डिल्ली अम्माई
जतिबेला मैले पहिचानलाई बुझे त्यो शानदार मात्र नभएर नेपालको सम्पूर्णताभित्रको एकताको प्रतिध्वनि जस्तै थियो । त्यहाँ छुट्टै तमुवान थिएन तर तमुवान नेपालभित्र थियो । त्यहाँ एउटा जाति विशेषको पूर्वाग्रह थिएन, जातिभित्र सिंगो राष्ट्रियता अटेको थियो ।
त्यहाँ अलग पूर्वाग्रह थिएन, त्यहाँ त अस्तित्व र पहिचानको लागि सिंगो आकाशभित्रको मिठो भावना र सपना थियो । मेरो सपनामा त्यो पहिचान शानदार मात्र नभएर नेपालको सम्पूर्णता भित्रको एकताको प्रतिध्वनि जस्तै थियो । पहिचान खाली जाति विशेषसँग मात्र गाँसिदैन । मैले बुझेको पहिचान धेरै सभ्य र उच्च मानवताले निर्देशितत्मा स्वाभिमानसँग बाँच्न पाउने अधिकार हो र त्यसलाई वर्गीय पहिचानबाट अलग गर्यो भने जातीय आतंकले जन्म लिन्छ । त्यस्तो जातीय आतंकको समर्थन कोही कसैले गर्ने कुरा पनि आउँदैन ।
विभिन्न कार्यक्रमहरुमा वक्ताहरुले बोलेका भाषणहरुमा पहिचानको पक्ष र विपक्षमा दिइएका तर्कहरुलाई तराजुमा राखेर दुवै पहेलुहरुको नजर अन्दाज गर्दा दुवै तर्फको अभिल भिन्न रुपमा नमिठो लाग्ने तर सारमा त्यो कार्यक्रममा मात्र सत्यम् शिवम् सुन्दरम्को महान सपनाले सिंगारिएका राष्ट्रियताको अंशहरु भेट्टाए । मानवताको उच्च आदर्शलाई सम्मान गर्ने महानपुरुषहरुका इतिहासले पहिचान विरोधीहरुलाई गिज्याएझै महसुस भयो । मैले थाहा पाए पनि नपाए पनि भन्नदै पर्दछ पहिचान त राष्ट्रियता पो रहेछ । यो त महासागरको ज्वारभाटा र तरंग जस्तै मस्तिष्कभित्रको प्रकाशपुञ्ज पो रहेछ ।
संसारमा भएका महान् दुई तिहाई संघर्षहरु पहिचानका लागि भएका रहेछन् र यो मानवता भित्रको विवेश रहेछ । लठ्ठी हानेर पानी अलग गर्न सकिदैन भनेझै यसलार्य मानव सभ्यता र राष्ट्रियताबारट अलग गर्न सकिदैन
रहेछ । संसारमा पहिचान बाहेकको कुनै पनि चिजको कल्पना नै गर्न सकिदैन । फूलहरुको राजा पारिजात पहिचानले नै सबै फूलहरुबाट अलग भएको हो । त्यसको सुगन्ध फरक छ, त्यसको आकर्षण फरक छ, पात र बोटको आकार पनि फरक छ । त्यसैले यो पारिजात हो भनेर हामीले चिन्दछौं । यो नै उसको परिचय हो । ब्रह्माण्डमा भएका हरेक चीजहरुमा उसका विशेषता, विशेष गुण, उसको स्वरुप र अन्तरनिहित तत्व मिश्रणले उलाई अरुबाट अलग पहिचान दिएको हुन्छ । पदमिनी, लालीगुरास र तलसीको पनि त्यही हो व्यथा ।
भला मानवले कसरी पहिचान छोड्न सक्ला ? उसको घरायसी संस्कार, मातापिताको शिक्षा, समाजको छाप भिन्न दर्शनप्रतिको उसको लगाव, मानवतालाई सम्बोधन गर्ने उसको चेतनापुञ्ज र संसार बुझ्ने उसको चेष्टाले नै पहिचानलाई आकार दिन्छ । के मानवले आफ्नो पहिचानबाट अलग भएर बाँच्न सक्ला ? समाजबाट एकलव्य भएर आफ्नो भविष्यको गोरेटो तय गर्न सक्ला ? संस्कार र चाहनाहरुलाई पहिचानबाट अलग गराएर कसैले सपना देख्न सक्ला ? कदापी सकिदैन । दक्षिण अफ्रिकामा अंग्रेज शासनको दासताको विरुद्ध त्यति ठूलो लडाइ भयो । त्यसको नेतृत्व काला जातिका नेता नेल्सन मण्डेलाले गरे । त्इो पनि वर्ण पहिचानसहितको स्वाभिमानका लागि लडिएको लडाई थियो । एउटा उत्पीडक जातिले छुट्टै संस्कार, भावना, चेतना र सपना भएको अर्काे राष्ट्रको उत्पीडित जाति वा वर्गलाई दासताको सिक्रीले बाँधिएर राखिएको थियो इतिहासमा ।
