•  २०८३ बैशाख ५
  • —जितपाल किरात 
    पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामाले ३० अगष्ट २०१५ मा आफ्नो कार्यकालमा, आफ्नो अधिकार प्रयोग गरी उत्तर अमेरिकाको सबैभन्दा अग्लो पहाडको पुरानो नाम त्यहाँका आदिवासीहरुको माग अनुसार ‘डेनाली’ यथावत् रहने घोषणा गरे । मध्य अलास्कामा अवस्थित करिब २० हजार फिट अग्लो सो पहाडलाई त्यहाँका आदिवासीहरुले ‘डेनाली’ भन्छन् ।
    त्यहाँका आदिवासी कोयूकोन भाषामा डेनालीको अर्थ उच्च शिखर हुन्छ । यो पर्वतश्रृङ्खला उनीहरुको आस्थाको केन्द्र पनि हो । तर, अमेरिकी सरकारले सन् १९१७ मा भूतपूर्व राष्ट्रपति विलियम मेक किन्लीको सम्मानमा सो पहाडको नाम परिवर्तन गरी ‘माउन्ट मेक किन्ली’ राख्यो । सरकारको सो निर्णयलाई त्यहाँका आदिवासीहरुले सांस्कृतिक साम्राज्यवादी कदम भन्दै विरोध गरे । विरोधलार्य मत्थर पार्न अमेरिकी सरकारले सन् १९८० मा त्यसको वरिपरीका क्षेत्रलाई ‘डेनाली राष्ट्रिय पार्क र संरक्षण क्षेत्र’ घोषणा ग¥यो । तर, त्यहाँका आदिवासीहरुले आफ्ना इतिहास, संस्कृति र जीवन पद्धतिसँग जोडिएको सबैभन्दा उच्च पहाडको नाम परिवर्तन गरिएको कुरा पहाडको नाम परिवर्तन गरिएको कुरा स्वीकार गरेनन् । उनीहरुले आफ्नो माग र मुद्दालाई छोडेनन् । अन्ततः पूर्व राष्ट्रपति पूर्व उपाध्यक्ष(आदिवासी प्रतिष्ठान) बाराक ओबामाले आदिवासीहरुको मागलार्य जायज ठहर गर्दै त्यो पहाडको नाम ‘डेनाली’ राख्ने घोषणा गरेका हुन् ।
    ब्रिटिश साम्राज्य र शक्तिको उत्कर्षकालिन युगमा त्यस्ता निर्णयको विरोध गर्न सक्ने सामथ्र्य न नेपाल सरकारसँग थियो न चोमोलुङमा नामसँग आस्था बोकेको स्थानीय आदिवासीहरुसँग नै । त्यसको करिब सय वर्षपछि नेपाल सरकारले चोमोलुङमा नाम सगरमाथा राखेर अर्काे गल्ती ग¥यो । विगतका गल्ती सच्याएर अब गणतान्त्रिक नेपाल सरकारले विश्वको सर्वाेच्च शिखरको मौलिक नाम चोमोलुङमा घोषणा गर्नुपर्दछ ।
    अंग्रेजहरुले सन् १८०२ मा ट्रिगुनोमेट्रिक सर्भे अफ इन्डिया सुरु गर्दा दक्षिण एसियाका अग्ला पहाड र हिमालहरुको उचाई कसैलाई थाहा थिएन । तर, ती पहाड र हिमश्रृङ्खलाहरुको नामाकरण स्थानीय बासिन्दाहरुले प्राय जसो मातृभाषामा गरेका थिए ।
    उदाहरणको लागि विश्वको सर्वाेच्च शिखरलाई त्यस आसपास बसोबास गर्ने आदिवासी किराती र शेर्पाहरुले चामोलुङमा भन्छन् । किराती राई भाषामा ‘चोम’को अर्थ तीखो र ‘लुङ’को अर्थ ‘ढुंगा’ अर्थात् ‘पवित्र तीखो ढुंगा’ भन्ने अर्थ लाग्छ । किराती मुन्दुममा पनि चोमोलुङमा थुप्रै सन्दर्भहरुमा उल्लेख भएका छन् । त्यस्तै शेर्पा र तिब्बती भाषामा पनि चोमोलुङमाको अर्थ ‘पवित्र आमा चुचुरा’ हुन्छ ।
