•  २०८३ बैशाख १
  • डा.स्वामी प्रपान्नाचार्य 
    ब्रह्मापुराणले कैयौ इतिहास धेरै प्रष्ट पारेको देखिन्छ । प्राचीनकालिक किरातहरुको उल्लेख जहाँ वैदिन वाङमयदेखि लिएर समग्र पुराण, उपपुराण, तन्त्र ज्योतिष, संहिता, शिलालेख आदिमा पाइन्छ । सबै किरातहरु कुन कुन थर अथवा गोत्रका थिए त ? तर यी प्रश्नको उत्तर पाउनु सारो मात्रै हैन अपितु अत्यन्त गारो थियो । परन्तु उपयुक्त श्लोकहरुले निक्कै खुलस्त पारेर राखेका छन् । अरु पुराणहरुमा यतिको खुलस्त छैन । यहाँ उपनिवेशवादी क्षेत्रीयहरुको उल्लेख गर्दै जादा वैश्य र शुद्रहरुको पनि उल्लेख भएको छ । साथै काम्वोज, विप्रेन्द्र, वर्वर, लौकिक, सहित, वीर, तुषार, पल्हवहरुको गणना भएको छ । यी मध्य ‘पल्हव’ क्षेत्रीय दक्षिण भारतीय हुन् । तर यहाँ किरातहरुकै शाखामा राखेको देखिन्छ ।
    आत्रेय, भारद्वाज, पुष्कल, दशेरक, लम्पक, शुन शोक, कुलिक, जाङ्गल, ओषध्य रर जलचन्द्र त्यतिखेरका किरातहरुका प्रसिद्ध जाति थिए । साथै ब्रह्मापुराणकारले ‘उते उदीच्चा’, यी उत्तरका बासिन्दा भनेर लेखेका छन् । यसमा पल्हवहरुलाई पनि उत्तरका वासी किरात परिवारमा सामेल गर्ने अभिप्रायः खोजको विषय बनेको छ ।
    यतिमात्र हैन अपितु ऋग्वेदको मन्त्रमा आएको ‘कुली’ नै ‘कुलिक’ हुन पुगेको देखिन्छ । ऋग्वेदको वम्वरलाई ‘कौलितार’ भनेको देखिन्छ । यसरी इतिहास खोज्दै खोताल्दै लैजाँदा ‘किरात’ इतिहास स्पष्ट हुने देखिन्छ । यसैगरी अझ अगाडि ब्रह्मापुराणको २७ अध्यायमा पर्वतीय जनपदको उल्लेख गर्दा भनेको छ ।
    विशेषतया ब्रह्मापुराणले पक्षपात नगरिकन किरात इतिहास उपस्थापन गर्दा पूर्वका कलितारदेखि लिएर तात्कालिक प्रसिद्ध किरातहरुको जाति गणना गरेको छ । किरातहरुको मूल निवास, उत्पातस्थान आयावर्त, जम्बुद्विप तथा अज वर्ष नै भएको हुनाले किरातहरुको बसोबास र उत्पातबारे रुपक, उत्प्रेक्षा आदिले आर्यावर्त नै बताएका छन् । यो प्राचीन किरात इतिहासको विशेषता हो । यसमा पाश्चात्य बकवास लिएर बकवास गर्ने आवश्यकतै छैन, किनभने बाजे, आमा, बाबुको जुठो सबैले खान्छन् । परन्तु अर्काको जुठो भने कसैले खान रुचाउँदैनन् । इतिहासको बारेमा पनि यही नियम लागु छ । यो बुझ्नु आवश्यक छ ।
    विष्णुपुराणमा किरातः 
    विष्णुपुराणमा पनि पूर्वमा किरातहरु बस्ने कुरा स्पष्ट छ र यवन र किरातहरुले बसेको देशको अन्त=आखेरी छेउ पश्चिमदिशामा बस्दथे भन्ने पाठको सारांश हो । अरु द्वीप र नाम, योजना आदि समान छ,  तर अरु पुराणहरुमा ‘स्मृता’ भन्ने पाठमा ‘स्थिता’ यो विष्णुपुराणको पाठ हो । त्यसैले पुराणकालमा किरातहरु पूर्वमा धेरै निवास गर्थे । तर पूर्व भनेको काठमाडौंदेखि पूर्व चाहि होइन । आजका किरातहरु काठमाडौंदेखि पूर्व बसोबास गर्न थालको पुग नपुग हजार वर्ष जति हुँदैछ । यसमा प्रमाण किरातकालिक पुरातत्व र इतिहासको अभाव नै हो । राजा, महाराजा सम्राट भएका किरातहरुले गोठ बनाउँदै भत्काउँदै हिडेका थिएनन् । उनीहरु