•  २०८३ बैशाख १
  • डा.स्वामी प्रपन्नाचार्य 
      यहाँ इतिहास केलाउँदा वर्तमान किरातहरुको बारेमा पनि खोज गर्नु आवश्यक देखिन्छ । लाखौं वर्ष प्राचीन किरात कहाँ गए त ? भन्ने प्रश्नको उत्तरमा आजका राई र लिम्बूले आफुलाई किरात भन्दै लेख्दै आएका हुनाले प्राचीन किरातहरुको जर्जर अवशेष यिनै राई र लिम्बू आदि हुन भन्ने विश्वास हुन्छ । तर हजारौं हजार वर्ष पूर्व राजा, महाराजा र अवापति हुनुका साथै नीलगिरी पर्वतसँग तुलना गरिने हात्तीहरुको वर्णन प्राचीन इतिहासमा पढ्दा कता कता यी राई, लिम्बूहरु पनि किरात होइन कि भन्ने भ्रम हुनु पनि स्वभाविकै हो तर यसको समाधान पनि हाजिरै
    देखिन्छ । किरातहरुमा दुव्र्यसनको घटना आउनु      भएर भाग खोसेर खाने हुन्छ । बुद्धिहीन भएपछि शोषण गर्यो मात्र भन्छ परन्तु उ स्वयम् पुरुषार्थ गर्न सक्दैन । यै हो दुव्र्यसनको स्थिति ।
    यही बिरामी आजभन्दा पाँच हजार वर्षपूर्व यदुवंशीहरुमा थियो । आज यदुवंशी प्राचीन इतिहासमा मात्र पढ्न पाइन्छ परन्तु समस्त भारत आदि कुनै पनि देशहरुमा पाइदैन । आश्चार्यको कुरा छ । इतिहासको कुरा छ । तीतको कुरा छ । तर भगवान कृष्ण जुन वंशमा अवतरित भए त्यो वंश अपुताली पर्यो । कैले अपुताली पर्यो ? उत्तर आफैसँग छ । भगवानले उपदेश गरिसक्नु भएको थियो । यो स्पष्टिकरण महाभारतले दिन्छ । बाहिकहरुको पनि निवंश नै भएको देखिन्छ । परन्तु यदुवंशीहरु भन्दा सूर्यवंशी रामको परम्परा आजसम्म पनि भारतको कुना कुनामा भएको प्रमाण पाइन्छ ।
    याद रहोस् अन्धक, वृष्णि, बाहिकहरु जाँड रक्सीमा डुबेर आत्महत्या गर्दै गरेको बेलामा किराँतहरु शुद्ध चोखा थिए । तर तिनै किरातहरुले यदुवंशीहरुको बिरामी सापट लिएर ईसापछि किरातहरु दुव्र्यसनी हुन थालेका छन् । अनि दुव्र्यसन लागेपछि किरातहरु निरन्तर क्षीण हुँदै गए । टुक्रिदै गए । खिहिदै गए । किरातहरुको उदय गिरी र नीलगिरी पर्वतहरुसँग् उपमा दिइने हात्तीहरु खिएर सुँगुरको खोरभित्र पसे । कुरुक्षेत्रको रणभूमिमा अर्जुनको पसिना काड्ने किरात सम्राट र किरातराज कुणिनन्दका नीला र काला रंगको नीलगिरी पर्वत जस्तै देखाइदिने, दुश्मनको सेनालाई गाईभैसीको बथानमा सिंह पसेर बिथोल्ने झैं पाण्डव सेना र कौरवसेना बिथोल्ने हात्तीहरु आज खिएर हिँड्नै नसक्ने भएर खोरभित्र बन्द भइराखेका छन् । प्राचीन किरातहरु खिएर आज बिहान, बेलुकाको समस्यासँग जुझिराखेका छन् । हाय ! कस्तो दुखदायी इतिहास ।
    तर यी किरातहरु वि.सं. १२ शताब्दीभन्दा उता पनि त्यतिसारो खिइएका थिएनन् । १२ शताब्दीपछि मात्र खिइएका देखिन्छन् । प्रथम किरातकाल बुद्धभन्दा पहिलानै समाप्त भैसकेको थियो तैपनि केही अवशेषको रुपमा चल्दै थियो । त्यसैबीच किरातहरुकै आपसी फूटले गर्दा द्वितीय किरातयुग लिच्छविशासनको आरम्भ भयो । लिच्छविहरुमा पनि वि.सं. ९ शताब्दी र दशको बीचमा आपसी जोडदार फुट भयो । जसको परिणाम स्वरुप काठमाडौं अधिपत्यमा मल्लकिरातहरुको शासन आयो । यसैलाई तेस्रो अन्तिम नेपालको किरात शासन भनिन्छ । प्रथम किरात शासन भन्दा दोस्रो किरात शासन आफ्नै प्रकारका थिए । तर तेस्रो मल्ल किरात शासन अत्यन्त दुर्बल र शक्तिहित थिए । साथै प्रथमको इतिहास मेटाउने प्रयास गरेर दोस्रो लिच्छवी किरातहरुले पूर्वको भन्दा आफ्नो उत्कर्ष देखाउने प्रयास गरेर तर तेस्रो मल्ल किरातहरुले काठमाडौं उपत्यकादेखि बाहिन जान सके जस्तो लाग्दैन ।
