स्नेही बहिनी शान्ति !
पत्र शान्तिकुमारी राईलाई
– डिक बान्तावा
बैसाख १० गते होटल भादगाँउमा भएको एउटा विवाह कार्यक्रममा हाम्रो भेट भयो । समयको लामो अन्तरालपछिको भेटमा खुशी लाग्यो । झनै खुशी त २०८० सालमा प्रकाशित तिम्रो संस्करणात्मक पुस्तक संघर्षका पानाहरू उपहार स्वरूप मेरो हातमा थमाई दिँदा लाग्यो । त्यो रात पुस्तक पढने औकातमा थिइन म । विहेले साधरण छोएको थियो, निदाएँ ।
बिहान पुस्तक हातमा लिएँ । पानाहरू क्रमशः पल्टदै गए । तिम्रा संघर्षका फालीले यो कोमल छातीको गहिराई उधिन्दै लान थाल्यो । सहानुभूतिका पर्खालहरू अग्लिदै गए । जब अध्याय ५ को पेज नं.१३० उपशीर्षक काठमाडौंमा साकेला शुरुवात भन्ने खुड्किलोमा पुगेँ, अगाडि चुलिंदै गरेका पर्खालहरू अचानक ढले, गर्लाम्मै । काठमाडौंमा साकेवाको बारेमा उधुम मच्चाएर लेखिछ्यौ । सोचें, त्यति ज्ञान रैनरै’छ, तिमीलाई आफैँले लेखेको बिषयमा । बिना ज्ञान दौडियौ भने नि तिमी मरूभूमिमा तिर्खाएको मृगजस्तै छट्पटाउने छौ । त्यसैले काठमाडौंमा साकेवाको शुरुवात सम्बन्धमा यथार्थ कुराको कैरन तिम्रो लागि राख्दैछु । यसले तिमीमा सत्यबोध उजागार गर्न सहयोग मिल्ने नै छ ।
२०३८ साल, पहिलो महिनाको आधाउधी बितेको थियो । गोपाल छाङ्छालाई मैले भने- “गोपालजी ! साकेवा आउँदैछ । साकेवा मान्न गाउँ जाने भाइबहिनीहरूको लर्को लाग्छ बरु यहाँ ( काठमाडौं) मा नै नचाउँ ।” उहाँले भन्नुभयो- “हुन त हो, तर अञ्चलाधीशले स्वीकृति दिन्छ के ?” पञ्चायती व्यवस्था थियो । जे काम गर्दा पनि सरकारको स्वीकृति चाहिन्थ्यो । त्यस समय मकरबहादुर बान्तावा अञ्चलाधीश हुनुहुन्थ्यो । रत्नपार्क पुलको उत्तरपट्टि रानी पोखरीको डील नजिक ( अहिलेको प्रहरी कार्यालय भएको स्थानमा ) अञ्चलाधीश कार्यालय थियो । पहाडी पारामा बनाईएको पराले घर चिटीक्क परेको देखिन्थ्यो । गोपाल छाङ्छा र म गइ अञ्चलाधीशसँग कुरा राख्यौँ । अञ्चलाधीश हामी दुवैको नाता पर्ने हुनाले हुन्छ तर भैझगडा नगर्नू भन्ने मौखिक स्वीकृति पायौँ ।
उत्साहित हामीले गोपाल छाङ्छाकै संयोजकत्वमा ५ जनाको एउटा समिति बनायौँ । किन कि गोपाल छाङ्छा बागबजारको पुरानिया र चिरपरिचित व्यक्तित्व हुनुहुन्थ्यो । त्यो साकेवा समितिमा एकजना सदस्य तिमी पनि थियौं हैन र बहिनी ? समिति गठनपछि कोही चन्दा संकलन गर्ने, कोही प्रचारप्रसारमा, अनि कोही व्यवस्थापनमा लाग्ने काम भयो । मिलन राई र मेरो जिम्मामा ढोलभ्याम्टाको जोहो गर्नुपर्ने थियो । छालाजुत्ता कारखाना बाँसबारीमा गएर रू.२०/- मा छाला ल्यायौँ । एउटा ढोल मोर्न पुग्ने छाला ठूलै र सस्तै पनि पाएर हामी मक्ख पर्दै आयौँ । अर्थात गाईको समिति गठन गरेका थियौँ । बिना संगठन त्यो कार्यक्रम सम्पन्न हुन असम्भव थियो । तर्पाईंको श्रीमती शान्तिकुमारी राई पनि त्यो समितिको एक सदस्य हुनुहुन्थ्यो । सो कार्यक्रमलाई रेडियो नेपालले बेलुकी ७ बजेको समाचारमा गोपाल छाङ्छाको सभापतित्वमा साकेवा सम्पन्न भएको समाचार प्रसारण गरेको थियो । तपाईंको सातपुस्ता भाकेर किरिया खान सक्नुहुन्छ, त्यो कार्यक्रम मेरै भिजन र नेतृत्वमा भएको थियो भनेर ?
