
अभिषेक काेइराला
शान्ति प्रकृयामा सहभागी भएपछि माओवादीलाई छ्यापिएको हिलो राजनीति प्रतिसोध मात्र हो भन्ने कुरा नेपाली कम्युनिस्ट पार्टी एकताले प्रमाणित गर्छ । नेपाली कम्युनिस्ट पार्टी हुनभन्दा अगाडिको इतिहासलाई एक पटक हेरौ २०५२ देखि २०८२ सम्मको प्रचण्डको रणनिति अरु भन्दा धेरै फरक थियो । सामान्य नागरिक हँुदादेखि नेतृत्वमा पुगिसकेपछि उहाँका कामले यसरी पुष्टि हुन्छ । १२ राजनिती दल एकै झन्डा मुनि गोलबद्ध गर्दै पार्टी समायोजन गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय रुपमा तरङ्ग अन्तर्राष्ट्रिय रुपा चर्चा भएको कुरा घाम जस्तै छर्लङ्ग देखिएको छ । एक डाइनामिक ब्यक्ति पुष्पकमल दाहाल प्रचण्ड सक्षम नेता जसले युद्ध देखि शान्ति प्रकृया, सत्ता देखि सडक राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचण्ड नेता मात्र होइन राजनीतिक क्षेत्रका माहानायक हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । नेपाली कम्युनिस्ट पार्टी गठनहुनुभन्दा पहिलाको पार्टी माओवादी नाम २०५२ देखि २०६४ तिर कुनै बेला नाम उच्चारण हुने बितिकै शाषक र सामन्ती तरङगित हुन्थे भने उत्पिडित वर्ग समुदाय दबिएका, हेपिएका अधिकारबाट बञ्चित भएकाहरु माओवादी काम र नाममा गर्व गर्थे । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओबादीको घोषणा यसरी भयो, २०५२ फागुन १ गते तत्कालिन जनमोर्चा नेपाल नेता डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल(प्रचण्ड) मोहन बैद्य (किरण)लगायका नेताहरुले राष्ट्रिय परिस्थिति र आवाश्यकतालाई मध्य नजर गरेर सुरु गरेको सशस्त्र संघषको घोषणासँगै १० वर्ष भुमिगत सशस्त्र जनयुद्ध आफैमा इतिहास हो र मुल एजेण्डा राजतन्त्रको पूर्ण अन्त्य, न्याय सुशसान, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता लगायतका विभिन्न मुद्दा लिएर भएको लामो १० वर्षे जनयुद्धको क्रममा राज्य पक्षबाट भएको दमनको को कारण हजारौं सहिद भए, हजारौं घाइते, हजारौं बेपत्ता पारिए । नेपाली नागरिकलाई राज्यबाट दमन भयो, धेरै सामान्य नगरिक नेपाली जनता मारिए, धेरै लडाइँ भयो अन्तर्राष्ट्रिय कुटनिति नियोग अन्यराष्ट्र अमेरिकाले माओवादिलाई आतङ्ककारीको सुचिमा राख्यो र द्वन्द्व पिडित देशको रुपमा हेर्ने अवस्था

