•  २०८३ बैशाख ५
  • प्रकाशचन्द्र परियार 
    ब्राह्मणवादको विरोध गरिरहने दलित समूह आफैं आन्तरिक छुवाछुतमा चुर्लुम्म डुवेको मात्र छैन, दलित–दलितबीचको उच–नीच, भेदभाव र नाटीकुटीमा चुर्लुम्म डुबेको छ । र, त खप्की सहनुपर्छ लाचार भएन दलितहरूले ‘तिमीहरूको पनि त सानो र ठूलो जातको भेदभाव अझै कायम छ नि’ भन्ने दुर्भाग्य के छ भने रुढिवादी र धार्मिक कूटनीतिक चालबाजीका कारण जातीय उत्पीडनमा बाँच्नुपरेको दलित वर्गलाई तत्कालीन सामाजिक कठमुल्लाहरूले ‘फुटाउ र शासन गर’को नीति दलित–दलितबीच पनि अख्तियार का गरे । जुन रोग छुवाछुतका विरुद्ध लागिपरेको दशकौं भयो भन्ने दलित नेताहरूको आफ्नै घरमा समृते व्याप्त छ । सामाजिक परिवर्तनको कठोर आन्दोलनको रूपमा माथिल्लो जाति भनाउँदाको रामवाण ‘तिमीहरूको आफू आफूबीचको छुवाछुत पहिले हटाऔं न’ ले मुखबुजो लगाइदिएको छ दलित नेतृत्व पंक्तिलाई । छुवाछुत शोषणको पराकाष्ट हो ।
    यो मानवीय सवालमा कलंक हो भन्न तयार शिक्षित समुदायका धेरै ब्राहमण र क्षेत्रीयवर्गका व्यक्तिहरू स्वतस्फूर्त तयार भइरहेको वर्तमान अवस्थामा दलित–दलितबीचको छुवाछुतचाहिँ कुरीतिको रूपमा जस्ताको त्यस्तै रहनु अशिक्षित र कट्टर रुढीवादी दलित समुदायको परम्परागत नासो हो । जसले दलितहरूको एकीकृत ऑन्दोलनको मुख थुनेको छ । सम्पूर्ण दलितहरूलाई छुवाछुतको भेदभाव गरिरहन कथित उपल्ला जातिका मान्छेहरूलाई ‘होस्टेमा हैसे’ गर्न मद्दत गरिरहेको छ ।
    दुर्भाग्य के छ भने दलितहरूको बाहुल्य रहेको कैलाली जिल्लाको गोदावरी गाविस जहाँ दुई पटक स्थानीय नेतृत्व मात्र होइन, बहुमत प्रतिनिधिहरू दलित समुदाय रहेको स्थितिमा समेत त्यहाँ आन्तरिक छुवाछुत ज्यूँका त्यूँ छ । रोचक कुरा त के छ भने त्यहाँ जातैपिच्छेका क्वा छन् । कतिसम्म भने कामीका लागि एउटा, क्षेत्रीका लागि अर्को र दमाईका लागि भिन्नै तीनथरीको
    कुवा । कामी र दमाई दुवै कथित अद्भुत वर्गको भए पनि कामीले आफूलाई दमाईभन्दा उच्च ठान्दछ र छुवाछुत गर्दछ । उसो त दमाई र सार्कीले वादीलाई आफूभन्दा तल्लो सम्झी भेदभाव र छुवाछुत गर्दछन् । तराईका दलितहरू पनि आन्तरिक छुवाछुतबाट पृथक छैनन् । मधेशी समुदायका ‘दुसाध’ र ‘चमार’ ले अन्य सबै मधेसी मूलका दलितलाई अद्भुत मान्दछन् भने ‘खत्वे’ र ‘मुसहर’ ले ‘डोम’ र हलखोरलाई तल्लो जांति भनेर आन्तरिक छुवाछुत गर्दछन् । पहाडी मुलुकका साकी र कामीबीच पनि समानताको व्यवहार छैन । पचासको दशकदेखि अत्यन्त बढी चर्चामा आइरहेको दलितको सवाल प्रचारबाजीको रूपमा मात्रै विकसित भइरहेको वर्तमान परिप्रेक्ष्य सामाजिक परिवर्तनका लागि संगठित हुँदै समयले मागेको खण्डमा ‘प्राणोत्सर्ग’ गर्न दलितहरू तयार छन् भन्ने कुराको नजिर ’लाहान चमार बहिस्कारकाण्ड’ का विरुद्ध जागेको दलितहरूको साहसिक कार्यले पुष्टि गरिसकेको छ ।
