•  २०८३ बैशाख १
  • अभिषेक श्नेष्ठ

    नेपाली ईतिहासलाई फर्केर हेर्दा बिगत लामो समयदेखि भएको राजनीतिक परिवर्तन राणा विरोधि क्रान्ति नेपाली कांग्रेसको नेत्वमा राजा त्रिभुवनको साथ, भारतको सयोगमा राणा शासन विरोधी आन्दोलन २००३ मा सुरु भइ २००७ मा सफल मनिएको राणाशासन बिरुद्ध भएको क्रान्तिको नेतृत्व नेपाली कांग्रेस पार्टीले गरेको थियो । सो आन्दोलनमा विभिन्न नेताले नेतृत्वदायी भुमिकामा नेता मातृका कोइराला, बिपि कोइराला गनेशमान सिंह, सुवर्ण शमसेर लगायत नेताले गरेका थिए । सद्भावदेवी नेपाली कांग्रेस बिच एकता भएको थियो भने यो क्रान्ति भारतमा रहेर नेपाली कांग्रेसका नेताहरुले तय गरेका थिए र राजा त्रिभुवनले राणा बिरोधि आन्दोलनलाई सहमति जनाउनुभएको थियो । त्यसै क्रममा राजा त्रिभुवन दरबार छाडेर भारतीय दुताबासको सहारामा सबै  परिवार सहित भारत पुगेका राजा त्रिभुवनलाई भारत नयाँदिल्लीमा भब्य स्वागत गरेका थिए । नेपाली जनताले राजा त्रिभुवनलाई देवता मान्थे र राजालाई साथ लिदा जनताको पुर्णसाथ हुने भएकाले राणा बिरोधि क्रान्ति गर्न नेपाली कांग्रेसलाई धेरै सहज हुने भएकाले केही नेताले राजाबाट क्रान्ति गर्न साथ लिनको लागि पहल गरेका थिए र कांग्रेसका नेताहरुले पनि भारतको शरणमा रहेर लडाइँको तिब्रतयारी गरिरहेका थिए । त्यतिबेला राजा त्रिभुवनको सकृयताले झनै उनिहरुलाई उत्साह मिलेको थियोे । राणाशासनलाई परास्त गर्न भारतमा मुक्तिसेना सशक्त रुप तयारी अबस्थामा थियो । राणाका सेनासँग मुक्ति सेनाले पहिलो चरणमा लडाइँ नेपाल र भारत  सिमावर्ति क्षेत्र वीरगञ्ज, बिराटनगर, भैरहवालगायत ठाउँबाट गरेका थिए । विभिन्न सरकारी कार्यालय पुलिस, सेनाका ब्यारेक कब्जा गरे सशक्त लडाइँ र जनस्तरबाट गहिरो दबाबले अन्तत राणाशासनको अत्य गर्न र प्रजातन्त्रको स्थापना गर्न नेपाली कांग्रेस, राजा र भारतको संयोगमा सफल भयो । सँगै विभिन्न प्रजातान्त्रिक व्यवस्थाको बाबजुद राजा महेन्द्र ले २०१७ पौष २७ गते बहुदलीय व्यवस्था खारेज गरिदिए । सबै नेपाली पञ्च, सबै पञ्च नेपाली भन्ने नारा राजा महेन्द्रले लागू गरे । २०२४ मा गाउँ फर्क अभियान सुरुभयो । २०३० असार २५मा सिंहदरबारमा आगजनि भयो । केही महत्वपूर्ण कागजात जलेर नष्ट भयो । राजा त्यतिकै चुप बसेनन् केही समयपछि राजाहरुले पनि आफ्नो निरंकुशता झन् बढी रुपमा देखाउन थाले र राजनीतिक दललाई प्रतिबन्द लगाउने आन्दोलनको क्रममा सिंहदबार जलाउने सत्याग्रह देखि जनमतसंग्रहसम्म बिभिन्न घटनाक्रम विभिन्न विरोध प्रदर्शन भयो । त्यसपछि यसको बिरुद्ध  २०४६को झापा बिद्रोह भयो । विभिन्न राजनीतिक दल, तत्कालिन नेकपा मालेलगायतको बिरोध प्रदर्शनपछि २०४६ चैत २६ मा राजा महेन्द्र र राजनितिक दलसँग वार्ता भयो । फलस्वरुप राजनीति दलमाथिको प्रतिबन्द हटाउदै २०४६ चैत २६ गतेको वार्ताले २०४६ मा निर्दलीय व्यबस्ता अन्त्य गरी बहुदलीय व्यवस्था स्थापना भयो । तर राजाको निरशंकुस शासनले राजा दलबिच केही कुराहरुमा मतबिभाजन