•  २०८३ जेष्ठ २३
  • मुलुकमा विद्यमान असमानता, कुरीति, जातीय भेदभाव, उचनीचको कारण देश विकासमा अवरोध खडा भएको  । यो साम्प्रदायिकताले जन्मदै ब्राह्मण ठूलो र पूजनीय हुने अवैज्ञानिक परम्परा रहेको छ । अर्थात् प्रतिभा, सीप, विद्वता र कलाको आधारमा नभई यहाँ जातजातिको आधारमा मूल्यांकन हुने गरेको छ । यस्ता गलत प्रवृत्तिको प्रतिकार गर्नेहरुमाथि साम्प्रदायिक भनेर ब्राह्मणवादीहरुले आरोप लगाउँदै आएका छन् । सतीले सराप गरेको देशमा न्याय र समानताको निमित्त आवाज बुलन्द गर्नेहरु अन्यायीहरुको दृष्टिमा सह्य किन हुन्थ्यो र ? हुन त ब्राह्मण्वादको आलोचक, न्यायप्रेमी ब्राह्मणहरु पनि यहाँ नभएका होइनन् । तर अहिले आएर आदिवासी भूमिपुत्रहरु संगठित भएर आफ्ना जायज सवालहरुप्रति सजग हुन थालेका छन् । यस कुराले समेत पनि कट्टरपन्थी, अतिपन्थीहरुको निमित्त असह्य हुन पुगेको छ । उनीहरुले हाल नेपालमा क्रिश्चियन धर्म, हावी भयो, हिन्दूधर्म माथि कुठाराघात भयो भन्न थालेका छन् । तर नेपालका अन्य समुदायको मौलिक धर्म संस्कार, संस्कृतिमाथि ऐतिहासिक कालदेखि नै हिन्दूधर्मले एकछत्र दमन गर्दै आएको कुरा चै किन देख्दैनन् । बोल्दैनन् किन? प्रश्न उठ्नु स्वभाविक छ । ‘ब्राह्मण र ब्राह्मणवाद जस्तो जुन गलत व्याख्या अहिले प्रचारमा आउन थालेको छ, त्यो अत्यन्त निराशाजनक छ ।’ यो भनाई डा.दुर्गा प्रसाद भण्डारीको हो । उहाँले ‘हिन्दुधर्म र संस्कृतिको विरोध एक नयाँ व्यापार’ भनी एक दैनिक समाचारपत्रमा एउटा विचारोत्तजक लेख छपाउनुभएको थियो । उपरोक्त हरफ त्यहीबाट लिइएको हो । हिन्दुधर्म र संस्कृतिको विरोध नयाँ व्यापार हो भने के हिन्दूधर्म र संस्कृतिको समर्थन चै व्यापार ठहरिन्न र ? पशुपतिको भट्टहरु के गर्छन् ? घामझै छर्लंग छ । डा.दुर्गाज्यू आफै ब्राह्मण भएकोले उहाँको हृदयमा ब्राह्मणवादको नकारात्मक पक्षका खण्डन मण्डनले गहिरो चोट पुगेको रहेछ । यहाँ गरिदै आइएको ब्राह्मणवादको विरोध भनेको वेद, गीता, रामाण, महाभारत आदि ग्रन्थहरुको र कुनै ब्राह्मण जातिको विरोध होइन । ब्राह्मणवादको विरोध भनेको रुढीवाद, अवैज्ञानिक, अभौतिक कर्मकाण्ड, अन्धविश्वासको विरोध हो । ‘मनुस्मृति’मा उठाइएका छुवाछुत, जातपात जस्ता अतिनै संकीर्ण र अमानवीय प्रचलनको विरोध हो । ब्राह्मणवादको विरोध एउटा बाहुन मात्रको विरोध भने अवश्य होइन ।

    ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति विशेषलार्य मात्र जन्मदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ । यसखाले प्रवृत्तिको विरोध गर्दा डा. साहवको मुटु दुखेको रहेछ । उहाँको भनाईमा समानताको खोजी अरुले किन गर्नु । ब्राह्मणवादको विरोध गर्नेहरु सबै देशी विदेशी पैसाको ईशारामा चल्ने कायर हुन् ।
    ब्राह्मणवाद भनेको एउटा दृष्टिकोण हो, दर्शन हो । यस दर्शनमा अरुलाई होच्याएर तल्लो दर्जामा दासत्व र प्रभुत्ववादी प्रचलन कायम राख्दै कुनै एक जाति विशेषलार्य मात्र जन्मदै ठूलो र पूजनीय भनी उपल्लो तहमा राखिन्छ । यसखाले प्रवृत्तिको विरोध गर्दा डा. साहवको मुटु दुखेको रहेछ । उहाँको भनाईमा समानताको खोजी अरुले किन गर्नु । ब्राह्मणवादको विरोध गर्नेहरु सबै देशी विदेशी पैसाको ईशारामा चल्ने कायर हुन् ।
