छसस । राजनैतिक दलहरुका गैह्रजिम्मेवारी भूमिका र अर्कमन्यताका कारण मुलुक आक्रान्त र संवेदनशील घडीबाट गुर्जिरहेको अवस्थामा नेपाली जनताले फागुन २१ गतेको निर्वाचनमा रास्वपालाई भ्रष्टाचार, महँगी, कुशासन, फरियावाद, हैकमवाद जस्ता अराजक गतिविधिलाई अन्त्य गरी मुलुक र जनताको भविष्य निक्र्याैल गर्ने म्याण्डेट दिएका छन् । अब रास्वपाले जनताबीच बाचा गरेझैं विद्यमान सबै भ्रष्टाचारको फाइल खोली देशबाट भ्रष्टाचारको अन्त्य गर्दै सुशासन कायम गरी अस्तव्यस्त सेवा होइन चुस्तदुरुस्त सेवा दिनु गर्नुपर्दछ ।
खोल्नुपर्ने फाइलहरु खोली देशलाई भ्रष्टाचार मुक्त नगरेरमा जनताले अहिले कांग्रेस, एमाले, नेकपालगायत दलहरुलाई जुन हविगतमा पु¥याएका छन्, रास्वपालार्य पनि सोही हविगतमा जनताले पुर्याउने छन् । त्यसैले निम्न लिखित फाइल खोली, दोषी उपर कारवाही गर्नुपर्ने हुन्छ । ती फाइलहरु हुन्ः लाउडा काण्ड, धमिजा काण्ड, चेज एयर काण्ड, चाइना साउथवेष्ट काण्ड, एयरबस काण्ड, सुडान घोटाला, ओम्नी प्रकरणः लेखा समितिनै प्रभावित, बुढीगण्डकी काण्ड, सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण, पुस्तक र विद्युतीय सवारीमा कर र चकलेटमा भन्सार छुट काण्ड, स्वास्थ्य सामग्री खरिद प्रकरण, ऐन संशोधन गरेर आफुनिकट व्यवसायीलाई निकुञ्जभित्र जलविद्युत् आयोजना बनाउन अनुमति प्रकरण, ढुंगा, गिटी, बालुवा निकासी काण्ड, दुगडको स्वार्थमा नुन आयातमा निजी क्षेत्रलाई अनुमति प्रकरण, कालीगण्डकी डाइभर्सनको लफडा प्रकरण, स्मार्ट टेलिकमको म्याद थप प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास जग्गा अतिक्रमण प्रकरण, ६० केजी सुन काण्ड, ९ केजी सुन काण्ड, ७० करोड भ्रष्टाचार(सेक्युरिटी प्रिटिङ प्रेस) विकल पौडेल काण्ड, राष्ट्र बैंकको स्वीकृति बेगर विदेशी बैंकमा विदेशी मुद्रामा खाता खोली रकम जम्मा (सुनिल पौडेल र विकल पौडेल) प्रकरण, उदयपुर सिमेन्ट कारखानमा भ्रष्टाचार काण्ड, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता, मधेश सरकारको साइकल काण्ड, राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार, सर्प काण्ड, हदबन्दी छुटको जग्गामा मनपरी, टेरामक्सको अनियमितता प्रकरण, एमडीएमएसको लफडा काण्ड, स्यानिटरी प्याडमा भ्रष्टाचार, वीर अस्पतालको बेतिथि प्रकरण, नक्कली लाइसेन्स प्रकरण, नक्कली भ्याट बिल प्रकरण, कर फछ्र्याैट आयोगको अनियमितता प्ररकण, भृकुटीमण्डप भ्रष्टाचार प्रकरण, टेलिकमको बिलिङ सिस्टम खरिद काण्ड, एनसेल काण्ड, नेपाल ट्रष्टको जग्गामा भएको ५ अर्बको भ्रष्टाचार काण्ड, अख्तियार आयुक्त राजनारायण पाठक प्रकरण, मेलम्ची खानेपानीका नाममा ३८ करोड रुपैयाँ हिनामिना प्रकरण, बालुवाटार जग्गा प्रकरण, क्यान्टोनमेन्ट घोटाला प्रकरण, ट्रान्सफरमर खरिद काण्ड, बाख्रो काण्ड, नीजिकरणको नाममा सम्पूर्ण कलकारखाना काण्ड, महाकाली सन्धी प्रकरण, एमसीसी प्रकरण, कालापानी प्रकरण, लक्ष्मणपुर बाध काण्डा, कोशी र गण्डकी सम्झौता, स्काउट प्रकरण, बासबारी काण्ड, गुठी काण्ड, भोटेकोशी, तामाकोशी काण्ड, गिरीबन्धु टी स्टेट काण्ड, स्वीस बैंकको ७ खर्ब काण्ड, दुबईमा ५ अर्ब काण्ड, कम्बोडियामा ३२ अर्ब कण्डा, घडी काण्ड, त्यस्तै भृकुटी कागज कारखाना बिक्री, हरिसिद्धि इटा, टायल कारखाना बिक्रि, बासबारी छालाजुत्ता कारखाना बिक्रि, नेपाल चलचित्र विकास कम्पनी सेयर बिक्रि, बालाजु कपडा उद्योग बिक्रि, काचो छाला संकलन तथा प्रशोधन केन्द्र काण्ड, नेपाल बिटुमिन तथा ब्यारेल उद्योग सेयर बिक्रि काण्डलगायत अन्य थुप्रै रहेका छन् ।

