•  २०८३ श्रावण १४
  • छसस । “जंगली स्वाँठे, तीघ्रे, पाखे, खर्पने, डोकेको दशे हो नेपाल….। तीघ्रे र पर्वते, स्वाँठे जुन हाम्रा दाजुभाई हुन् ।
    त्यही रहि बाँचुन, हुनुपर्दैन सभ्य ती ‘बाहुन, क्षेत्रीयबाटै मन्त्रिमण्डल जोर्नु….मतवाली कतै नहुल्नु ।”
    ज्ञानमणि आचार्यद्वारा लिखित भलोकुराको नमूना नामक यिनै कविताको पंक्तिलाई रास्वपा सरकारले मूलमन्त्र ठान्दै मन्त्रिमण्डलदेखि योजना आयोग र स्वयम् प्रमको सचिवालयसमेतमा मतवाली राइ, लिम्बू, शेर्पा, तामाङ, मगर आदि)लाई निषेध गर्दै ठगन गरेर समावेशीाको खिल्लि उडाउने काम गरेर ‘निलो लोकतन्त्र’को नमूना पेश गरेको छ ।
    सरकारको गठन विधिः
    मन्त्रिमण्डल
    बालेन्द्र शाह(प्रधानमन्त्री, रक्षा, गृह), डा.स्वर्णिम वाग्ले(अर्थ), शिशिर खनाल(परराष्ट्र), विराजभक्त श्रेष्ठ(ऊर्जा, जलस्रोत तथा सिचाई), सुनिल लम्सास(भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास), सोविता गौतम(कानून), सीता वादी
    (महिला, बालबालिका तथा जेष्ठ नागरिक), प्रतिभा रावल(संघीय मामिला तथा समान्य प्रशासन, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण), निशा मेहता(स्वास्थ्य तथा जनसंख्या, खानेपानी), सस्मित पोखरेल(शिक्षा र खेलकुद), डा.विक्रम तिमिल्सिना(सञ्चार तथा सूचना), गीता चौधरी(कृषि तथा पशुपन्धी, वन तथा वातावरण), रामजी यादव(श्रम, रोजगार तथा सामाजिक सुरक्षा) र गौरी कुमारी यादव(उद्योग तथा वाणिज्य) रहेका
    छन् ।
    त्यसैगरी योजना आयोगमा डा.गुणकर भट्टराई(उपाध्यक्ष), सदस्यहरुमा अर्जुनजंग थापा, प्रा.डा. सञ्जय आचार्य, डा.देबेन्द्र गौचन, रेशु अर्याल, प्रा.डा.सुदन झा, डा.पुकार मल्ल रहेका छन् भने प्रधानमन्त्री सचिवालय टिममा कुमार व्यञ्जनकार(प्रमुख सल्लाहकार), असिम साह(राजनैतिक सल्लाहकार), सुवास शर्मा (मुख्य स्वकीय सचिव), सुदिप खनाल
    (प्रशासन प्रमुख), विवेक मिश्र(आइटी सल्लाहकार) प्रदिप परिया(निजि सचिव), नविन भण्डारी(स्वकीय सचिव) रहेका छन् ।
    त्यसैगरी नै रास्वपा सचिवालयमा रवि लामिछाने(सभापति), डा.स्वर्णिम वाग्ले(उपसभापति), कविन्द्र बुर्लाकोटी र भूपदेव शाह(महामन्त्री), विपिन आचार्य(सहमहामन्त्री), लिमा अधिकारी(कोषाध्यक्ष), बसुमाया तामाङ(सहकोषाध्यक्ष), मनिष झा(प्रवक्ता) र सदस्यहरुमा गणेश पराजुली, दिपक बोहरा, विराजभक्त श्रेष्ठ, शिशिर खनाल, सोविता गौतम, हरि ढकाल, सागर ढकाल र सरिता ज्ञवाली रहेका छन् ।