छसस । नेपालमा यस सन्दर्भमा जनयुद्धताका प्रचण्ड, बाबुरामहरुले खम्बुवान, लिम्बुवान, तमुवान, खसान, मगरात, नेवा, ताम्सालिङ, थारुवान क्षेत्रहरु नामाकरण गर्दै आदिवासी भूमिपुत्रहरुलाई जातीय नामको राज्य उपलब्ध गराउने आश्वासन र विश्वस्त पार्दै सोझासिधा आदिवासी भूमिपुत्र समुदायलाई युद्धको बालीवेदीमा होमें । तत्कालिन समयमानै छहरा परिवारले डा.भट्टराई र सर्वाेच्च कमाण्डर प्रचण्डसँग प्रश्न गरेको थियो भने भविष्यमा माओवादी गणतन्त्रात्मक शासन प्रणाली कायम भयो भने जनसंख्याको प्रतिशतको आधारमा राज्यमा सबै जातिको समान अस्तित्व कायम होला अथवा फेरी पनि बाहुनवादलाई नै हावी गराई, आदिवासी, दलित, उत्पीडित समुदायमाथि रजाई गर्ने धु्रताईले निरन्तरता पाइने त होइन ? भन्ने प्रश्न राखेको थियो । नभन्दै अहिले ऐतिहासिक पृष्ठभूमि र जातीय थातथलोको आधारमा राज्यको नाम समेतबाट आदिवासी भूमिपुत्र बञ्चित भएको छन् । अर्थात् हजारौं भूमिपुत्र आदिवासीको बलिदानीबाट प्राप्त गणतन्त्रमा पनि आदिवासीले हावा खाएका छन् ।
विश्वका हरेक नराम्रो पक्षको अनुकरण गर्ने हाम्रा राजनैतिक दलहरुले विश्वका राम्रा पक्षहरुको अनुकरण गर्न कहिल्यै जानेनन् । यदि जानेका भए विश्वको सर्वशक्तिमान राष्ट्र संयुक्त राज्य अमेरिकाको ४९ राज्यहरु मध्ये २८ राज्य जाति, भाषा लगायत आदिवासी भूमिपुत्रहरुको इतिहास अर्थात् ऐतिहासिक पृष्ठभूमिको आधारबाट नामाकरण गरिएको छ । यसलाई नेपालका सबै राजनैतिक दल र तीनका नेताहरुले अनुकरण गरिदिएका भए उनीहरुको के बिग्रिन्थ्यो, के जान्थ्यो ?
अमेरिकाका ती राज्यहरु आल्वामा, आलस्का, ३. एरिजोना, ४. आकान्सास, ५. कनेक्टीकुट, ६. डिलावार, ७. हवाई, ८. इधि, ९. इलिनोइस, १०. इण्डियन, ११. लोवा, १२. कान्सास, १३. केन्टुकी, १४. म्यासच्युट्स्, १५. मेसिगन, १६. मिन्निसोटा आदि छन् । यसरी अमेरिका भौतिक रुपबाट मात्र नभई भावनात्मक रुपबाट पनि विशाल र शक्तिशाली देखिन्छ । अर्को विश्वकै ठूलो प्रजातान्त्रिक मुलुक भारत पनि हेर्ने हो भने अधिकांश राज्य, शहर, जिल्ला र महत्वपूर्ण ठाउँहरुको नाम भाषा, जाति र इतिहासको आधारमा रहेको पाइन्छ । तमिल जातिहरुको तमिलनाडु, कर्णडा भाषिहरुको कर्णाटक, मराडी भाषीहरुको महाराष्ट्र, गुजराती भाषीहरुको गुजरात, पञ्जाबी भाषीहरुको पञ्जाव, नागा जातिहरुको नागाल्याण्ड, बंगला जातिहरुको पश्चिम बंगाल, कश्मिरी जातिहरुको काश्मिर रहेका छन् । बृटिसको पालामा परिवर्तन गरिएको मद्रास, बम्बई भनिने शहरको नामलाई बृटिसको फिर्ति पछि पहिलाकै नाम चेन्नई, मुम्बई कायम गरियो । नेपालसँग धेरै कुरामा समानता रहेको