शासक थिए । धनिमानी थिए । बुद्धिमान् र कलाकार थिए । दुव्र्यसनरहित प्रष्ट विचारका दार्शनिक थिए । त्यसैले उनीहरु पूर्वमा भए पनि, पश्चिममा भए पनि किला राजधानी, पुरातत्वहरु प्राप्त हुनुपर्छ । तर काठमाडौंदेखि पूर्व प्राचीन पुरातत्वहरु पाइदैनन् । यस स्थितिमा जसका पूर्वजहरुको चिन्है छैन, जसले आफ्नो इतिहासै पढेको छैन, ती किरातहरुले के बताउन सक्छन् र आफ्नो इतिहास र पुरातत्वको बारेमा । किरातहरुको पुरातत्व नपाएको हुनाले नै यो भन्न र लेख्न कर लाग्छ । त्यसो हुँदा विष्णुपुराण आदिमा लेखिएको पूर्वे किराताः र ‘पश्चिमे यवनाः स्थिताः भौगोलिक सीमानिर्धारणको लागि एउटा अर्कै शोधको आवश्यकता छ । ज्ष्कतयचष्अब िच्भकभबचअज या ख्ष्कजलगउगचबलब ए।ज्ञज्ञछ मा रामप्रसाद पाण्डेयले विष्णुपुरानमा उल्लेखित किरातहरुले बसोबास गरेको ठाउँ आराकान बर्मा हो भनेर लेखेका छन् । तर त्यो त्यति घतपर्दाे देखिदैन । यस्तो विष्णुपुराण सम्बन्धी विचार गर्ने धेरै विद्वानहरु छन् । तर विष्णुपुराणको भौगोलिक स्थिति अर्काै छ । यहाँ भन्नु यति छ कि पुराणहरुमा पनि किरात शब्दले ऐतिहासिक स्थान पाउनु आश्चार्यको कुरा हो । साथै अन्य पुराणहरुमा जस्तै विष्णुपुराणभित्र पनि अरु किरात इतिहास परम्परामा लुकेको छ ।
    त्यसलाई स्पष्ट गर्नको लागि स्वतन्त्र प्रत्येक पुराणहरुको अध्ययन र शोध गर्नु आवश्यक छ । तर यसको अध्ययन, शोध गर्ने अधिकारी भने संस्कृत भाषामा पूर्ण अधिकार भएको विद्वान नै हुन सक्छ । अन्यथा पूर्वे किराता यस्यान्ते आदि शब्दमा कुनै पनि इतिहासकार पूर्वमा किरात थिए भन्दै झुण्डिइरहने छन् । जस्तैः अंग्रेजहरुले आर्य र मंगोलको बलियो डोरी बनाइदिएका छन् र आजका इतिहास अर्काको लहैलहैमा झुण्डिइ राखेका छन् । साँँच्चै भन्नुभने यो इतिहासकारको कर्तव्य होइन । आफ्नो इतिहास अर्काको लहैलहैमा  बस्नु भनेको भविष्यका आफ्ना सन्ततीका लागि खाडल खन्नु हो । सबै कुरा आफ्नो नराम्रो अर्काले गरेको मात्रै राम्रो भन्ने धारणा र काम गराई पनि राष्ट्रघातक काम हो । पाश्चात्य शैलीलाई गुरु मान्ने चाल पनि यस्तै हो । त्यसैले प्राचीन इतिहासको गोडिमेलि गर्दा पुराणहरुको अध्ययन आफ्नो इतिहासको पूर्ण अध्ययन हो । प्रस्तुत विष्णुपुराणको इतिहास सम्पूर्ण इतिहासहरुमा ऐतिहासिक तथ्यको स्वरुपप्रति पादक मात्रै हो विष्णुपुराणकालिक इतिसा र भूगोललाई आफ्नै ढंगले मनोहर रुपमा उभ्याएको छ । तर संस्कृतको स्वाद नलिने मान्छेले भने जंगली कपोलकल्पना मात्रै भन्न सक्छ । तर त्यसो भन्ने मान्छे पनि कपोलकल्पित जंगली मान्छे नै हो भन्न सकिन्छ । त्यसैले ब्लअष्भलत ःभमष्बखभ िःयमभचल ज्ष्कतयचष्अब िप्लयधभिमनभ लाई विभाग गरेर मोडर्न पनि हिस्टोरी हुन्छ भन्ने कुरा ठीक होइन किनभने प्राचीन र मध्यकालिक इतिहास इतिहासै हो । तर मोडर्न भनेको के हो ? वस्तुस्थितिमा आधुनिक इतिहास त इतिहासै होइन, किनभने त्यो त वर्तमान नै हो । भविष्यमा गएर त्यो भूतको इतिहास बन्न सक्छ ।