•  २०८३ बैशाख १
  • केही वर्ष अघिसम्म नेपालका गाउँघर र बस्ती–बस्तीमा कुसुले, गाइनेहरु, घरघरमा पुगेर कुसुलेले ‘पुतली’ नचाउने र गाइनेले ‘सारङ्गी रेटेर’ बेदनाले भरिएका गीतहरु सुनाउँदै नेपालीहरुलाई मन्त्रमुग्ध पार्थे । आजकल कुसुलेले ‘पुतली’ नचाउने परम्पराको पूर्ण अन्त भए जस्तै छ भने, सारङ्गीले आधुनिक संसारमा प्रवेश गरेर झनै बढी कर्णप्रिय बन्दै गएको छ । कुसुले र गाइनेको प्रसंग यहाँ किन निकालिएको हो भने यसको प्रयोग आजकल राजनीतिक क्षेत्रमा देख्न थालिएको छ । त्यसैले कुसुले नचाउने परम्परा यथार्थ रुपमा हुँदै गए पनि राजनीतिमा भने त्यसको प्रभाव व्यापक रुपमा बढ्दो छ । कुसुले नेवार जातिभित्रको वर्णाश्रमवादी अछुत एक उपजाति भनिएको छ । जसले राम्री पुतली बनाएर, पुतलीभित्र हात लुकाएर गीत र त्यसको भाका अनुसार नचाउने गर्दथे । लुकाएको हातले पुतलीको टाउको, हात र शरीर सबै हल्लाएर दुरुस्तै सानी नानी नाँचे जस्तै नचाउने कलाको प्रदर्शन गरी माग्ने एउटा प्रथा थियो । त्यो कुसुले प्रथा आजकल नेपालको राजनीतिक क्षेत्रमा अनुवाद भएको छ । कसरी राजनीतिक क्षेत्रमा अनुवाद भएको छ । कसरी भन्नुहोला भने नेपालका राजनीतिक दलहरु, नेपालमा पुतली जस्ती नै राम्री, चिटिक्क परेकी देखिन्छन्, तर यिनीहरुलाई नचाउने कुसुलेको जस्तो हात, देश बाहिर छन्, कसैले देख्न सक्दैन । हिजोआज कुसुलेले नेपाली पुतलीहरुलाई खुब राम्ररी नचाउन थालेका छन् । यसको ‘मजा’ सबैले लिइरहेका छन् । कुसुले नाँचको उत्कृष्ट प्रदर्शन हिजो आज ओली, देउवा र प्रचण्डहरुले गरिरहेका छन् । यिनीहरु कहिले मिल्छन्, कहिले आमाचाक्ली गाली गलोज गरागर गर्छन् । पुतलीको काम मानिसलाई मनोरञ्जन दिलाउने हो । यस्तै यस्तै मनोरञ्जन दिलाउँदैन यी नेताहरु । तर यिनीहरुलाई नचाउने कुसुले को हुन्, कसैलाई थाहा छैन । हे ‘पुतली’ तिमीले सिद्धान्तप्रति त गद्धारी गर्र्याै गर्र्यौै अब कुन राष्ट्रलाई नेपालमा ‘नाकाबन्दी’ गर्न लगाउँदै छौं तिमी कुन कुसुलेको देशद्रोही ‘पुतली’ बनिरहेका छौं । देश विकासको कथित बहानामा कसको मानमर्दन गर्न ‘पुतली’ प्रदर्शन गर्न थालेका छौं । के यो सोचनीय पक्ष होइन र ?