गाईलाई पुज्ने र रक्षा गर्ने मूल उद्देश्य बोकेका हिन्दूभीरुहरु यहाँ छन् । त्यस्तै गाईको मासु खान पाउनुपर्छ, यो हाम्रो जन्मसिद्ध अधिकार हो भन्ने आसय लिएका धर्मावलम्वीहरु पनि यही छन् । विविध भाषा, संस्कार, संस्कृति र धर्मावलम्वीहरुको साझा देश हो नेपाल । यसर्थ यहाँ कुनै एक धर्म संस्कृतिलाई मात्र प्रशय दिने र प्रतिविम्वित गर्ने खालको कुनै पनि काम कार्वाही हुनुहुन्न भन्ने सवालमा हामी दत्तचित्त रहनुपर्दछ । यस्तो अवस्थामा संविधान संशोधन गरेर सबैलाई सम्बोधन गर्नुपर्ने जस्ता समसामयिक आवाजलाई समेत वेवास्ता गरिदैछ । यस्तो गरेपछि नसोचेको परिणाम राष्ट्रिय झण्डाले बेहोर्नु पर्यो । कसको के लाग्छ ?
