छसस । जेनजीको विशुद्ध राष्ट्रवादी आन्दोलनमा ‘धमिलो पानमाी माछा मार्ने’हरुले मुलुकमा फोहरी खेल खेल्न थालेका छन् । ७६ नेपाली जवान सपुतहरुको बलिदान पश्चात एकै दिन भ्रष्ट सरकार ढले पनि बारबरा एडम फाउण्डेशन र एमसीसीका मतियारहरुले भारतीय इशारा बमोजिम मुलुकको तालाचाबी आफ्नो हातमा पारेका छन् ।
चुच्चे नक्साका अभियन्तालाई ठेगाना लगाउँदै भारतले आफ्नो बुखेचाहरुलाई नेपालको सत्तामा बिराजमान गराउन सफल भएको कुरो पूर्वप्रम झलनाथ खनाले समेत व्यक्त गरिसक्नु भएको छ ।
छिमेकी मुलुक भारतले कालापानी, लिपुलेकलगायत ९८ प्रतिशत सीमा नाप नक्सा भैसकेको अवस्थामा सुस्तादेखि कालापानीसम्मको विवाद बेलाकुबेला बल्झाइदिने गरेको छ । जुन विवाद प्रायोजित हो जस्तै गरेर । तर वास्तविकता त भारत नेपाललाई मित्रताको नाममा बलात्कार गरिरहेको छ । ठूलो भएको दम्भको आधारमा सामन्ती कुसंस्कारबाट बसिभूत भएर नेपालको राष्ट्रियतामाथि निरन्तर बलात्कार गरिरहेको छ । आफु ब्रिटिशको दास भएको कलंक पटक पटक नेपाललाई थोपार्ने प्रयास गरिरहेको छ । जो साह्रै आना गलत हो र भारतीय शासकीय मानसिकता २१औं शताब्दीअनुकूल नहुनुको प्रमाण हो । यस प्रकारको चिरहरण गर्ने कार्य भारतीय संस्कृति आजको होइन रामायण र महाभारतीय कालमानै विकास भैसकेको हो । त्यसै क्रममा आज पनि भारतीय नेतृत्वले आफ्नो साना, अनि कमजोर छिमेकी राष्ट्रहरुमा व्यापार, संस्कृति, धर्म, राजनीति र भाषाको दासत्व लाद्ने, सीमा मिच्ने कार्य गरिरहेको छ । समानताको दृष्टिले छिमेकी साना मित्रराष्ट्रहरुसँग भारतले सम्बन्ध विकास गर्न सकिरहेको छैन र यसैलाई आधार मानेर दक्षिण एसियामा वैज्ञानिक सम्बन्धलाई विकास गर्न पनि सकेको छैन । जो छिमेकी साना राष्ट्रहरुलाई भन्दा पनि भारतकै लागि सबैभन्दा घातक हुनेछ ।
२१औं शताब्दी ज्ञान, सूचना र अवसरहरुको साझेदारी युग हो र स्वअस्तित्वको पनि हिमायती हो भन्ने तथ्यलाई दासत्वले थिचिएको भारतीय नेतृत्वले बुझ्नु पर्छ र नेपाली नेतृत्वले पनि आफ्नो आवश्यकताको वकालत गर्न सक्नुपर्छ । आफ्नो तर्फबाट कुनै दावी गर्न नसक्नु, नेतृत्वले के चाहेको हुन्छ, त्यो दोस्रो पक्षले बुझ्न सक्दैन ।
भारतीय नेतृत्वले २१औं शताब्दीको सोच र मान्यता अनुरुप आफुलाई परिमार्जन गरेर छिमेकी ससाना देशहरुसँग विशुद्ध मित्रताको हात फैलाउने र मानवताको आधारमा सम्बन्धलाई अगाडि बढाउने हो भने यस क्षेत्रको प्राकृतिक एवम् मानवीय स्रोतको एकलौटी उपभोक्ता हुने कुरामा शंका गर्नुपर्दैन तर २१औं शतब्दीको सचेत मानिस आफु बाहेक अन्य कसैको पनि शासक रुची मान्दैन । बरु भोकै बस्न तयार होला, अस्तित्व गुमाएर पेट भर्न चाहदैन । यो तथ्यलाई भारतले अन्तरमनबाट नै मनन गरेर छिमेकी देशहरुको प्रतिष्ठा वृद्धिका लागि प्याकेज सहित सार्वजनिक हुन आवश्यक छ । आजको पुस्ता आश्वासन होइन, परिणाममा सहयोग र विकास खोजिरहेको छ । त्यसैले भारतले दिने र लिने कुराहरुको किटान गरी छिमेकी देशहरुसँग मित्रताको हात फैलाउनुपर्छ । व्यवस्थापन विकासले मात्र २१औं शताब्दीको पुस्ता नेतृत्व गर्न सकिन्छ भन्ने मान्यताको साथ काम गर्नुपर्छ । अब ती दिनहरु गए । धेरै भैसी पाल्ने, धेरै जमिन कब्जा गर्ने र धेरै सन्तान र पत्नी राख्ने मान्छे महान् भन्ने । अबको पुस्ता भनेको शुद्धता, विश्वसनीयता, व्यवस्थापकीय, स्तरीयता र विकासको वकालत गर्न रुचाउने हुन्छ । तर क्षेत्रीय शक्तिको दाबी गरी वकालत गरेर नथाक्ने भारतीय नेतृत्व भने १६औं शताब्दीबाट माथि उठ्न सकेको छैन । थिचोमिचोलाई नै आफ्नो शक्ति मापन ठानेर छिमेकीहरुको आन्तरिक राजनीतिमा समेत बाह्य हिंसालाई घुसाएर अपराध पूर्ण खेल खेलिरहेको छ । यसको दुष्परिणाम एक दिन उले भोग्नुपर्नेछ ।
वर्तमान सन्दर्भकै कुरा गर्ने हो भने पनि अन्य क्षेत्रमाझै भारतले लिपुलेक र कालापानी क्षेत्रमा सुगौली सन्धीलाई धोति लगाउँदै, ऐतिहासिक प्रमाणलाई मिच्दै २०१८ सालदेखि नै सुरक्षाकर्मी राखेर नेपाली भूमि कब्जा गर्दै आइरहेको छ । जसमा नेपाल सरकारले वेवास्ता गर्दै आएपछि अहिलेको यो प्रकरणले मूर्त रुप लिएको हो । महत्वपूर्ण सामरिक महत्व बोकेको यो भूमिलाई भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा राखेपछि, सो जमिन फिर्ता गर्ने भारतीय मनस्थिति रहेको देखिन्न । उक्त क्षेत्रमा हाल नेपालीलाई भारतीय सुरक्षाकर्मीले पस्नै नदिएको स्थानीयले बताएका छन् । जबकी विगतमा राजनैतिक दलका विद्यार्थी संगठनहरुले अतिक्रमित सीमा क्षेत्रको स्थलगत अध्ययन भ्रमण गरी सीमा क्षेत्रमा सुरक्षा बढाउन आवश्यकता देखेर सरकारलाई सुरक्षा फौज राख्न समेत सुझाव दिइसकेको यहाँ स्मरणीय छ । पछिल्लो पटक ओली सरकारको नियत राष्ट्रवादी देखिनासाथ भारतले धमिलो पानीमा माछा मार्ने काम ग¥यो ।

