौद्ध धर्मावलम्वीहरुका पनि धार्मिक स्थल हो । जति हिन्दुभिरुहरुले यस मन्दिरलाई तीर्थस्थलको रुपमा लिन्छन् । त्यतिकै मात्रमा बौद्ध धर्मावलम्वी र किरातहरुले पनि यसलाई आफ्नो आस्थाको धरोहर ठान्छन् ।
    पशुपतिनाथमा अवस्थित शिवको मूर्तिलाई किरातेश्वर महादेवको रुपमा लिन्छन् भने बौद्धमार्गीहरुले पशुपतिनाको मूर्ति “महादेव शिव”को नभएर अशोकपुत्री चारुमतिले ‘बुद्ध’को मूर्ति स्थापना गरेकी हुन्, जसलाई महादेव शिव भनेर पुज्ने गरिन्छ ।” प्रमाणको लागि चाबहिलस्थित चारुमतिको मूर्तिको शिलालेखमा उल्लेख गरिएको छ । यसबाट पशुपतिनाथ मन्दिर केवल हिन्दुबाहुनको मात्र नभए किरात र बौद्धमार्गीहरुको पनि आस्थाको धरोहर हो भन्ने बुझिन्छ ।
    तर पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथलाई केवल हिन्दु मात्रको, त्यसमा पनि बाहुन मात्रको हो भन्ने आसय देखाउन खोजि, धार्मिक द्वन्द निम्त्याउन खोजेको कुरो विकास कोषको निम्न पत्रले स्पष्ट पार्दछ । २०८२÷१२÷२३ गते जारी गरिएको कोषको सञ्चालक समितिको सूचनामा उल्लेख गरिए अनुसार “यस पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका लागि योग्य ब्राह्मणहरु छनौट गरी सूचीकृत मिति २०८२÷११÷११ को सूचना अनुसार पितृकार्य र देव कार्य गरी दुवै समुहबाट निवेदन दिनुहुने २५४ जना निवेदकहरुको वाक्परिक्षा(अन्र्तवार्ता) गर्नुपूर्व उद्बोधन कार्यक्रम गर्न लागिएको हुँदा आफ्नो नागरिकतासाथ मिति २०८२÷१२÷२७ गते शुक्रबार दिवस १ बजे नेपाल वेद–विद्याश्रममा उपस्थितिका लागि सम्बद्ध सबैमा यसै सूचनाद्वारा जानकारी गराइन्छ । साथै वाक्परिक्षा सम्बन्धि विवरण पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सूचना टाँस गरिएको छ ।”
    गणतान्त्रिक र धर्मनिरपेक्ष मुलुकमा पशुपति क्षेत्र विकास कोषले कुनै एक धर्म समुदायलाई र जातिलाई मात्र नभएर सबै जातजाति र धर्म सम्प्रदायको प्रतिनिधित्व गर्दै, साम्प्रदायि र धार्मिक सद्भाव कायम गर्दै अगाडि बढ्नुपर्ने हुन्छ । किनभने पितृकार्य र देवकार्य किरात र बौद्धमार्गीले पनि उतिकै मान्दछन, जतिको हिन्दू ब्राह्मणहरुले मान्दछन् । यसर्थ पशुपति क्षेत्र विकास कोषले सबै धर्म र सम्प्रदायको निमित्त समान रुपले व्यवहार गर्नु आवश्यक देखिन्छ । अर्थात पशुपतिनाथ मन्दिर सबै जातजाति, धर्म र सम्प्रदायको आस्थाको धरोहर भन्छौं भने गणतान्त्रिक युग र धर्मनिरपेक्ष घोषित मुलुकमा ‘पशुपति क्षेत्र विकास कोषले कुनै धर्मलाई काखा र कुनै धर्मलाइृ पाखा नगरी कुनै एक धमावलम्वीको लागि मात्र नभएर मुलुकमा अवस्थित सबै धर्म र सम्प्रदायिको लागि पनि पशुपतिनाथ जस्तो विशुद्ध तीर्थस्थलमा पितृकार्य र देवकार्यको निमित्त उचित बन्देबस्त मिलाउनुुपर्ने हुन्छ । यसरी साम्प्रदायिक सद्भावमाथि खलल पु¥याउने कार्य राख्नुपर्दछ ।