    शोषण र उत्पीडनका विरुद्ध दलितहरू गैरदलितका विरुद्ध खुलेर लागिपर्नु तर आफू–आफूबीच रहेको आन्तरिक छुवाछुतचाहिं ओझेलमा पारिनुले दीर्घकालीन दलित मुक्ति आन्दोलनलाई ठूलो धोका हुनसक्छ । कारण आन्तरिक सुदृढीकरण एवं जातीय एकताबिना संघर्ष सफल हुने सपना देख्नु निरर्थक यस मानेमा हुन्छ कि यसले संयुक्त आन्दोलनलाई चिरा–विरा पार्न प्रत्यक्ष–अप्रत्यक्ष सघाइरहेको हुन्छ ।
    अन्तरजातीय विवाहका हिमायती दलितहरूले व्यावहारिक रूपमा दलित–दलितबीच अत्यन्त कम अन्तरजातीय वैवाहिक सम्बन्ध स्थापित गरेको पाइन्छ । त्यो केटा र केटीको विद्रोहका कारण दुर्भाग्य के छ भने दलित–दलितबीच पानी बाराबार जातीय विभेद, र उचनीचको पर्खाल ठाडै रहेको प्रसङ्गमा मागी विवाहको कल्पनै गर्न सकिएको छैन । पर्वत जिल्लाको माझफाँट गाविस वडा नं. ८ की गायो दर्जीले उनकै छिमेकी मिनबहादुर विश्वकर्मासँग प्रेम गरिन् । प्रेम प्रसङ्ग मै उनी मिनबहादुरकी गर्भवती भइन् । तर सुत्केरी अवस्थामा मिनबहादुरका परिवारले आफूभन्दा तल्लो जातको भनी आफ्ना छोरालाई बम्बैतिर भगाएर आन्तरिक छुवाछुतको कठोर अभ्यास गरे । आफ्नै नातिको न्वारन उनीहरूले गरेका मात्र छैनन् सुत्केरी अवस्थामा ‘समेत उनीहरूले मानवीय व्यवहार नगरी गोठमै बच्चा जन्माउने वातावरण सिर्जना गरे । हाल गोमा दर्जी आफ्नो प्रेमी मिनबहादुर विश्वकर्माको धोका मात्र होइन, आन्तरिक छुवाछुतको सिकार भएर बाँचिरहेकी छिन् । मिनबहादुर र गोमा दुवैजना दलित समुदायका हुन् । तर, दलित समुदायभित्रको आन्तरिक छुवाछुतले जरो गाडेको कारण गोमा दर्जी घरको न घाटको अवस्थामा दुःखद समय काटिरहेकी छिन् ।
    दलित–दलितबीचका यस्ता घटनाहरूले पुरातनवादी, वर्णवादी एवं जातीय अहंङ्गारिवादी समाजलाई मलजल गर्ने काम, गरिरहेका छ । आन्तरिक छुवाछुतको यो खाडलले दलित आन्दोलनलाई भाँड्न बल मात्र पुरÞ्याइरहेको छैन सामाजिक रूपान्तरणको प्रयासलाई समेत ठाडो चुनौती दिइरहेको छ ।
    नेपाली समाजमा शताब्दियौंदेखि जरो गाडेर बसेको छुवाछुत प्रथाका कारण समाजमा ‘अत्यन्त अमानवीयरूपमा जीवन गुजारा गरिरहेका दलित समुदायको सामाजिक रूपान्तरणका लागि राज्यको भूमिका अत्यन्तै ठूलो छ । यसमा मतमतान्तर हुन सक्दैन । तर, दलित–दलितबीच रहेको आन्तरिक छुवाछुतको निवारणका लागि भने दलित समुदाय नै सबैभन्दा वढी संवेदनशील, सचेत र द्रुततर रूपमा लाग्नुपर्ने देखिन्छ, जसका लागि दलितका संघसंस्था तथा संगठनहरूले आन्तरिक छुवाछुतका विरुद्ध योजनाबद्ध कर्यक्रमहरू अगाडि ल्याउनुपर्ने देखिन्छ । दलित अन्तरजातीय विवाहलाई प्रोत्साहित गराउँदै स्थापित गराउनसमेत कार्यक्रम तर्जुमा गर्नुपर्नु आवश्यकता खड्किरहेको छ । सधैं अरूलाई दोषारोपण गरेर दलितहरू पन्छिन नमिल्ने अवस्था आन्तरिक छुवाछुतको कारण पनि हो । दलित मुक्ति आन्दोलनलाई जति आवश्यकता छ त्यति नै एकीकृत आन्दोलनलाई मलजल र व्यवस्थित गर्न आन्तस्कि छुवाछुतको निवारणका लागि सत्प्रयासको अत्यावश्यकत्ता छ जसले दलित समुदायको सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेल्न सकोस् ।
    (२१ वर्षअघिको छहराबाट लिइएको यो लेख अहिले पनि सान्दर्भिक छ । कुनै फेर बदल छैन । सम्पा.)