•  २०८३ बैशाख १
  • छसस । कहिलेसम्म निर्मला पन्त र इनिशा विक जस्ता कलिला अबोध छोरी चेलीहरु बलात्कृत भई तड्पीतड्पी मर्नुपर्ने हो यो तेत्तिसकोटी देवताहरुले बास गरेको हिन्दुअधिराज्यमा रु कहिलेसम्म नेपालीले उखुघारी र बनजंगलमा फालिइएका अवला, निर्दोष छोरी चेलीहरुको रक्ताम्य लास बटुलेर न्यायको निमित्त भीख माग्दै तड्पीनुपर्ने हो रु फागुन २३ गते बिहान ट्युशन पढ्न घरबाट निस्किएकी इनिशा विक वीरेन्द्रनगर ४ स्थित जनजागरण सामुदायिक वनमा बेहोस् र रक्ताम्य अवस्थामा फेला परिन् । उनलाई अस्पताल पुर्याउनासाथ मृत घोषित गरियो । प्रहरीले घटनास्थल नजिकैबाट एक जना र पीडित पक्षको उजुरीको आधारमा अन्य तीन जना गरी जम्मा चार जनालाई नियन्त्रणमा लिइयो । पक्राउ पर्नेहरु सबै १५ देनि १७ वर्ष उमेर समूहका छन् भनिएको छ । यता स्थानीयहरुले अभियुक्तहरुलाई उन्मिुक्ति दिन उमेर घटाएर नाबालक कायम गराउने चलखेल गरेका त होइनन् भन्ने आशंका व्यक्त गरेका छन् ।
    यस्ता घटना केवाल एउटा परिवारको पीडा मात्र होइन, यो त सिंगो देश र सम्पूर्ण समाजको निको नहुने घाउ हो, क्यान्सर हो । अब देश गम्भीर बन्नु पर्छ । यस्ता अपराधीलाई फाँसीकै सजाय दिने कानून तर्जुमा गर्ने म्याण्डेट नेपाली जनताले रास्वपालाई दिइसकेको हुँदा, बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानून, यो दुईतिहाईको रास्वपा सरकारले बनाउने पहल गर्नुपर्छ ।