•  २०८३ बैशाख १
  • अभिषेक काेइराला

    अभिषेक काेइराला

    शान्ति प्रकृयामा सहभागी भएपछि माओवादीलाई छ्यापिएको हिलो राजनीति प्रतिसोध मात्र हो भन्ने कुरा नेपाली कम्युनिस्ट पार्टी एकताले प्रमाणित गर्छ । नेपाली कम्युनिस्ट पार्टी  हुनभन्दा अगाडिको इतिहासलाई एक पटक हेरौ २०५२ देखि २०८२ सम्मको प्रचण्डको रणनिति अरु भन्दा धेरै फरक थियो ।  सामान्य नागरिक हँुदादेखि नेतृत्वमा पुगिसकेपछि उहाँका कामले यसरी पुष्टि हुन्छ । १२ राजनिती दल एकै झन्डा मुनि गोलबद्ध गर्दै पार्टी समायोजन गरेपछि बनेको नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय रुपमा तरङ्ग अन्तर्राष्ट्रिय रुपा चर्चा भएको कुरा घाम जस्तै छर्लङ्ग देखिएको छ । एक डाइनामिक ब्यक्ति पुष्पकमल दाहाल प्रचण्ड सक्षम नेता जसले युद्ध देखि शान्ति प्रकृया, सत्ता देखि सडक राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा प्रचण्ड नेता मात्र होइन राजनीतिक क्षेत्रका माहानायक हुन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ । नेपाली कम्युनिस्ट पार्टी गठनहुनुभन्दा पहिलाको पार्टी माओवादी नाम २०५२ देखि २०६४ तिर कुनै बेला नाम उच्चारण हुने बितिकै शाषक र सामन्ती तरङगित हुन्थे भने  उत्पिडित वर्ग समुदाय दबिएका, हेपिएका अधिकारबाट बञ्चित भएकाहरु माओवादी काम र नाममा गर्व गर्थे । तत्कालिन नेपाल कम्युनिस्ट पार्टी माओबादीको घोषणा यसरी भयो, २०५२ फागुन १ गते तत्कालिन जनमोर्चा नेपाल नेता डा.बाबुराम भट्टराई, पुष्पकमल दाहाल(प्रचण्ड) मोहन बैद्य (किरण)लगायका नेताहरुले राष्ट्रिय परिस्थिति र आवाश्यकतालाई मध्य नजर गरेर सुरु गरेको सशस्त्र संघषको घोषणासँगै १० वर्ष भुमिगत सशस्त्र जनयुद्ध आफैमा इतिहास हो र मुल एजेण्डा राजतन्त्रको पूर्ण अन्त्य, न्याय सुशसान, लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरपेक्षता लगायतका विभिन्न मुद्दा लिएर भएको लामो १० वर्षे जनयुद्धको क्रममा राज्य पक्षबाट भएको दमनको को कारण हजारौं सहिद भए, हजारौं घाइते, हजारौं बेपत्ता पारिए । नेपाली नागरिकलाई राज्यबाट दमन भयो, धेरै सामान्य नगरिक नेपाली जनता मारिए, धेरै लडाइँ भयो अन्तर्राष्ट्रिय कुटनिति नियोग अन्यराष्ट्र अमेरिकाले माओवादिलाई आतङ्ककारीको सुचिमा राख्यो र द्वन्द्व पिडित देशको रुपमा हेर्ने अवस्था

    आयो । अन्तत नेपाली जनता जनमुक्ति सेना माओवादी नेता कार्यकर्ताको लामो संघर्षका त्याग, बलिदानका बाबजुद माओवादीले १२ बँुदे दिल्ली सम्झौता गरि माओवादी शान्ति प्रकियामा आयो । अन्तिम चरणमा फलस्वरूप माओवादीसहित अन्य बामपन्थि ८ दलको संयुक्त १९ दिने जनआन्दोन भयो र त्यस पश्चात् सामन्त, निरंकुस शाषक राजा ज्ञानेद्रले नेपाली जनता सामु घुडा टेक्न बाध्य भए र तत्कालीन राजा ज्ञानेन्द्र शाहले राजगद्दि छाडि शासनसत्ता जनताको हातमा सुम्पेको घोषणा गरेका थिए ।
