•  २०८३ श्रावण १४
  • छहरा साप्ताहिक आजको दिनदेखि ४९ वर्ष पुरा भई ५० वर्षमा हिड्न थालेको छ । यस्तो अवसरमा सर्वप्रथम छहरा प्रकाशन परिवार समस्त शुभेच्छुकहरुमा हार्दिक आभार व्यक्त गर्दछ सदाझै माया पाउने पूर्ण आशाका साथ ।
    नेपाली पत्रकारिता जगतमा विगत ४९ वर्षयतादेखि ‘धर्मनिरपेक्षता, जातीय सद्भाव र पूर्ण समानुपातिक प्रतिनिधित्वका लागि’ भन्ने मूल नारा र उद्देश्यका साथ निरन्तर रुपमा निर्भिक, निष्पक्ष तथा यथार्थपरक समाचार, विचार, विश्लेषण सम्प्रेषण गर्दै आइरहेका छौं । यस प्रकाशनले देशको भौगोलिक विसमताका अलावा, विद्यमान र जातीय, लिंगीय, सांस्कृतिक, सामाजिक, आर्थिक असमानताका यथार्थतालाई प्रष्ट रुपबाट नेपाली समाजमा सूसूचित गराउदै आएको जगजाहेरै छ । यसका अतिरिक्त मुलुकको चौतर्फी विकास कार्यमा योगदान पुर्याउन सर्वप्रथम जनता जनार्दनहरुमा जनचेतना, जागरण गराउन अपरिहार्य भएबाट सोही कुरोलाई शिरोधार्य गर्दै मुलुकमा आदिवासी, मूलवासी, भूमिपुत्र, दलित, उत्पीडित, सीमान्तकृत समुदाय, मधेसी, महिला समुदायको उत्थान र प्रगति अनि हक, अधिकारका सवालमा राज्यले गम्भीरताका साथ लिदै सक्रियता देखाउनुपर्ने सत्यतथ्यमा छहरा प्रकाशन आफ्नो प्रकाशनको आरम्भदेखि आजको मितिसम्मनै संघर्षरत रह“दै आएको सर्वविदितै छ । यही अठोटका साथ यो प्रकाशन प्रकाशित भइरहेको हो र भविष्यसम्म पनि यही सवाललाई आत्मसात गर्दै प्रकाशित भइनै रहने कुरामा छहराका शुभेच्छुकहरुलाई विश्वास दिलाउन चाहान्छ ।
    छहराको यो अठोटबाट यो प्रकाशन कहिल्यै विचलित हुनेछैन । यसलाई कसैले रोकेर रोक्न र छेकेर छेक्न सक्दैन । जसको प्रमाण निरंकुश पञ्चायतकालिन कार्यकालमा र त्यसपछिका बाहुनवादी पृष्ठपोषकहरुको दमनचक्र विरुद्ध छहराको संघर्षको इतिहास सा“क्षी छ, खोजि गरे छर्लङ्ग हुनेनै छ । जुनबेला छहरा प्रकाशनलाई केही अतिवादी धर्मावलम्वी तथा संकीर्ण जातिवादी(साम्प्रदायिक तत्व)हरुले जलाइदिने, च्यातिदिने मात्र होइन प्रकाशननै बन्द गराउने देखि लिएर प्रेस काउन्सिलको मूल्यांकनमा समेत नपार्न टुपी कसेर लागेका थिए । जसको प्रमाण छहरास“ग सुरक्षित छ । तर सत्य र बास्तविकताको अगाडि कसैको केही लागेन । जो छहरा साप्ताहिकले देशका बहुसंख्यक नेपाली जनताप्रति देखाएको हार्दिकता, प्रतिबद्धता र निरन्तरताको परिणति नै हो । यसबारे धेरै बखान गरिरहनु आवश्यक नहोला । छहरा प्रकाशन केवल मुलुकमा विद्यमान विसंगति, असमान व्यवहार, अन्याय, अत्याचार, छुवाछुत तथा उचनिच जस्ता जातीय विभेद र सामाजिक करिति लगायतको असामाजिक चरित्र र विभेदको विरुद्ध