    डा.भण्डारी तपाईको स्वजातीय महानता बडो गजबको छ किन कसैले बुझिदिएनन् ? इतिहासका बाहुनहरुले कति दुःख पाए ? ध्यानमा बस्ने ब्राह्मवणले कति कठोर जीवन बिताएको छ तपाई भन्नसक्नुहुन्छ ? सो लेखमा तपाईले यस्तो प्रश्न गर्नुभएको पाइयो ।
    दूध, दही, फलफूलको रसादीले मस्त भएर, बिना श्रम, अरुको श्रमको शोषण गर्दै, दास बनाउँदै खुट्टा ढोगाउँदै महान् बन्दै आएका ब्राह्मणको यस्तो दुःख पनि दुःख हो ? हलो जोत्ने कृषकको दुःख तपाईलाई के थाहा ? तपाईले स्वीकार्नुभएको बाहुनले हलो जोत्नु हुँदैन भन्ने आसय ब्राह्मणवादकै अंश होइन ? भण्डारीजी आजकल थुप्रै बाहुनहरुले लसुन, प्याज, मादक पदार्थ, माछा, मासु सेवन गर्न थालेका छन् । यो महँगाइमा नखाएर के गर्नु ? बाँच्नु छ । हलो पनि जोत्न थाले, नजोती के गर्नु पेट भर्नु छ भराउनु छ । अतः मलाई लाग्छ ब्राह्मणवादको समर्थन गर्ने बहानामा कतैबाट निर्देशित हुनुहुन्न तपाई पनि ? किनभने भारतीय विजेपीले यहाँ पशुपति सेना बनाएको छ ? ‘र’को संगठन पनि छ भनिन्छ । पद्मरत्न तुलाधर र गाईको मासु प्रकरणको समयमा एकपटक त्यही निर्देशित संगठनले नेपालबन्द भन्दै हेण्डवील बाँड्दै हिडेको थियो । त्यो संगठन कहाँ र कोबाट चल्दैछ सबै पर्दापछाडि भए पनि पारदर्शी बनिसकेको छ । शंकै लाग्छ तपाई पनि कतै त्यही पर्दाभित्रबाट त सञ्चालित हुनुहुन्न ?
    जातीय सद्भाव, एकता, बन्धुत्व, भातृत्व भन्ने कुरा समानतामा मात्र सम्भव हुन्छ । सहृदयतामा मात्र हुन्छ नकि दासत्व मनोवृत्तिमा, षड्यन्त्र र बढप्पनामा । ठूलोसानो, उचनीच, जातिवादी प्रथा, आजको यो २०औं शताब्दीको संघारमा पनि के अझै कायमै राख्ने ? यसै प्रसंगमा वी.पीं कोइरालाको ठूलो नबन्नु असल बन्नु भन्ने भनाई यहाँ प्रासंगिक ठहरिन्छ । यदि नेपालको उन्नती हुनुपर्छ भने ब्राह्मणवादी प्रभुत्वको अन्त हुनैपर्छ । ब्राह्मण केवल धर्मममा सीमित रहनुपर्छ । सबै जातजातिको समानुपातिक इज्जत, प्रतिष्ठा छ भन्ने कुरा बिर्सनु हुन्न । इतिहासमा ब्राह्मणहरुले गरेको मानवता विरोधी क्रियाकलापहरु ब्राह्मणवादको उपज हो । वी.पी.ले ‘सुम्निमा’ उपन्यासमा किरातीहरुको अवहेलना गर्न खोजेका हुन् या अर्काे केही आसय छ, यसतर्फ अहिले नजाउँ । तर यो उपन्यासको अर्काे राम्रो पक्ष के छ भने भौतिकवाद र आध्यात्मवादको द्वन्द्वमा भौतिकवादको जित र आध्यात्मिकवादको हार छ । जिउज्यान सुकाएर तप गर्ने, नखाई व्रत बसेर नपुंसक, कमजोर मरनच्याँसे बन्ने ‘कर्मकाण्ड’ पनि धर्म हो ? खाएर स्वस्थ भएर काम गर्ने प्रवृत्ति चै धर्म होइन । व्रत र तप गर्नेले खादैन र काम पनि गर्दैन । यही नै आध्यात्मिकवादको खरावी पक्ष हो । शरीर र लोकलाई ‘मायाजाल’ भनेर अर्काे लोक, अर्काे जन्मको नाममा यो जन्मलाई वर्वादीमा पुर्याउनु अध्यात्मवादको मानवविरोधी पक्ष हो । ‘सुम्नीमा’ उसको समूह भौतिक छ उही छ ।
    मैले यो उपन्यासको आलोचना र समालोचनाको बारेमा केही भनिरहेको होइन । मैले त यहाँ केवल ब्राह्मणवादको मात्र टिप्पणी, अध्यात्मपन्थीको कर्मकाण्ड र अन्धविश्वासी अलौकिकताको चित्र मात्र कोर्न खोजेको हुँ ।
    वर्ष १५, अंक ०५, २०५३ साल, भाद्र ४ गते मंगलबारको छहराबाट)