छहरा । नेपालमा बेथिती, कुशासन, भ्रष्टाचारको चाङ्ग बारे वर्णन गरि साध्य छैन । मुलुकको तरल राजनीति सुदृढ पार्न जब दल र दलका नेताहरु असक्षम हुन्छन् अति विदेशीहरुको चलखेल बढ्छ । विदेशी चलखेल र आन्तरिक शक्तिको छिनाझम्टिले देश रसातलमा पुग्छ । देश कुन हालतमा छ भन्ने विषयमा न त सत्ताधारी नेताहरुलाई वास्ता छ न त कुर्सी बाहिरका नेताहरुलाई नै । आज नेपाल अभावै अभावमा रुमलिएको छ । शैक्षिक बेरोजगार चरम छ, युवा पलायन त्यतिकै छ । जताहरु बिहाख खाए, बेलुकी के खाउको अवस्थाबाट गुज्रिरहेको छ । तर ६०१ जम्बो सांसदहरु चुप छन् भने शिर्षस्थ नेताहरु भने भागबण्डा मिलाउनमै व्यस्त छन् । कृषि प्रधान देश नेपालमा मलदेखि लिएर, बीऊविजन, सिँचाइको अवस्था दयनीय छ । सबै उपभोग्य वस्तुभाउको मूल्य आकाशिएको छ । विकसित राष्ट्रहरुले कृषितर्फभन्दा उद्योगधन्दामा लगानी बढाउनाले विश्वभर खाद्यवस्तुको अभाव देखिनु स्वभाविकै हो । त्यसैले अब विश्वभरनै कृषिजन्य उत्पादनलाई औद्योगीकरण गर्नेतर्फ ध्यान नदिने हो भने विश्वमा नै खाद्य शंकट चुलिदै जाने र मानिसहरु भोकभोकै मर्ने स्थिति सृजना नहोला भन्न सकिन्न । धनी देशहरुले त यस्ता समस्याहरु धन सम्पत्तिकै भरमा जसोतसो समाधान गर्लान् तर नेपाल जस्ता अल्पविकसित देशका बासिन्दाहरु जंगल पसेर गिठ्ठा भ्याकुर खोजी खान नपर्ला भन्न सकिन्न, त्यसकारण देशले बजेट छुट्याउँदा कृषिजन्य वस्तु उत्पादनमा राहत दिएक कृषकहरुलाई प्रोत्साहन दिनु पर्दछ ।
