छसस । सबै तह र तप्काका नेपालहीहरुलाई पूर्ण समानुपातिक रुपबाट खोसिइएका हक, हित र पहिचानसहितको अधिकारलाई स्थापित गराइदिने प्रलोभन देखाएर आफ्नै दाजुभाइको विरुद्धमा कथित क्रान्तिकारीहरुले हतियार उठाउन लगाए । पछिल्लो पटक माओवादी जनयुद्धमा पनि यस्तै आश्वासन दिएर यहाँका रैथाने जाति आदिवासी÷भूमिपुत्र लगायत सीमान्तकृत समुदायलाई बलिको बोको बनाए । आदिवासी÷भूमिपुत्र लगायत सीमान्तकृत समुदायको त्याग, बलिदानी र बहादुरीले शिखर चुमेको, माओवादी पार्टीमा यतिखेर तीनै आदिवासी÷भूमिपुत्र समुदाय दोस्रो दर्जाको नागरिक सरह देखिएका छन् । माओवादी पार्टीमा मात्र यस्तो अवस्था छैन, प्राय अरु सबै पार्टीभित्र आदिवासी समुदाय दोस्रो दर्जाको नागरिक वा झोलेको रुपमा दरिएका छन् । विगतमा नेकपा एमाले भित्र आदिवासी समुदायको उचित सम्मान र सहअस्तित्व नस्वीकारेपछि अशोक राईहरुले पहिचानको खोजी गर्दै, अर्काै पार्टी स्थापना गर्न बाध्य भएको कुरा जगजाहेरै छ । यसैगरी अन्य पार्टीहरुको आदिवासीलाई हेर्ने दृष्टिकोण पनि यस्तै रहेको कुरो छर्लङ्ग छ । माओवादी होस् या नेपाली कांग्रेस भित्रनै किन नहोस् आदिवासी समुदायको सम्मान र पहिचानको सवालमा उचित कदम चालेको पाइन्न । के यहाँको रैथाने जाति, आदिवासी समुदाय आफ्नो हक, अधिकार पहिचान र स्वार्थ रक्षाका खातिर अझै तड्पीई रहनु पर्ने हो त ? त्यसो भए पहिचानको खोजिमा अझै संघर्षरत रहनुपर्ने हो त ?
अतः समग्र आदिवासी समुदायले यही आसयका साथ आफ्नै भूभागको निमित्त पहिचान प्राप्तिका खातिर गोलबद्ध भएर लड्नुको विकल्प छैन । यहाँका आदिवासी भूमिपुत्र समुदाय स्वाधिनताका खातिर, बहादुर सुरवीर लडाका स्वभावका भएको बुझेका शाह वंशीय राजाहरु र राणाहरुद्वारा आफ्ना शासन टिकाई राख्नका लागि यी समुदायलार्य हदैसम्म प्रयोग गरे । पछि संगठीत भई यिनीहरुबाट ‘राज्य विप्लव’ हुन सक्ने खतरा देखेर ‘तीपक्षीय सम्झौता’ गरी विदेशी सेनामा पठाउने षड्यन्त्र रचे । यसो गर्दा बहादुर, सुरवीर लडाकु समुदायहरु सबै विदेशीने र आफ्नो शासन सुरक्षित हुने बुझेका चतुर फ्याउराहरु राजा र राणाहरुले यसरीनै आदिवासी समुदायलाई दोहन गरिरहे जसले हलतक निरन्तरता पाइरहेकै छ ।
हामीले भागिरहेका र हेर्दै आइरहेको कुरा हो । इतिहासदेखि हाल गणतान्त्रिक कालसम्म पनि जतिजति बेला, उनीहरुको शासन, सत्ता धरापमा पर्न जान्छ, त्यतिबेला आदिवासीलाई भाक्ने र सम्झिदै भरपुर उपयोग गर्दै आएको छ । अहिले ‘प्रचण्ड कमरेड’लाई आपतै परेछ क्यारे, पुनः अर्काे क्रान्ति गर्न यी लडाकु र सुरवीर समुदायलाई भाक्न थालेका देखिन्छन् ।
जतजति बेला उनीहरु माथि आपत आइलाग्छ, त्यति बेला यी सुरवीर जातिलाई सम्झिने र उपयोग गर्ने गर्दछन् तर जब आफ्नो मतलब पुराहुन्छ यी समुदायको उपयोगिता समाप्त भएको ठान्दछन् । जुन कुराले इतिहासदेखि हालसम्मै निरन्तरता पाइरहेको छ । फलस्वरुप रैथाने जाति आफ्नै भूमिमा पहिचानविहिन अवस्थाबाट गुज्रिरहेका छन् । त्यसैले अब यस्ता अवसरवादीरुद्वारा सञ्चालित बाहुनवादी पार्टीको झण्डा होइन, पहिचानवादीले एक ढिक्का भएर ‘पहिचानवादी झण्डा फहराउनु’को विकल्प छैन ।