पहिचानलाई बन्धक बनाइएको थियो । स्व वर्ग, स्व जाति र स्व वर्णको पहिचानको लागि औपनिवेषिक दासताको विरुद्ध अफ्रिकासँग सँगै सिंगो धर्ती उठ्यो, मानवता खारियो, पहिचानले मानवतासँगै नाता गाँस्दै राष्ट्रिय भावनाले विश्वासको गीत एकै पटक गुञ्जायो धर्तीमा, चेतनाले विजय पायो, पहिचानसँगै राष्ट्रियताको बत्ति बल्यो र देश प्रगतिको पथमा लम्किन सफल भयो । त्यहाँ पनि पहिचान दबाउनेहरुलाई जिति छाड्यो ।
पहिचान खाली जाति विशेषसँग मात्र गाँसिदैन । यो संस्कृति, धर्म, वर्ग, भाषा, क्षेत्रसँग पनि गाँसिएर आँउछ । त्यसैले कसैको पहिचानलाई मेटेर आउने धम्की भनेको कसैको आत्मस्वाभिमान प्रतिको चुनौती हो, भावनाप्रतिको खेलवाड हो । पहिचान आकाश हो । जहाँ सबै ताराहरुको अस्तित्वले आफ्नो क्षेत्र, स्वाभिमान र नाम पाएको छ । यदि कसैले आकाशलाई इन्कार गर्दछ भने त्यो त महामूर्ख हो । सोचौ के नेपाल पहिचान बेगर अस्तित्वमा रहन सक्ला ? सक्दैन किनकी पहिचानले नै धर्तीले आफ्नो विशेषतालाई अन्य ग्रहभन्दा अलग रुपमा बचाई राखेको छ । पहिचान बाहेक नेपाल बच्नै सक्दैन । पहिचान राष्ट्रियताको आत्मा हो । यदि आत्मा नै छैन भने आत्माविहिन राष्ट्रियताको के काम ? निर्जिव वस्तुको पहिचान हुन्छ । माटो, ढुंगा, पानी सबैको आआफ्नो पहिचान छ । बोटबिरुवा, किट, पतंग, जनावर, चराचुरुंगी सबैको आआफ्नो पहिचान छ । दुनियाँका फरक–फरक विशेषताहरु नै पहिचान हुन् । पहिचान बाहेकको कुनै वस्तुको कल्पना गर्नै सकिदैन ।
त्यसैले पहिचान र विशेषताको सबैले सम्मान गर्न सक्नु पर्दछ । पहिचान विरोधीहरुले भन्ने गरेको एउटा उदाहरण हो पृथ्वीनारायण शाहको दृव्य उपदेशको भनाई ‘नेपाल चार जात छत्तिस वर्णको फूलवारी हो ।’ शब्द शब्द केलाएर हेर्दा रुपमा यो सबैका पहिचानप्रति समान भाव दर्शाएको जस्तो देखिन्छ । उक्त भनाईले पनि पहिचानलाई सम्बोधन गरेको छ । पहिचानको सम्बोधन गरेको उक्त भनाईको अन्तरवस्तुहरु जस्तै भाषा, जातीय संस्कार, धर्म र वृत्तिहरुलाई सम्मानको नाटकसँग व्यवहारमा कुचिएको पनि सत्य हो । पृथ्वीनारायण शाहले नेपाली भाषा बाहेक कुन भाषिाको सम्मानमा कस्तो कार्यक्रम ल्याए त ? कुन धर्मको आस्थालाई उनले बढी प्रोत्साहन गरे ? कुन जातीय आत्मसम्मानको लागि उनको विशेष योगदान रह्यो ? आदि कार्यहरुले सबै पहिचानलाई निमिट्यान्न पार्दै, हिन्दू, ब्राह्मणवादी र त्यसको वरिपरि रहेका पहिचानको व्यवहारत सेवा गरेको देखिन्छ ।
त्यसैले पहिचानको मुद्दा हिजोबाट नै थिए भन्ने कदापि होइन । हिजो पनि थियो तर दबाइएको थियो । आफ्नो बल वुताले किरातका गुठीहरु संरक्षित रहे । हिन्दूका गुठी ?