(३) साकेवा कार्यक्रम २०३८ साल जेठ १० गते शनिवार गरिएको थिएन । २०३८ साल जेठ ५ गते सोमवार गरिएको थियो । शुक्ल पूर्णिमा अर्थात चण्डी पूर्णेको दिन । तत्कालिन श्री ५ को सरकारले पनि त्यो दिन सार्वजनिक विदा दिने चलन थियो । जेठ १० गते पञ्चमी तिथि पर्छ । सायद दम्पतिद्वयले अन्त कतै साकेवाको आयोजना गरेको थियो कि ? थियो भने रिट्ठा नबिसाई कैरन ल्याउनु पर्यो, मैलेजस्तै । ह्याउ छ, दम्पतीद्वयको ?
(४) बान्तावामा २ प्रकारले साकेवा गीतको थेगो राखिन्छ, जस्तै- “सोइ ढोले सोइ” र अर्को “ स्यामुना । ” भोजपुर जिल्लाको दक्षिण हतुवा क्षेत्रमा गाइने गीतको मान हो यो स्यामुना । तर, टंकबहादुर राईको भिजन र गीत पनि उनैबाट बनाइएको थियो भनेर लेखिछौ । वास्तवमा भन्ने हो भने गीतमा पनि तिमीलाई मैले चिलीम नै ठहराएँ । यही हो ढाँटेकुरा काटे. मिल्दैन भनेको । त्यहाँ भोजपुरको उत्तरी भेगमा गाइने गीत गाइएको थियो । गायक गायिका थिए – हरिनारायण राई, लक्ष्मी राई र भगवती राई । गीतको शब्दहरू मैले नै त्यही समयमा बटुलबाटुल गरेको थिएँ । जुन सिली गर्दै इन्द्र कुमार चोटेली, इन्द्र किरात, मिलन राई, हरिनारायण राई, टिकाराम राई ( बैरागी), खडग राई, भीमराज राई लगायतका ठिटाहरूको साथमा बीचमा गाडिएको झाँगिलो सेउलाको
फन्को लगाउन थालियो । लोभलाग्दो ताँतीमा मिनिष्कट लगाएकी आशा राई ताँतीमा हार मिलाउन पसिन् । मन च्युँ – च्युँ हुँदै रमिता हेर्ने नाचाहरीहरूको रहरे ढोका उनैले उघारी दिइन् । त्यसपछि त नाच्नेहरूको ओइरो लाग्यो । एन. बि राई, शारदा राई, पद्मा राई, श्रीमती भीमराज (नाम भूलेछु ) आदि थिए
लस्करको फन्कोमा थपिने नाचहारीहरू । खोइ तिमीलाई त मैले देखिन नाचेको । ढोल, झ्याम्टा र गीतको गर्जनले पहिलोपल्ट चारभञ्याङभित्रको तीन शहरलाई थर्काएको थियो सोइ ढोले सोइ, अर्को ढोले खोइ ? शान्ति नानी ! त्यही थियो- माझकिरातको विरासत काठमाडौँमा रोपेको ऐतिहासिक दिन । अर्थात भनौ – २०३८ साल जेष्ठ ५ गते, सोमवार ।
माथि उल्लेख गरिएको पन्ना नं. र उपशीर्षकमा तिमीले त यस्तो पो लेखिछ्यौ २०३७ सालदेखि नै टंकले दशैं बहिष्कारको अभियान खोटाङ र उदयपुरमा चलाए । दशैं बहिष्कार गरेपछि त्यसको विकल्पमा आफ्नै मौलिक चाड साकेलालाई शहरसम्म पुऱ्याउनको लागि २०३८ साल जेठ १० गते शनिवार शंकरदेव क्याम्पसको प्राङ्गणमा पहिलो पटक साकेला नचाइयो । यसको तयारीको लागि वागबजारमा डेरागरी बस्ने भीमराज राई, खडग राई, मिलन राई, एन. बि. राई, भगवती राई, लक्ष्मी राई लगायतको टीम बनाई बेलुका – बेलुका पद्मोदय हाई स्कूल पुतलीसडकको कुनामा एउटा कोठामा साकेला शिलीको रिहर्सल गराइयो । यसको भीजन टंकबहादुर राईद्वारा आएको र साकेला गीत “बुङद्वैमाको घाँसै खायो हा, हाई माले बहरैले स्यामुना, वर्ष दिनको हाम्रौ चाड हा, हाई ! मानै रहरैले स्यामुना ।” भन्ने गीत पनि उनैद्वारा बनाइएको थियो । यसको चाँजोपाँजो (नृत्य व्यवस्थापन (कार्य) को भूमिका साकुराद्वारा गरिएको थियो ।