    यसको अर्थ वि.सं. ८–९ शताब्दीको छेउछाउमा राईहरु काठमाडौंदेखि पूर्वतिर पसेको जस्तो लाग्छ । नवौं शताब्दीतिर काठमाडौंको पूर्वतिर बिस्तारै पसेको हुनुपर्छ । त्यतिखेरसम्म पनि राईहरुबाट लिम्बू छुटिएको थिएनन् कि ? राईहरु काठमाडौं उपत्यकादेखि पश्चम गढवालको निटी, माणा, गोपेखरर कुमारको वैद्यनाथ, बागीश्वर गङ्गोली हाट, डीडीहाय, पिथौरागढ तथा नेपालमा पर्ने प्राय सबै पश्चिम नेपालका प्रदेश क्षेत्रहरुमा किरातहरु आदिले बसोबास गर्ने ऐतिहासिक लाङटाङ, नामपि, पालुङ, वालिङ, वाक्थुङ, थाङकोट, डुमाखाल आदि क्षेत्रमा थिए भन्ने कुराको संज्ञापुरक प्रचुर शब्दहरुले नै प्रमाण दिन्छन् । यद्यपि अन्य किरात शाखाको बोलीहरुमा पनि यी शब्दहरुको अर्थ निक्लनु सम्भव छ । तैपनि विशेष बान्तावा, साङपाङ, कोयू, चामलिङ आदि राई किरातहरुको बोलीको अर्थ प्रष्ट भएको हुनाले पनि राईहरु दशौं शताब्दीभन्दा पूर्व काठमाडौं र त्यसको पश्चिम उत्तर दक्षिण दिशामा व्याप्त भएको देखिन्छ ।
    दोस्रो प्रमाण जैराई, थलौराई, नभैराई आदि राईहरु पश्चिममानै बसेका थिए । (यो जय दमाइको घरमा इतिहास लुकेको छ । शीर्ष लेख वाणी साधन पत्रिकामा प्रष्ट उल्लेख भएको छ ।) बालकृष्ण पोख्रेलको अनुसार पाँचसय वर्षमा राजाहरु नै राई भएको स्वर्णपत्र र ताम्रपत्रहरु उदृत भएको छ । किन्तु उनको भन्दा पनि राईहरुबाट राईमाझी(रायमाझी) र सुनारराई, मगरराई आदि नामले एउटै राईको हाँगा फुटेको देखिन्छ । बाँकी प्राय जो एकै रुप देखिन्छ । यता राईमाझी(रायमाझी)हरुमा भने बोलीमा पनि निकै फरक परेको देखिन्छ । क्रियाकलापमा पनि अन्तर देखिए पनि किरात राई भित्रैका छन् । यसको बारेमा लेखकले स्वयं रिसर्च बराबर गरिराखेको छ । भविष्यमा यसको निष्कर्ष निक्लने छन् भन्ने विश्वास लिएको छु ।
    परन्तु राईहरुबाट लिम्बू कहिलेदेखि भए भन्ने सम्बन्धमा विशेष सोधखोज गर्दा वि.सं. १८ सयदेखिका कागज पत्रहरुमा लिम्बू शब्द प्रयोग भएको प्रायः देखिन्छ । ई.सं. १७ सयमा सिलचरमा भर्ति भएका किरातवर्गमा पनि राई, लिम्बू र मगर, तामाङ आदिको थर कयौं मिल्छ र गोत्रमा पनि अन्तर छैन । अर्थात राईहरुमा थुलुङ छ भने लिम्बूहरु पनि थुलुङ हुन्छ थुलुङ नै लेख्नु र बोल्नु कुनै आवश्यक छैन । थुलुङ नै भनेर पनि बोल्ने लेख्न गरेका छन् । यसरी नै राईहरुमा वान्तवा बोखिम हुन्छ । लिम्बूहरुमा पनि बोखिम हुन्छ । पोमो, राना, साँवा आदि राई लिम्बू दुवैमा
    हुन्छन् । यस्तै राई र लिम्बूहरुको अनेक थर आपसीमा मिल्छ । यसैगरी राईहरुमा काशी गोत्रका राईहरु धेरै छन् । यस्तै कश्याप राई र लिम्बू दुवैमा कश्याप गोत्र छ । लासा गोत्र भने लिम्बूहरुमा धेरै छन् । थुलुङ राईहरु आदि लासा गोत्रीय हुन्छन् । तर पाछानुसार गोत्र छुट्टिएको हुन्छ । परम्परामा राई र लिम्बू दुवैमा काशी गोत्रकै अधिक्य देखिन्छ ।
