•  २०८३ बैशाख १
  • ‘बाँदरको हातमा नरिवल’ भन्ने उखान त हाम्रो समाजमा प्रचलित छ । यसो भन्नुको कारण के रहेछ त भनेर बुझ्दा बाँदरले नरिवल पाए, खानुको सट्टा टुक्रा–टुक्रा पारेर फ्याँकी दिदो रहेछ । यस्ता घटना प्राय पशुपति क्षेत्रमा देख्न पाइन्छ । त्यहाँका बाँदरहरु प्राय कुनै बाँदरले नयाँ चीज, नयाँ खानेकुरा ल्यायो भने अरु बाँदरहरु लुछाचुडी गर्छन् र पुरानो खाना छोडेर नयाँतर्फ झम्टन्छन् ।
    ठीक यसरी नै हाम्रो मन्त्री, माननीयहरु पनि नयाँ चीज देख्दा, ठेक्का पट्टा देखि लिएर राष्ट्रिय ढुकुटी स्वाहा पार्ने खेलमा लुछाचुडी गरेको हेर्दा पाठकहरुले उनीहरुलाई सायद बाँदरैसँग दाज्नु भएको त छैन ? दाँज्ने र नदाज्ने त्यो त विज्ञ पाठकहरुकै ईच्छा हो । उदाहरण दिउ, कुनै बेला गृहमन्त्रालय मार्फत विदेशीले नेपाललाई नयाँ डिजाइनका मोडलका दर्जनौ गाडीहरु उपलब्ध गराएको थियो । ती नयाँ मोडलका गाडी पाउन मन्त्री माननीयहरुले लुछाचुडी गरेको रिठ्ठेलाई अहिले जस्तो लाग्दैछ ।
    यत्रो सुविधा पाउँदा समेत नअघाएका र नपुगेका गरिब देशका सुविधा भोगी मन्त्री, सांसदहरु आ–आफ्ना पुराना गाडी थन्क्याएर नयाँ गाडी
    पाउन हारालुछ गर्दछन् भने के तिनीहरुलाई बाँदरसँग दाँज्न उचित नहोला त ?