विशुद्ध तवरले कलम चलाउदै आएको कुरो दोहो¥याईरहनु नपर्ला । यी विचार, अवधारणा छहरा प्रकाशनको प्रारम्भदेखिनै लिएको अठोट हो, प्रतिबद्धता हो । यो सदैव अजर रहने छ । यो पनि छहरा साप्ताहिकको आफ्ना पाठक वर्गको न्यानो स्नेह र मायाको शक्तिको उपज हो । अजय शक्तिको शंखनाद हो । जसलाई कुनै पनि माइकालालहरुले तर्साउन, भगाउन, बन्द गर्न र हप्काएर गलहत्याउन सकेन । यो नै छहरा साप्ताहिकको वास्तविक विशेषता हो ।
    नेपालको इतिहासले समेत आदिवासी, भूमिपुत्रको सवालमा भ्रम फैलाएको अवस्था छ, यही सवाललाई मध्यनजर गर्दै प्रकाण्ड विद्वान डा.प्रपन्नाचार्यले छहराकै एक अंकमा लेख्नुभएको छ–‘नेपालका इतिहासकारहरुले किरातीहरु मंगोलियाबाट आएका हुन् भन्ने कुरा जोड दिदै लेखेका छन् । यस्ता लेख लेख्नेहरु, धेरै जस्तो इतिहास देख्ने अधिकारी पनि छैनन् । किनभने ऋग्वेदी ग्रन्थहरुका अध्ययन नगरीकन केवल मैक्समूल र राहुल, केपी जयसवाल आदिको हिन्दुपोलिटिको आधारमा उनीहरु दगुरेको देखिन्छ । यस्ता भ्रामक इतिहास लेखेर समाजको सबैलाई भ्रममा पारेका छन् । विशेष गरेर किरातीहरुमा जो युवावर्गहरु छन् । उनीहरुमाथि साथै उल्टो असल पर्न गएको देखिन्छ । जुन नवयुवकहरुले र कतिपय अधकल्चा लेखकहरुले खुलस्त पाराले हामी मंगोलियन हौ भनेर भन्न र कोर्न थालेको देखिन्छ । उपयुक्त ठूला इतिहासकारहरूले किरातीहरुलाई मंगोलियाबाट आए भनेर लेखे । यो त राजनैतिक बुद्धि र दाउपेचले मात्र लेखेको हो, इतिहास लेख्ने दिमागले होइन ।’
    यसरी आदिमकालदेखि नै बसोबास गर्दै आएका यहा“का विविध मूलवासीहरुका सवालमा भ्रमको खेति गरिदै आएको यथार्थ हो । नेपालको इतिहासमा शासकवर्गले यी रैथाने मूलवासी समुदायहरुमाथि शोषण, दमन, अन्याय, अत्याचार, व्यभिचार र थिचोमिचो गर्नु बाहेक अन्य केही पाउन सकिन्न । तर इतिहासमा अंकित शासकवर्गहरुले आफ्नो स्वार्थ सिद्ध र लाभको खातिर यहा“का विविध जातिहरुलाई दुश्मनस“ग युद्ध गराउने काममा प्रयोग गराउदै आए । जसलाई निरन्तरता दिइरहेकै छन् ।
    मुलुकका विविध जातिहरुले समानुपातिक रुपबाट मौलाउने फस्टाउने अवसर पाउनु पर्ने जस्ता सवालहरुबारे छहराले सुरुदेखि नै जोडदार रुपबाट कलम चलाउ“दै आएको छ । तर आदिवासी, उत्पीडित समुदायहरु वर्तमान गणतान्त्रिककालमा समेत पंचायती हत्कण्डामानै बा“चेझै बा“चिरहेका छौं । यही कारण छहरा साप्ताहिक गणतान्त्रिक कालमा पनि आदिवासी, दलित, उत्पीडित समुदायको नैसर्गिक हक, हित र अधिकारको सवालमा संघर्षरत रहनुपरेको हो । यसरी जातीय मुक्ति र उत्थानको निम्ति लागि परेको छहरा साप्ताहिक यो महिना