•  २०८३ बैशाख ५
  • मित्र राष्ट्र भारतले नेपालको प्रतिकुल राजनीतिलाई हेरेर एकतर्फी रुपमा सीमा नदिहरुमा बाँध लगाउने काम गरिरहँदा समेत यहाँका राजनैतिक दल र ती दलका शीर्ष नेताहरु मौन साँधेर बस्ने गरेका छन् । चाहे त्यो विगतका खर्दलोटन  वा महलीसागर बाँध होस् भारतले नेपालसँगको कुटनीति मर्यादालाई तिलाञ्जली दिएर सीमा नदीको पानी एक्लै प्रयोग गर्दै आएको छ । त्यसैगरी कञ्चनपुरमा पनि आफ्नै सुरमा नक्सा निर्धारण गरेको देखिन्छ । तर यो विषयमा सबै दलहरु ‘तै चुप, मै चुप’ छन् ।
    भारत र नेपालबीच सीमा विवाद हुँदा दुवै देशका सीमा विशेषज्ञहरु, स्थानीय प्रशासकहरुको संयुक्त बैठक हुँदा समेत सीमा बारे नेपाली प्रतिनिधिहरु नेपाली राष्ट्रियताको अडानमा टिक्न सक्दैनन् । राष्ट्रघाती टनकपुर सन्धी, महाकाली सन्धीले यो देशका सबै राष्ट्रवादी हौ भन्नेहरुको भण्डाफोर गर्यो । महाकाली सन्धी पास गर्दा राप्रपाका नेताहरु पशुपति शमशेर र डा.प्रकाश चन्द्र लोहनीको घरमा समेत सैयौ बोटल ह्वीस्की फोडिए, करोडौ रकम गनिए । कांग्रेस र एमालेका नेता तथा सांसदहरुको मूल्य समेत त्यही निर्धारण गरिए । तत्कालिन सद्भावना पार्टीको चासो, त्यसबेला उनीहरुले लिनु जरुरी ठानेनन् । किनकी उक्त पार्टी मधेशी समुदायको हित गर्ने गरी भारतले नै खोलेको थियो ।
    महाकाली सन्धी भए संसदमा अनसन बस्छु भन्ने मनमोहनको जोस र जाँगर उनै प्रम भएको बेला तयार भएको बृहत महाकाली परियोजनाबाट
    टालियो । कांग्रेसलाई त राष्ट्रियताको सवालमा चासो हुने कुरै भएन । कम्युनिष्टको नाउमा जनतालाई उर्दि दिएर सडक संघर्ष गर्ने एमाले नेतृत्व पनि सो बेला निस्क्रिय देखियो । भारत कञ्चनपुरको दोधार र चाँदनी दुई गाँविसलाई भित्र्याउने षड्यन्त्रको स्थानीय बासिन्दाले प्रतिरोध गर्दा समेत कम्युनष्टिको नाउमा खुबै सडक तताउँदै आएका एमालेका भाृतसंगठनहरुले थाहा नपाएझै गरि मौन साँधेर बसिरहे । सत्तामा रहेका शासकहरु त झनै के कम, भारतीय चाकडीमै रमाउनु थियो रमाइरहे ।
    कुरो छर्लंग छ सबैको ठगी खाने भाँडो राष्ट्रवाद भएको छ । राष्ट्रियताको सवाल भारतलाई घुक्र्याउने र स्वार्थसिद्ध गर्ने मेरो भएको छ । वर्तमान जेनजी सरकारको पनि सोही गति र चाला देखिएको छ । नेपालको प्रतिष्ठा नेपाली शासनलाई बचाउने स्वाभिमानी नेपाली भूमिपुत्रले हो । चाहे कोशी ब्यारेज छेउको जंगे पिलर होस् या त कालापानीको ‘थुम्की’ होस् । अब यहाँका रैथाने जाति भूमिपुत्रहरुले जोगाउने छ । जेनजी युवाहरले जोगाउने छ । आफुहरुलाई राष्ट्रवादी भन्नेहरु भारतीय दलाल भएको प्रमाण जेनजी पुस्तासँग छ । सीमा सम्बन्धी सवालमा, सबै एक ढिक्का हुनै नसक्ने स्थिति किन भयो ? सीमा अतिक्रमण हुँदा र गरिदा जनता जागरुक भए पनि सरकारले चासो नदेखाउने आफ्नो कुटनीतिक मान्यता कमजोर ठान्ने, अहिले सबै राजनीतिक दलहरु चुपाचाप बस्ने अवस्था किन भयो ? दलहरुको आआफ्नो ‘आइडियोलोजी’ हुन सक्छ । तर दोधारा र चाँदनीको सवालमा दलहरु किन चुप बसे । के दोधारा र चाँदनीका जनताबाट चुनाव हुँदा एमाले, कांग्रेस, राप्रपा, माओवादीले भोट
    पाएनन् ? होइन भने अहिले जहाँ जहाँ सीमा विवाद छ त्यसको संयुक्त विरोध सबै दल र सरकारले गर्नुपर्दैन ? भारतीय सीमा जोडिएका पूर्व इलामदेखि पश्चिम कञ्चनपुर, कालापानी, लिपुलेकसम्मका जनताका पीडा बुझ्न नसक्नु, बुझि बुझि बुझ पचाउनु नै राष्ट्रवाद हो त?