•  २०८३ बैशाख १
  • छसस । थाहा भएकै कुरा हो गणतन्त्रको उदयसँगै यहाँ भ्रष्टाचारीहरु जुर्मुराउन थालेका हुन् । देश र जनतालाई लोकतन्त्रको नाममा गुमराहमा पारी ब्रह्मलुट गर्ने जमातहरुको विरुद्ध कठोर नीति र कानून अब रास्वपा सरकारले भ्रष्टलाई कारवाही गर्नुपर्दछ । आफुलाई प्राप्त कानूनी अधिकारको सदुपयोग नगरेको फरियावाद र भनसुनकै धरातलमा हिडेको कारण एकमात्र भ्रष्टाचारीलाई कठघरामा राख्ने स्थाप्थि अख्तियार निवारण दुरुपयोग आयोगको पनि औचित्य रहेन । कठोर नीति नियम कानून तर्जुमा गरी त्यसलाई व्यवहारमा नउतारेसम्म देशबाट भ्रष्टाचारको जग हल्लिनेवाला छैन । यही यथार्थतालाई मध्यनजर गरेर रास्वपा सरकार अगाडि बढ्नुको विकल्प छैन । नत्र रास्वपाप्रति पनि जनविश्वास गुम्न निश्चित छ ।
    राणाकालिन कालमा राणा परिवारले देशको ढुकुटीमाथि रजाई गर्ने गरेतापनि कर्मचारीतन्त्रले त्यति भ्रष्टाचार गर्ने मौका पाउँदैनन् थिए । तर लोकतन्त्रको अभ्युदय पश्चात कर्मचारीतन्त्रले व्यापक रुपमा भ्रष्टाचारको संस्थगत विकास गरेर छाडेको पाइन्छ । लोकतन्त्र बहाली पश्चात एकपछि अर्काे मुलुकमाराहरुको बाहुल्यता बढ्दै गएको छ । यसो हुनुमा भ्रष्टाचार सम्बन्धि नियम कानून कमजोर र प्रभावकारी नहुनु, अर्थात कानूनमा उल्लेखित भएका बुँदाहरुलाई व्यवहारमा नउतार्नुनै हो । यसरी इतिहासको कालो रात ठानिएका राणाकालिन अवस्थालाई समेत लोकतान्त्रिक व्यवस्थामा भ्रष्ट र मुलुकमाराहरुका लागि स्वर्णिमयुग र राष्ट्रवादी स्वाभिमानी नेपालीहरुका लागि कालो राखत सावित हुन पुगेको छ । लोकतान्त्रिक व्यवस्थाको प्रादुर्भाव पश्चात भ्रष्टाचारले देशलाई गणतन्त्रको नाममा यसरी आफ्नो कठोर पञ्जामा जकडायो कि यथार्थतामा यही अवधिमा भ्रष्टाचारको त्यो सञ्जालले नेपाललाई अझपछि धकेल्यो । यस्तै भ्रष्टाचारको माखे सांलो कायम राख्न भ्रष्टाचार बिरोधी अभियान प्रति यस्ता तत्वहरुबाट राजनैतिक प्रहार गर्ने क्रमशः भ्रष्टाचारको पक्षपोषण गर्ने काम गरिदैछ भने देशभक्त नेपाली जनता भने यस कार्यको विरोधमा उत्रिएका हुन् । जुन फागुन २१ गतेको निर्वाचनमा जनताले आफ्नो रोष प्रकट पनि गरिसकेका छन् । पुराना राजनैतिक दलहरुका रवैयाले गर्दा आजित भएका नेपाली जनताले नयाँ दललाई विकल्पको रुपमा सरकारमा पठाईसकेका छन् । विगतमा राजनैतिक शरण कै कारण राजश्वमारा, जनविरोधी तत्वहरु जेलको चिसो छिडिमा हुनुपर्नेमा स्वतन्त्र रुपमा छाति फुकाएर हिडिरहेका हुन्थे । यस्ता कति घटनाहरु छन्, जसले राजनैतिक संरक्षणमा देशमा ब्रह्मलुट मच्चाइरहेका देखिन्थयो । यसर्थ अब यसो होइन मुलुकलाई भ्रष्टाचारको चंगुलबाट बचाउन रास्वपा सरकारले प्रभावशाली नियम, कानून तर्जुमा गरेर मित्रराष्ट्र चीनमाझैं भ्रष्टाचारीलाई फाँसीकै व्यवस्था गर्नुपर्दछ । यदि यसोे नगरेमा भ्रष्टाचार विरोधी रास्वपाको आवाज पनि ‘स्याल हँुइया’ मात्र सावित हुनेछ । र अर्काे निर्वाचनमा रास्वपालाई बिजुक्छेको मजदुर किसान र चित्रबहादुर केसीको जनमोर्चाको अवस्थामा नपुर्याउलान् भन्न सकिन्न । गत निर्वाचनले यही तथ्यलाई उदांगो पारेको छ ।
    बुझ्नुपर्ने के हो भने विकसित मुलुकहरु भ्रष्टाचारको दलदलबाट माथि उठेर मात्र विकासको शीखरमा पुगेको प्रशस्त उदाहरणहरु छन् । कुनै कुनै देशमा भ्रष्टाचारीलाई मृत्युदण्ड समेतको व्यवस्था गरिएको छ । भ्रष्टाचार विरुद्ध कठोरभन्दा कठोर कदम चालेरै भए पनि भ्रष्टाचार र त्यसको पक्षपोषणको विरुद्ध लड्नै पर्छ । यस्ता जनघाति र मुलुकमारा तत्वलाई निमिट्यान्न गर्नेपर्छ । अनि मात्र मुलुक र मुलुकवासीले राहत पाउनेक्रम सुरु भइ नयाँ नेपालको खाका कोरिदै जाने छ । नत्र रास्वपाले ‘स्याल हुँइया’ नगरेपनि हुन्छ । चेतना भया ।