आम नेपालीले विभिन्न खोट लगाई फालेको निरंकशु पञ्चायती व्यवसथाद्वारा मनाउँदै आएको फागुन ७ गतेलाई नै वर्तमान गणतान्त्रिक भनिएको व्यवस्थाले पनि भव्य रुपले बनाउँदै आएका छन् । ‘प्रजातन्त्र दिवस’ । प्रजा + तन्त्र मतलब प्रजाहरुको भावनाअनुरुप चल्ने तन्त्र यन्त्र । तर आदिवासी, उत्पीडित समुदाय र सर्वसाधारणहरुका निमित्त यो शहीदहरुको सहादातबाट प्राप्त भएको लोकतन्त्र कहिल्यै फापेको र आएको अनुभूति हुन सकेन । यसै भन्छन् सर्वसाधारण अधिकांश नेपालीहरु । त्यसमा पनि आदिवासी समुदायहरु विचरा सर्वसाधारण जनताहरु र खासगरी आदिवासी समुदायको निमित्त यो लोकतन्त्र कस्तो छ ? कालो छ कि गोह्रो छ ? बाँदर जस्तो छ कि सुँगुर जस्तो छ ? रातदिन राँको र लाल्टिन टर्च बालेर खोजि हिड्दैछन् । तर यो रिठ्ठेलाई जानकारी भएसम्म उनीहरुले अहिलेसम्म लोकतन्त्र भेटेको छैन । यदि लोकतन्त्र राष्ट्रले उपलब्ध गराएको भए, लोकतन्त्रको नेपाली जनताले अनुभूति गर्ने मौका पाउने थिएनन् र ? आदिवासी, उत्पीडित समुदायले अनुभूति गर्न नपाउने खालको लोकतन्त्र कस्तो र के का लागि लोकतन्त्र ? कि यहाँका भूमिपुत्र आदिवासी नेपाली होइनन् ? यो रिठ्ठेले बुझ्न नसकेको अनगिन्ती सवालहरु मध्ये एक यो पनि हो ।