    राई बोली र लिम्बू बोलीमा पनि धेरै साम्य देखिन्छ । त्यसैले पनि राईदेखि नै लिम्बूहरु अलग भएको देखिन्छ । जस्तै राईले आगोलाई मि भन्छ लिम्बूले पनि मि या मे भन्छ । उच्चारण भने केही न केही फरक देखिन्छ । राईले दाउरालाई सी भन्छ भने लिम्बूले पनि सि नै भन्ने गरेका छन् तर मि र सि यी दुई शब्द प्राय सै किरात परिवार भित्र पर्छ र अलिकति उच्चारणमा मात्रै भेद सुनिन्छ । यसरी नै बोसे, बाक फाक र वा चावा र चुवा आदि शब्दहरुले पनि लिम्बूमा राईदेखि नै पृथक भएको बुझिन्छ । यसरी नै इष्टदेवी सुम्निमा र पारुहाङ तथा युमासा र थेवासा नामको मात्रै भेद छ । इष्ट पनि उही न छ । यसप्रकारले धेरै तुलनीय सामग्रीको तुलनाले लिम्बूहरु राईहरुबाटै निक्लेका हुन् भन्ने कुरामा सन्देह छैन । अर्थात राई र लिम्बू एकै परिवारका थिए ।
    यसरी राईहरुबाट लिम्बू कहिले छुट्टिए त भन्ने इतिहास कोट्याउँदा ऐलेसम्म लिम्बू वि.सं. १८ शताब्दीभन्दा पुुरानो कागजपत्र र लेखोटमा मात्र
    देखिन्छ । तीभन्दा पुराना कुनै इतिहास वा प्रमाण ऐलेसम्म पाइएको छैन । यता ई.सं. १७ शताब्दीयता राई शब्दको प्राचीनता खोज्दै जाँदा दुईहजार वर्ष पुरानो पाइन्छ । त्योभन्दा पूर्वको उल्लेख वेदहरुमा नै मूलरुपमा “राय” शब्दा पाउँछौं । यो “राय” पछि राई भएको इतिहास सुनिश्चित छ । नेपालमा काठमाडौंदेखि पश्चिम र काठमाडौं उपत्यकामा बसोबास हुँदासम्म राईहरुबाट लिम्बूहरु छुट्टिएको अनुमान हुँदैन । जब राईहरु काठमाडांैदेखि पूर्व लागे त्यसको केही शताब्दीपछि राईहरुबाट लिम्बू अलग भएको बुझिन्छ । राईहरुबाट लिम्बू अलग हुनुमा वर्तमान समयमा राई र लिम्बूमा जो जो विसंगति देखिन्छन् । ती ती कारणबाट फाट्दै गएका हुन् । यसरी अलग हुँदै जाँदा एउटा ठूलै समूह  आफुबाट अलग भएको राईहरुले चालै पाएनन् । विस्तारै अरुण वारी र पारी भनेर सिमाना पनि छुट्टियो । लिम्बू नाम कसरी रह्यो ? यो अझ खोजको विषय छ तर इनामसिंहजीले लगाएको अर्थ भने ठीक छैन । लुमबासुम्बा(कञ्चनजङ्घा)बाट लिम्बू नाम पर्नु स्वभाविक छ । किनभने गाउँ ठाउँ नदी पहाड पर्वत आदिबाटै नाम थर गोत्र आदि राख्ने परम्परा शुद्ध वैदिक हिन्दू आर्यहरुको परम्परा हो । तर खम्बू शब्द भने राईहरुको वाचक होइन सिधा खम्पाबाट बिग्रेर खम्बा, खम्बू भएको हो । जो खम्बू शब्द राईहरुमा प्रयोग गर्ने गराउने गरेका छन् त्यो ऐतिहासिक कुरा होइन । यसरी वि.सं. १५–१६ शताब्दीसम्म पनि छुट्टिएका थिएन । त्यसपछि नै राईहरुबाट लिम्बू अलग भएको देखिन्छ । यसरी राईबाट अलग भएर पनि लिम्बूहरु पनि एक भएर रहन सकेनन् । त्यसैले दश लिम्बू र सत्र थुम भए । दश लिम्बूका गाउँले मुखियाहरुलाई नै “हाङयोक” बनाउँदै इमानसिंह चेमजोङले “हाङ”  राजा बनाउँदै लिम्बू किरात इतिहास लेखेका छन् । त्यो पनि भरखरै पोक बनाएर हाङ हुँदै गरेको समयमा अभिमानसिंहको नेतृत्वमा पृथ्वीनारायण शाहको सेनाले माझकिरात हान्दा समाप्त भएका थिए । यसरी आज तीन चार सय वर्ष लगाएर पूर्व राईबाट लिम्बू छुटेको देखिन्छ । परन्तु रिसर्चको विषय भने छँदैछ । (कात्र्तिक २४ गते शतिबार २०५३, छहरा साप्ताहिक)