बुढो मन्त्रिको ‘सिउनेचर’ चोरेर नाम र दाम दुवै कमाएका एक जना पूर्वेलीले घडी चोरे पनि फिर्ता दिएर ‘कुलिङ पिरियड’ जस्तो जनघाति, देशद्रोही प्रकरणमा आरोप लाग्नुसाथ आफ्नो बाबुसमानको नेताले राजिनामा दिनुपर्दैन भन्दाभन्दै राजिनामा दिएर नैतिकताको प्रदर्शन गरे । तर भिजिट भिसा प्रकरणमा सिनोझै दङ्ग दङ्ग गन्हाएको आरोप खेपेका पश्चिमेली मनुवाले चाही जताततैबाट राजिनामाको आवाज घन्किएपनि नैतिकताको आधारमा राजिनामा दिन त कता हो कता ? कुर्सी फुत्किएलाकी भन्दै कुर्सीमानै झुण्डीएर बसिरहेका देखिन्छन् ।
यो सबै दृश्य हेरिरहेको रिठ्ठेलाई पूर्वीय मनुवा, पश्चिमेलीभन्दा नैतिकवान लाग्यो र फलाक्दै हिड्न थाले ।