भयो । केही बिषयमा असहमति जनाउँदै २०५२ फागुनमा तकालिन जनमोर्चा नेपालका नेता बाबुराम भट्टराई, पुष्पकमल दाहाल, मोहन वैद्यलगायका नेताले सशस्त्र संघर्षको घोषणा गरे । त्यसको केही समयपछि २०५२ फागुन १२ राज्यपक्षले दमन स्वरुप रोल्पाको भलेरिमा दिलबहादुर रम्तेलको हत्या गर्यो र तत्कालिन माओवादिले नेतृत्व गरेको क्रान्तिले उग्र रुपलिदै भुमिगत सशस्त्र आन्दोलन तीव्र रुपमा अघि बढ्यो । राजतन्त्रको अन्त्य, न्याय सुशासन, लोकतान्त्रिक गणतन्त्र लगायतका विभिन्न मुद्दा लिएर भएको १० बर्षे जनयुद्धमा हजारौं सहिद भए, हजारौं घाइते हजारौं बेपत्ता राज्य पक्षबाट पारिए । अन्तत १२ बँुदे दिल्ली सम्झौता गर्दै माओवादि शान्ति प्रक्रियामा आयो । फलस्वरूप माओबादिसहित ८ दलको संयुक्त १९ दिने जनआन्दोन भयो र त्यसपश्चात् तत्कालीन ज्ञानेन्द्र शाह राजाले राजगद्दि जनताको हातमा सुम्पेको घोषणा गरेका थिए । राजतन्त्रको अन्त्य भएको थिएन, त्यसपछि अन्तरिम संविधान २०६३ जारी भयो अन्तरिम संविधानले संविधान सभाको चुनाव गराउने मिति २०६४ चैत २८ घोषणा गर्यो ।
    २०६३ माघ १ गतेको अन्तरिम संविधानका केही बुदाहरुमा बिमति जनाउदै मधेसी दलहरुले आत्मनिर्णयको अधिकार, संघियता, समानुपातिक एक मधेश एक प्रदेश स्वायत्त अधिकारलगायत एजेण्डा अघि सार्दै मधेसवादी दलहरु आन्दोलित भए । मधेसवादी दलहरुसँग सरकारले विभिन्न चरणको बार्ता गरि समस्या समाधान खोज्यो भने राजतन्त्रको पूर्ण अन्त्य नभइसकेकाले अन्य केही राजनितिक दलका नेता बेबि किङ्गका पक्षमा थिए । (राजा ज्ञानेन्द्रका नाति हृदयेन्द्रलाई राजा मान्न केही नेता तयार भए पनि) यस बिषयमा राजा ज्ञानेन्द्रको असहमत
    देखियो । विभिन्न बाधाका बाबजुद २०६४ चैत २८ मा संसदको निर्वाचन  सम्पन्न भयो । सो निर्वाचनबाट निर्वाचित संसदको संविधान सभा बैठक २०६५ जेठ १५ गते सम्पन्न भयो र सो संबिधानले मुलभुत एजेण्डा संविधानमा समेट्दै संविधान सभा सम्पन्न भयो र राजतन्त्रको अन्त्य भयो र लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । यसको खुसियाली देशभर मनाइयो र लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादब गणतन्त्र नेपालका प्रथम प्रधानमत्रीको रुपमा पुष्पकमल दहाल(प्रचण्ड) हुनुभयो । यो सँगै समावेशी, समानुपातिक निर्वाचन प्रणाली, धर्मनिरपेक्षता, महिला, दलित, आदिबासी, जनजाति, अलफसंख्यक, जातिय छुवाछूत, लैगिङ भेदभाबको अन्त्य, स्वतन्त्र रुपमा आफ्ना अभिब्यक्ति राख्न पाउने आत्मनिर्णयको अधिकार लगायतका बिषयलाई संस्थागत गर्यो र संविधानमा सुनिश्चित गरियो । यसलाई नागरिकमैत्रि भने पनि यस्ता विविध उपलब्धि सामान्य नेपाली नागरिक मजदुर किसान दलित महिला जनजाति आदिले प्रत्याभुति गर्न भने कठिनाइ देखियो । नेपाली जनता आमनागरिक जेनजीको त्याग तपस्या हजारौं शहिदको बलिदान हजारौं घाइते र बेपत्ताको बलिदानले मात्र सम्वभ भएको हो यी उपलब्धिलाई संरक्षण गर्नु हरेक नागरिक समाज नेपाली जनता बिभिन्न संघसंस्था, कुटनैतिक