क.पुष्पकमल दाहालका अरौटे–भरौंटेहरु सगौरव भन्ने गर्छन् मुलुकमा सबैभन्दा पहिला दाहाल बाहेकका कुन बाहुन नेताले नेपाली आदिवासी भूमिपुत्रहरुका मुद्दाहरु, समानुपातिक प्रतिनिधित्व र समावेशी सवालहरु बारे कुरा उठाएका थिए । यो रिठ्ठेले यस विषयमा अनुसन्धान गर्दा ठिकै जस्तो लाग्यो तर पुष्पकमल दाहाल उर्फ प्रचण्डले भनेझै व्यवहारमा पनि उतारेका छन् त ? यसको पनि अनुसन्धान गर्न रिठ्ठेले एक समितिनै तयार गर्यो र प्रचण्डको स्वकीय सचिवालयमा छापामार शैलीमा पठायो । तर समितिले प्रचण्डको प्रेसमण्डलदेखि लिएर उनको विशेष चलखेल गर्ने विश्वास पात्र, स्वकीय सचिव जताततै कथित उच्च जातका व्यक्तिहरु मात्रले नियुक्ति पाएको र समावेशीको ‘स’ पनि नपाएपछि रिठ्ठेलाई समितिले सोही अनुरुपको प्रतिवेदन बुझायो । यसरी समावेशी र समानुपातिक प्रतिनिधित्वको सवालमा प्रचण्ड कमरेडले जे बोल्दै आएका छन् व्यवहारमा त्यो हुबहु नउतार्दा रिठ्ठेलाई पर्नु पिर प¥यो । कसको के लाग्छ ?