बहिनी शान्ति ! यति पढिसकेपछि अगाडिका अक्षरहरू छिचोल्ने जाँगर चलेन, मेरो । तिमीले प्राप्त गरेकी योग्यताका प्रमाण-पत्रहरू, पद र मानसम्मानको इज्जतसम्म धान्न नसकेकीमा दुःख लाग्यो । भुइँको टिप्दा पोल्टोको समेत पोखेउ – पोखेउ, तिमो हावादारी गफको भ्रममा परेर तिम्रो लोग्ने टंकबहादुर राईले पनि चन्द्रकुमार हतुवालीद्वारा लिखित पुस्तक साकेन्वामा भन्नु भएछ- “पञ्चायती व्यवस्थाले जाति, भाषामाथि दमन गरेकोले त्यसको विरुद्धमा पारुहाङ समूह सक्रियरुपमा लागि रहेको थियो । यसलाई व्यवहारमा लागू गर्न वि.सं. २०३६ साल शुरु गयो । त्यसै सन्दर्भमा तिमीले नाम लिएकी छयौ नि पद्मोदय हाई स्कूलको अभ्यासमा भगवती राई र लक्ष्मी राई टीममा सहभागी थिए भनेर, यो सोह्रै आना झूट हो । विचराहरू दुवैलाई साकेवा भनेको के हो ? कसरी नाचिन्छ ? अनि कहिले नाचिन्छ भन्ने कुराको समेत हेक्का नभएको मान्छेलाई अभ्यासमा सहभागी गराएको देख्दा त कानूनका ज्ञाताहरू कालोलाई सेतो र सेतोलाई कालो बनाउन माहिर हुन्छन् भन्ने कुरा प्रमाणित गरेरै देखाइ दिएजस्तो लाग्यो । ५ गतेको नृत्यमा पनि करले गएका थिए । कि अरू नै थिए भगवती राई र लक्ष्मी राई ?
(५) हामीले बान्तावा सिली गरेका थियौँ । यदि टंकबहादुर राईले स्थापित गर्नु भएको भए ब्यानरमा साकेला लेख्नु हुन्थ्यो । किनभने अरुको भाषा उठेको, आफूभन्दा अन्य व्यक्ति सक्षम भएको देख्न सक्ने गुण टंकबहादुर राईसँग छैन । मै हुँ जान्ने, मैले भनेको हुनैपर्छ, यो दुनियाँको सर्वेसर्वा मै हुँ भन्ने मान्छेले बान्तावा भाषामा लेखिएको साकेवा लेख्न मान्ने कुरा सत्य हुन्छ ? ब्यानरमा स्पष्ट देख्न सकिन्छ “शाकेवा शिली ।” ब्यानर लेखाउँन त हामीसँग तिमी पनि गएकी थियौ, नारद हाताम्छालीको आर्ट पसलमा । रोमनलिपिमा सिलीको अन्तिम अक्षर तिमीले एल आइ भन्दा मैले एल, डब्बल इ लेख्नु भनेपछि त्यही सदर भएर लेखेको हैन ?
(६) पद्मोदय हाई स्कुलमा मैले नै सबै चाँजोपाँजो र अभ्यासको व्यवस्थापन मिलाएको थिएँ भनेर । सबै-सबैलाई उल्लु बनाउने गुल्वे प्रयास गरेकी रहिछ्यौ हैन ? तिम्रो झेली कुराले मलाई त हँसाउनुसम्म हँसाई सक्यौ, प्रत्यक्षदर्शी सहभागीहरूसँग थुकी माग्ने काम नगर, बहिनी |
शान्ति नानी ! हातमा कलम र काइते दिमागले जे पनि गर्न सक्छ र लेख्न सक्छ । मैले तिम्रो पुस्तकमा लेखिएको सम्पूर्ण अध्याय र टंकबहादुर राईको गद्दारी भनाइ यही पत्रबाट खारेज गर्दै केही तस्बीरहरू पेश गरेको छु । दूधको दूध पानीको पानी छुट्टाउने जिम्मा पाठकवर्गलाई जिम्मा दिएँ ।
अन्त्यमा २०३८ सालको साकेवा सिलीमा अमूल्य सहयोग गर्नु हुने भैरव राई, यादे भाइ, टिकाराम राई (बैरागी) र खगेन्द्र जबेगुको निधनमा दुःख व्यक्त गर्दै श्रध्दाञ्जली दिन चाहें –
हार्दिक हार्दिक श्रध्दाञ्जली ।