    त्यसपछि अन्तरिम संविधान २०६३ जारी भयो । अन्तरिम संविधानले संविधान सभाको चुनाव गराउने मिति २०६४ चैत २८ घोषणा गर्यो २०६३ माघ १ गतेको अन्तरिम संविधान जारी भयो र संविधानका केही बुँदाहरुमा बिमति जनाउदै केही मधेसी दलहरु विभिन्न मागहरु आत्मनिर्णयको अधिकारसहितको संघियता, समानुपातिक, एक मधेश, एक प्रदेश स्वायतत्त अधिकार लगायत एजेण्डा अघि सार्दै मधेसवादी दलहरु आन्दोलित भए । मधेसवादी दलहरुसँग सरकारले विभिन्न चरणको वार्ता गरि समस्या समाधान खोज्यो भने यता राजतन्त्र पूर्ण अन्त्य नभइसकेकाले अन्य केही राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले लगायत केही पार्टीका नेता बेबी किङ्गका पक्षमा थिए । (राजा ज्ञानेन्द्रका नाति हृयेन्द्रलाई राजा मान्न केही नेता तयार भए पनि) यस बिषयमा राजा ज्ञानेन्द्रको असहमत देखियो विभिन्न बाधाका बाबजुद २०६४ चैत २८ मा संसदको निर्वाचन  सम्पन्न भयो । माओवादी जनवादी पार्टी भएकाले प्रत्यक्ष र समानुपातिक गरेर १२० सिट ल्याउन सफल भयो । माओवादी कै पहलमा गणतन्त्र, धर्मनिपेक्षता, समानुपातिक समावेशी, जातीय र लैंगिक विभेदको अन्त्य, मौलिक हकअधिकारको सुनिश्चिततालगायतको बिषयलाई संविधानमा सुनिश्चित गर्दै २०६४ चैत २८ निर्वाचनबाट निर्वाचित संसदको संविधान सभा बैठक २०६५ जेठ १५ गते सम्पन्न भयो र सो संविधानले मुलभुत एजेण्डा संविधानमा समेट्दै संविधान सभा सम्पन्न भयो र राजतन्त्रको पूर्ण अन्त्य भयो र लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यसको खुसियाली देशभर मनाइयो र लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादव गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्रीको रुपमा पुष्पकमल दहाल(प्रचण्ड) हुनुभयो । यहाँसम्म माओवादी साच्चै जनवादी देखियो, सँगै संविधानमा सुनिचित कतिपय कुराहरू कार्यान्वयनमा भने फितलो देखियो । यस्ता बिषयमा माओवादीको सक्रियतामा नेपाली जनताको त्याग, तपस्या हजारौं शहिदको बलिदान हजारौं घाइते र बेपत्ताको बलिदानले मात्र सम्बभ भएको हो । यी उपलब्धिलाई संरक्षण गर्नु हरेक नागरिक समाज नेपाली जनता बिभिन्न संघसंस्था कुटनैतिक नियोग संचार माध्यम संवैधानिक निकाय सबैको कर्तव्य थियो तर देखिएन । यो वेवास्ता परिवर्तनका दौडानमा नेपाली आमाका छोराछोरी महान् सहिद बेपत्ता परिवारको अवस्था घाइतेहरुको अवस्था अहिले पनि एकदमै दयनिय छ । उहाँहरुको बलिदानिले ल्याएको व्यवस्थामा अन्य नाता र नेता पहुँचवालाई केही सहजिकरण भएको देखियो तर कुनै पनि सामान्य भुइमान्छे नाता, नेता र पहुँच नभएका सहिद, बेपत्ता घाइते परिवारको अवस्था अहिले पनि उस्तै छ । यी सबै हुनुको कारण माओवादी अलिबढि अवसरवादी हुनाले हो । विभिन्न नाममा भएका परिवर्तनका बाबजुद २०६३ देखि २०८२ सम्म पटक–पटक गरेर १४ पल्ट गठबन्धन सरकार परिवर्तन भयो । धेरै जसो सरकारमा माओवादी सहभागी छ । झट्ट जनस्तरबाट हेर्दा जतिवटा सरकारहरु परिवर्तन भए पनि केही नेता दलाल बिचौलियाहरुको जीवनस्तर परिवर्तन भए पनि सामान्य नागिक द्वन्द्व पिडित, भुई मान्छेहरुको जनजिविकाकोस्तर उस्तै छ । साच्चै नै यो सान सता शक्तिसम्म पुग्नलाई माओवादी केन्द्रलाई सहिद बेपत्ता घाइते लाखौं लाख नेपाली जनता, दलित महिला, आदिवासी, किसान, मजदुर, आम नागरिकको साथ सयोग माओवादीलाई पुर्ण रुपमा थियोे । सबथोक हुँदाहुँदै  महान् सपूतहरुले दिएको आफ्नो अमुल्य जीवनको बलिदानलाई वेवास्ता गर्न माओवादी वा अरु कुनै पार्टी वा कसैलाई पनि छुट छैन ? यद्यपि नेपाली जनता र जेनजीहरुले साथ नदिएको भए यो परिवर्तनको सम्भावना थिएन । हजारौं शहिदले बलिदान दिएर यो ठाउँमा माओवादीलाई इतिहास रच्न सफल बनाएको हो । इतिहास साक्षी छ यो बलिदानिको रक्षा हुनुपर्छ ।
