सामाजिक कुरीति, छुवाछुत, उचनिच जस्ता कुरा नेपालमा अहिले मात्र नभएर मुलुकी ऐन लागु हु“दै गर्दादेखि हटाउने व्यवस्था गरिए पनि अझै जातीय विभेद नेपाली समाजमा ‘ज्यूका त्यू’ छ । मुलुकमा प्रत्येक सालको २१ मार्चका दिन ‘विश्व जाति तथा रंगभेद उन्मुलन दिवस’ मनाउ“दै आएको भएतापनि माथि भनिएझै उचनिच प्रथा अझै यहा“ हट्न नसकेको मुलुकमा घटेको एकपछि अर्काे घटनाक्रमहरुले पुष्टि गरिरहेकै छन् । हालैमात्र पनि बारा परवानिपुरमा आयोजित विष्णु महायज्ञ’ कलश यात्रामा सहभागी जनाउ“न खोज्दा स्थानीय पैतीस घरधुरी रहेका चमार र दुसाद जातका कथित दलित समुदायलाई महायज्ञको पूजामा बस्न र पस्न नदिई कथित उच्च जातिका पण्डितहरुले जातीय छुवाछुत, उचनिच र विभेदको नमूना मात्र पेश गरेका छैनन की ‘धर्मनिरपेक्षता, जातीय सद्भाव र समानुपातिक प्रतिनिधित्वका लागि’ भनि स्पष्ट उल्लेख गरिएको २०७२ सालको गणतान्त्रिक संविधानकै खिल्लि उडाउने काम गरेका छन् । कसको के लाग्छ ?