नियोग, संचार माध्यम, संबैधानिक निकाय सबैको दायित्व थियो तर त्यो देखिएन । यो व्यवस्था परिवर्तनका दौडानमा नेपाली आमाका छोरा छोरि, महान सहिद बेपत्ता परिवारको अबस्था घाइतेहरुको अवस्था अहिले पनि एकदमै दयनिय छ । उहाँहरुको बलिदानिले ल्याएको व्यवस्थामा अन्यहरुले नाता र नेता पहुचवालालाई केही सहजिकरण भएको देखियो तर कुनै पनि सामान्य भुइ मान्छे नाता नेता र पहुँच नभका सहिद बेपत्ता घाइते परिवार अवस्था अहिले पनि उस्तै छ ।
    विभिन्न नाममा भएका परिवर्तनका बाबजुद २०६३ देखि २०८२ सम्म पटक पटक गरेर १४ पल्ट गठबन्धन परिवर्तन भयो, सरकारहरु परिवर्तन भए, केही नेता दलाल बिचौलियाहरुको जीवनस्तर परिवर्तन भएपनि सामान्य नागरिक द्वन्द्वपिडित भुइमान्छेहरुको जनजिविका भने उस्तै छ । यो सान सता शक्तिसम्म पुग्नलाई माओबादि केन्द्रलाई सहिद बेपत्ता घाइते लाखौं लाख नेपाली जनता दलित, महिला, आदिबासि, जनजाति किसान, मजदुर, आम नागरिक जेनजिको साथ सहयोग माओबादिलाई पुर्ण रुपमा थियोे । देशका सपूतहरुले दिएको आफ्नो अमुल्य जीवनको बलिदानलाई वेवास्ता गर्न माओबादि वा अरु कुनै पार्टि वा कसैलाई पनि छुट छैन । यद्यपी नेपाली जनता र जेनजीहरुले साथ नदिएको भए यो परिवर्तनको सम्भावना थिएन । हजारौं शहिदले बलिदिएर यो ठाउँमा माओबादिलाई इतिहास रच्न सफल बानाएको हो । इतिहास साक्षि छ यो बलिदानीको रक्षा हुनुपर्छ । सबै माओबादीहरुले एकताको सुत्रमा रहेर आफ्ना स्वार्थ, नाताबाद, कृपावाद, सत्ता, सम्पति, शक्ति,  सुबिधा, लोभलालच, बिदेशि दलालि सामु लम्पसारबाद त्यागी राष्ट्र राष्ट्रियता र देश र जनताको पक्षमा रहेर आत्मा समीक्षा गर्न जरुरी छ । आत्मा समिक्षा र जनभाबना अरनुसार नचलेका कारण पार्टिले निरन्तर पराजय भोग्नु परेको, पार्टि टुक्रा टुक्रामा बिभाजन हुनु पुगेको, वैचारिक धरातल कमजोर हुदै गएकाले जनताले अरु पार्टि र माओबादी केन्द्र उस्तै हुन् कि भन्ने दुबिधालाई अन्त्य गर्नका निमित तुरुन्तै समिक्षाको लागि पार्टि नेताहरु जुट्नुपर्छ । नभए यसले अझैठुलो संकट पैदा गर्न सक्छ छ । बिगतका उपलब्धिलाई संस्थागत गरि जनतालाई प्रत्याभुति दिलाउन नसक्नु, बिपक्षको भुमिका दरिलो नदेखिनु, स्थिर सरकार नहुनु, कुनै पार्टिको बहुमत नहुनु, सत्ता पक्ष एमाले र नेपाली कांग्रेसको सरकारले जनजिबिकाको सबालमा कुनै सक्रियता नदेखाउनु, भ्रष्टाचार, बेतिथिलाई पक्षपोषण गर्नु, जनताको बिरोधका आवाजलाई दबाउनु, समाजिक संजालमा प्रतिबन्धलगायतका विविध बिषयमा जनता रुष्ट भएका कारण २०८२ भदौ २३÷२४ को जेनजी आन्दोलन हुन पुग्यो । यसको आयोजक जेनजीहरुको लिडर मिराज ढुङ्गानालगायतको आह्वानमा भएको आन्दोलन  र जेनजीको नाममा विभिन्न घुसपैठ तत्वले मच्चाएको वितण्डाले माओबादि केन्द्रलाई पनि जेनजीहरुले तारगेट गरेजस्तो देखियो माओबादि नेताका घर पार्टि कार्यालय आगजनि तोडफोड भएपछि यो बिषय राजनितीक प्रतिसोध या माओबादि पार्टिप्रति जनमानसको असन्तुष्टि प्रष्ट देखियो ।  यसलाई चिर्न जरुरी छ ।