नेपाल आदिवासी पत्रकार समाज नेपालले ‘किरात विश्वविद्यालय आजको अपरिहार्य आवश्यकता’ भन्ने एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरी आम आदिवासी समुदायलाई चीर निन्द्राबाट झकझकाउने कार्य गरेको छ ।
२०८२ साल मंसिर १४ गतेका दिन समाजकै कार्यालयमा सम्पन्न सो अन्तरक्रिया कार्यक्रममा सम्पूर्ण वक्ताहरुले एकै स्वरमा त्रिभुवन विश्वविद्यालय र महेन्द्र संस्कृत विश्वविद्यालय दुवै शतप्रतिशत सरकारी अनुदानमा चलाएझै बहुभाषी मुलुकमा किरात भाषाभाषीहरुको निमित्त किरात विश्वविद्यालय पनि सरकारी अनुदानमै स्थापना गर्नुपर्ने माग गरेका छन् । कार्यक्रमका वक्ताहरुले विविध किरात भाषी विभागको ठाउँमा किरात विश्वविद्यालयको अवधारणा आइसकेकाले किरात समुदाय स्वयंमले पनि आआफ्नो भाषा, संस्कृति र संस्कारमा सचेत रही सही पाड्यक्रम निर्माणतर्फ अझ सजग रहनुपर्ने कुरामा जोड दिएका छन् ।
समाजका अध्यक्ष जितेन्द्र राईको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा वर्तमान संविधानले समेत आदिवासी, सीमान्तकृत समुदायहरुका मुद्दालाई समेट्न नसकेकोमा वक्ताहरुले खेद प्रकट गरेका थिए । र वर्तमान जेनजी आन्दोलन समेत अपुरो र अधुरो रहेकोमा खेद प्रकट गरेका थिए ।