    सामान्यतया पहाड, नदीनाला जस्ता प्राकृतिक सम्पदाहरुको नामाकरण गर्दा स्थानीय नामलाई मान्यता दिने वा निरन्तरता दिने चलन भएता पनि नेपालका अग्ला पहाड र हिमालहरुको उचाइ नाप्ने र नामाकरण गर्ने काम भारतबाट ट्रिगुनोमेट्रिकल सर्भे अफ इन्डियाले गरेको हुनाले कतिपय स्थानीय नामहरु नामेट गरिएका छन् ।
    ट्रिगुनोमेट्रिकल सर्भे अफ इण्डिया टोलीलाई नेपालभित्र प्रवेश गरेर काम गर्न सरकारले अनुमति नदिएको हुनाले उनीहरुले विहारको पटना र देहरादुनमा आधार शिविर बनाएर नेपालमा अवस्थित उच्च पहाड र हिमालहरुको उचाइ नाप्ने काम गरे जुन निकै कठिन र चुनौतीपूर्ण थियो ।
    सन् १८५२ मा भारतीय मूलका सर्भे टोलीका सदस्य राधानाथ सिकन्दर भन्ने व्यक्तिले चोमोलुङमाको उचाइ पत्तो लगाएपछि सन् १८५६ मा ट्रिगुनोटिभ सर्भे अफ इण्डियाले औपचारीक रुपमा यसको उचाई ८ हजार ८ सय ४८ मिटर(२९,००२ फिट) भनी घोषणा
    गर्यो । तर, नाम भने चोमोलुङमा भनी उद्घोष नगरी ‘पिक एक्सभी’ राखियो जुन बद्नीयतपूर्ण थियो ।
    करिब एक दशकपछि सन् १८६५ मा तत्कालिन सर्भेएर जेनेरल एण्ड बाहको सिफारिसमा बेलायतको रोयल जोग्राफिक सोसाइटीले विश्वको सर्वाेच्च शिखरको नाम ‘माउन्ट एभरेष्ट’ घोषणा ग¥यो । सर जोर्ज एभरेष्ट ट्रिगुनोभेट्रिक सर्भे अफ इन्डियाका पूर्व सर्भेएर जेनेरल थिए । जसलाई सम्मान गर्न उनका उत्तराधिकारी एन्ड्रु वाहले उनको नामबाट विश्वको सर्वाेच्च शिखरको नामाकरण गर्ने सिफारिस गरे । यसरी विश्वको सर्वाेच्च शिखरको नाम बद्नियतपूर्वक एक अंग्रेज कर्मचारीको नाममा राखियो जुन कार्य सांस्कृतिक उपनिवेशीकरणको ज्वलन्त उदाहरण
    थियो । ब्रिटिश साम्राज्य र शक्तिको उत्कर्षकालिन युगमा त्यस्ता निर्णयको विरोध गर्न सक्ने सामथ्र्य न नेपाल सरकारसँग थियो न चोमोलुङमा नामसँग आस्था बोकेको स्थानीय आदिवासीहरुसँग नै । त्यसको करिब सय वर्षपछि नेपाल सरकारले चोमोलुङमा नाम सगरमाथा राखेर अर्काे गल्ती ग¥यो । किनकी मौलिक नामलाई निषेध गरेर कुनै ऐतिहासिक सम्बन्ध नभएको संस्कृत शब्दहरु जोडजाड गरेर नाम जुराइयो ।
    विगतका यस्ता गल्तीहरुलाई सच्याएर अब नेपाल सरकारले विश्वको सर्वाेच्च शिखरको मौलिक नाम चोमोलुङमा घोषणा गर्नुपर्दछ । २१औं शताब्दीको सांस्कृतिक पुर्नजागरणको युग पनि हो । यो अभियान सफल पार्न सबै न्यायप्रेमी जनता आजबाट लागौं । लेखक आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठाका पूर्व उपाध्यक्ष तथा वरिष्ठ भाषाशास्त्री हुनु हुन्छ ।)