महाकाली सन्धि गर्दा महाकालीको मुहान र बाँधमा जम्मा हुने पानी बाँडफाँडको सिद्धान्त तय गरेर मात्र सन्धी गर्नुपर्छ भन्ने बामदेव गौतम र अशोक राईहरु गुटको भनाई थियो । सो बेला कसैले महाकाली सन्धी पछि पश्चिमबाट सूर्य उदाउछ, कसैले वार्षिक रुपमा देशमा दुई खर्ब रुपैया राजश्व जम्मा हुन्छ, उठ्छ भनि आकाश पाताल हाँके । त्यही मुद्दालाई लिएर एमाले विभाजित भई, फुटेर माले बन्यो । तर त्यस्तो राष्ट्रियताको मुद्दालाई लिएर चुनावमा जनताको घर आँगनमा जाँदा एमालेबाट फुटेको माले पार्टीले एक सिट पनि जितेन । जनताहरुकै मनस्थिति दलाल र भ्रष्ट भएपछि कसको के लाग्छ ।