    माओवादी एकताको सुत्रमा रहेर १२ दलीय एकता भएको कुरा सत्य हो । अझै जनयुद्ध लडेका नेता र पार्टीमा निस्वार्थ भावनाले एकैठाउमा आफ्ना स्वार्थ, नातावाद, कृपावाद, सत्ता सम्पति शक्ति, सुविधा, लोभलालच, विदेशी दलाली लम्पसारवाद त्यागी राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा रहने कुरा नेपाली कम्युनिस्ट पार्टीहरुको मुलभुत कुरा हो ।
    विगतका केही कमजोरीलाई आत्मसमीक्षा गर्न जरुरी छ । आत्मसमिक्षा र जनभावना अनुसार नचले कारण पार्टीले निरन्तर पराजय भोग्नु परेको, पार्टी टुक्रा टुक्रामा विभाजन हुनु पुगेको, वैचारिक धरातल कमजोर हुदै गएकाले जनताले अरु पार्टी र माओवादी केन्द्र उस्तै हुन कि भन्ने दुविधालाई १२ दलीय एकताले कम गरेको छ  । विगतका उपलब्धिलाई संस्थागत गरी जनतालाई प्रत्याभुति दिलाउन नसक्नु अहिलेको आवश्यकता हो । विविध बिषयमा जनता रुष्ट भएका कारण २०८२ भदौ २३÷२४ को जेनजी आन्दोलनलाई नेपाली कम्युनिस्ट पार्टीले जेनजीका उचित माग पुरा गर्न सरकारलाई ध्यानाकर्षण गराएको थियोे भने आन्दोलनका आयोजक जेनजीहरुको लिडर मिराज ढुङ्गाना, रक्षा बमलगायतको आह्वानमा भएको आन्दोलन र जेनजीको नाममा विभिन्न घुसपैठ तत्वले मच्चाएको ताण्डवले माओवादी केन्द्रलाई पनि जेनजीहरुले तार्गेटमा पर्दा माओवादी अवसरवादी जस्तो देखियो । माओवादी नेताका घर पार्टी कार्यालय आगजनी तोडफोड भयो । माओवादी पार्टी जनवादी कि अवसरवादी भन्ने प्रश्न उठेको थियो । सतापक्ष चाहिँ भ्रष्टाचारीलाई गर्नु जनताले गलत कामको आलोचना गर्दा जनाताहरु प्रति सरकारले ब्वाँसा प्रविधि देखाउनु सञ्चार स्वतन्त्रता कुन्ठित गर्दै सामाजिक सञ्जालमा प्रतिबन्द लगाउने जस्ता बिषयका विरुद्ध खबरदारी स्वरुप जेनजीले विभिन्न माग अघि सार्दै सामाजिक सन्जालमा लगाएका प्रतिबन्ध हटाउनु पर्ने, भ्रष्टाचार अन्त्य जस्ता माग राखेर जेनजीले गरेको शान्तिपूर्ण आन्दोलनमा राज्य पक्ष तत्कालिन केपि ओलि सरकारले आन्दोलनलाई दबाउन गोलि हानि गरेको हत्या कारण २३ गते आन्दोलनरत  २२ जना जेनजीहरुको निधन भयो । यसको प्रतिकार स्वरुप २४ गते भएको आन्दोलन बाट ७६ जनाको मृत्यु भयो र एतिहासिक सिंहदबार, संसद भवन सरकारी कार्यालय, पुलिस अफिस, भवन, विजनेस महल, ब्यक्तिगत भवन लगायतका खरबौ राष्ट्रिय र ब्यक्तिगत सम्पति नष्ट भयो । यो ठुलो क्षति भयो र जेनजीको मागअनुसार केपि ओलिले राजिनामा दिए र सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बन्यो । अन्तरिम सरकारले संसद विघटन गर्यो । प्रचण्डले जेनजीको माग अनुसार राजिनामा दिएर संयोजक बन्नुभयो । जेनजीको अन्तरिम सरकारले २०८२ फागुनमा निर्वाचन गराउने निर्णय गर्यो । आखिरी यतिका लागि मात्र हो जेनजी आन्दोलन ? यति धेरै मानवीय र भौतिक क्षति भयो । यसमा कुनै शक्तिले धमिलो पानीमा माछा मार्दै त छैन, होसियार जेनजी मित्रहरु । ७६ जनाको बलिदान खेर जान नदेउ जेनजी र सुशिला कार्की सरकार यदि जनवादी नै हो भने जेनजीका माग यथासिघ्र समाधानको लागि पहल कदमी लिनुपर्छ । अहिलेको अन्तरिम सरकाले जेनजीहरु माथि धरपकड, शान्ति सुरक्षाको विषयमा फितलो देखिएको छ ! फागुन २१ को निर्वाचन हुने कुरामा ढुक्क हुन नसकिने अवस्थामा नेपाली कम्युनिस्ट पार्टी अन्य दलको साथ सहयोग गरी समयमा निर्वाचन गराइ देशलाई निकास दिनु जरुरी छ । अब टुटफुट होइन   राष्ट्रिय मुद्दामा एकतासँगै राष्ट्र निर्माण, स्वास्थ्य, शिक्षा, रोजगारी, गाँस, बास कपासमा पहल कदमी भुमिकामा सबै लाग्नुपर्ने देखिन्छ ।