देखि ४९ वर्ष पुरा गरी ५० वर्षमा प्रवेश गरेको कुरा छहराका पाठकहरुलाई अवगत गराउन पाउ“दा छहरा परिवार गौरावान्वित भएको छ । विगतका वर्षहरु यस प्रकाशनका निमित्त अत्यन्त कष्टकर रह्यो । जातीय मुक्तिको उद्घोष गर्ने पवित्र उद्देश्य बोकेर बन्दुकको दमनकारी नीतिलाई कलमले चुनौती दिन छहरा प्रकाशनले प्रजातन्त्रको छेलोखेलो कुरेने । पञ्चायती निरंकुशताका जर्जर दिनहरुमा छहराले आदिवासी, दलित, उत्पीडित समुदायको आवाज बुलन्द पार्दा जेल, नेलको यातना समेत भोग्नुपर्यो । वाक तथा प्रकाशन स्वतन्त्रता ऐन अन्र्तगत तत्कालिन प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठको कार्यकालमा यस प्रकाशनका सम्पादकले जेलको यातना भोग्नु परेको कुरो बारे आम पाठक अनिभिज्ञ छैनन् । यसरी छहरा प्रकाशन विरुद्ध अनेक कोणबाट चालिएका षड्यन्त्रहरुलाई चिर्दै यसले ४९ वर्ष व्यतित गरेको छ । बीच बीचमा छहरा माथि राज्यस्तरमै साम्प्रदायिकताको आरोप प्रत्यारोप लगाउने घृणित प्रयास पनि भोग्नु पर्यो । छहरालाई साम्प्रदायिक आरोप लगाएर शोषित, पीडित, नेपालीहरुको अधिकारलाई कुण्ठित पार्ने प्रयासमा षड्यन्त्रकारीरु हद भन्दा पनि तल ओर्ले । तर पनि छहरा विचलित भएन । आम आदिवासी भूमिपुत्रहरुका नशानशाका रगतको साहाराले छहरा आफु विरुद्ध षड्यन्त्र गर्ने षड्यन्त्रकारीहरुस“ग प्रतिकार गरिनै रह्यो, यद्यपि भोक र अभाव छहराको निम्ति अर्काे चुनौती थियो । अन्ततः समयले यो सावित गरि छाड्यो एक थरीका मानिसहरुले लगाएका आरोप झैं छहरा साम्प्रदायिक थिएन, छहराले साम्प्रदायिकताको कहिल्यै पक्षपोषण गरेन । बरु छहरालाई साम्प्रदायिक भन्नेहरु स्वयंनै साम्प्रदायिक थिए र हुन् । त्यसैले साम्प्रदायिकता विरुद्ध आदिवासी, भूमिपुत्र, मधेसी, दलित, उत्पीडित समुदाय गोलबद्ध हुुनु परेको छ । माओवादी जनयुद्धले छहराले उठाउ“दै आएको मुद्दालाई आत्मसात गर्दै गणतन्त्र बहाली गरेको यहा“ स्मरणीय छ । आम आदिवासी भूमिपुत्र, दलित, उत्पीडित समुदायको सवालमा समर्पित यस छहरा साप्ताहिक ४९ वर्ष पुरा गरी ५० वर्षमा प्रवेश गरेको सुखद अवसरमा जसरी विज्ञ पाठकहरुको न्यानो माया, स्नेह, सहानुभूतिबाटै ४९ वर्षको संघर्षमय जीवन बिताउने प्रेरणा मिल्यो, त्यसैगरी आउने दिनहरुमा पनि निरन्तरता पाउने अपेक्षा गर्दै छहरा परिवार वर्तमान संविधान संशोधन कार्यदललाई “आदिवासी भूमिपुत्र लगायत अन्य दलित, सीमान्तकृत र मधेशी, महिला लगायतलाई विगतका सरकारले झै केवल शोकेशमा थन्काउने काम मात्र नगरोस्, आम नेपालीलाई सम्बोधन गरिएको संविधान निर्माण गरोस्, छहरा प्रकाशनको यही कामना ।