शाह राजाहरूको राज्याभिषेक परम्परागत रीतिअनुसार हुनमानढोका दरबार, नासल चौकका डबली नजिकै उत्तरपट्टि स्नान–मण्डल र अभिषेक–मण्डलमा विशेष सजधजका साथ सम्पन्न गरिन्छ । सो अभिषेक कार्यको सिलसिलामा पूर्व दिशाबाट ब्राह्मणद्वारा घृतपूर्ण सुवर्णकलशले, दक्षिण दिशाबाट क्षेत्रीयद्वारा दुग्धपूर्ण रजतकलशले, पश्चिम दिशाबाट वैश्यद्वारा दधिपूर्ण ताम्रकलशले, उत्तर दिशाबाट शूद्रद्वारा मधुपूर्ण कलशद्वारा अभिषेक गरिन्छ ।
श्री ५ त्रिभुवनको शुभराज्याभिषेक वि.सं. १९६९ फागुण ९ को अवसरमा बिग्रेडियर जर्नेल मीनबहादुर गुरुङद्वारा, श्री ५ महन्द्रको शुभराज्याभिषेक (२०१३ बैशाख २०) को अवसरमा बिग्रेडियर जर्णेल (तत्कालीन डी.आई.जी.) दिलमान सिंह थापा मगर तथा श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शुभराज्याभिषेक (वि.सं. २०३१ फागुन १२) को अवसरमा भूपू मन्त्री पद्मसुन्दर लावती (लिम्बू) द्वारा महत्वपूर्ण मृतिका (माटाका कलशद्वारा अभिषेक गरिएको थियो ।
यसबाट यो सिद्ध हुन्छ कि किरातवंश भित्रपर्ने जातिहरू मगर नेवार, गुरुङ, लिम्बू राई आदि श्री ५ महाराजाधिराज सुरेन्द्र विक्रम शाहको शासनकालमा बनेको मुलुकी ऐनद्वारा “मतवाली पानी चल्ने जात” अन्तर्गत राखिएतापनि वस्तुतः उनीहरूलाई कार्यहरूको वर्णव्यवस्थाको चतुर्थवर्ण (शूद्र) मा समावेश गरिएको पाइन्छ ।
(२१ वर्ष अघिको छहराबाट