छ । पछिल्लो समयमा विकास र प्रगतिमा लम्किदै गरेको इथियोपियामा ११ राज्यमध्य जातिय पहिचानको आधारमा आरोमी जाति तथा भाषिहरुको बहुल्य रहेको क्षेत्र ओरोमिया राज्य, आम्हारिक भाषीहरुको आम्हारा राज्य, सामाली जातिहरुको सोमाली राज्य, टिग्रीग्ना जातिहरुको टिग्रेई राज्य, आफार जातिहरुको बाहुल्य रहेको क्षेत्र आफार राज्य र हरारी जाति भाषीहरुको बाहुल्य रहेको इलाका हरारी राज्य गरि ६ वटा राज्यहरु छन् । भूगोलका आधारमा दुई वटा र मिश्रित आधारमा २ वटा राज्य रहेका छन् ।
यस बाहेक जाति, भाषाको नामबाटै विश्वमा सिंगो देशकी नाम समेत राखेको पाइन्छ । सर्वजातिहरको सर्विया, अल्वेनियाली जातिहरुको अल्वेनिया, कुर्द जातिहरुको कुर्दिस्तान, मंगोल जातिहरुको मंगोलिया, फेन्च भाषिहरुको फान्स, स्पेनिस भाषीहरुको स्पेन, आइरिसहरुको आयरल्याण्ड, मले जातिहरुको मलेसिया, ताजिक जातिहरुको ताजिकिस्तान, उज्वक जातिहरुको उज्बेकिस्तान, बंगला भाषीहरुको बंगलादेश आदि रहेका
छन् । हामीले याद गर्नुपर्ने कुरा के छ भने विश्वका धेरै देशको नाम यसरी भाषा जातिको नामबाट रहेको छ भने कतिपय चाहि देश कायम भएपछि भाषाको नाम रहन गएको छ । नेपाल देश भएकोले पछिबाट खस भाषालाई नेपाली भाषा भन्न लगाइयो । यसैगरी संयुक्त राज्य बेलायत भित्र चार वटा पूर्ण स्वायत्त राज्यहरु छन् । जस्तो कि इङ्लिस भाषा बोल्नेहरुको इङ्ल्याण्ड, स्कटिस भाषा बोल्नेहरुको स्कटल्याण्ड छ जसको आफ्नै मुद्रा समेत प्रचलनमा आएको छ । आइरिस भाषीहरुको नोर्दन आयरल्याण्ड, वेल्स भाषीहरुको वेल्स राज्य रहेको छ । अमेरिकाको सवालमा प्रसिद्ध पर्यटकीय शहर काङकङ, बेलिजका आदिवासी वेलु जातिहरुको चेचेन्या, केन्याको साम्बरु जातिहरुको नामबाट साम्बु जिल्ला, फिजीको लाउन भाषीहरुको बाहुल्य रहेको प्रोभिन्सलाई लाउ प्रोभिन्स आदि नाम राखिएकाले पनि जाति भाषाको नामबाट देशको नाम, राज्यको नाम राख्ने प्रचलन विश्वभर नै लोकप्रिय रहेको पाइन्छ जसलाई नेपालका कथित कान्तिकारी नेता हूँ भन्नेहरुले ओझेलमा पार्दै जनभावनामाथि कुठाराघात गरिरहेका छन् । यसैगरी विश्वमा जम्मा २६ वटा मुलुकहरुले संघीय राज्य प्रणाली अपनाएका छन् । क्षेत्रफलको हिसाबले कुनै मुलुक नेपालभन्दा धेरै सानो पनि रहेका छन् । प्रथम संघीय मुलुक संयुक्त राज्य अमेरिका सन् १७८७, स्वीट्जरल्याण्ड १८४८, अर्जेन्टिना १८५३, मेक्सिको १८५७, क्यानडा १८६७, ब्राजिल १८९१, अष्ट्रेलिया १९००, अष्ट्रिया १९२०, रुस १९३६, जर्मनी १९३९, भारत १९४७, बेल्जियम १९९३, नाइजेरिया १९६३, त्यस्तै बोस्निया र हर्जगोभिना, कोमोरोस, इथियोपिया, इराक, मलेसिया, माइक्रोनेशिया, पाकिस्तान, सेन्ट किट्स र नेभिस, स्पेन, दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स, भनेजुयला र नेपाल रहेका छन् । यी संघीय मुलुकहरुको अध्ययन गरेर नव संघीय नेपालले धेरै कुरा सिक्नु पर्दछ । नेपाल जस्तो बहुधर्म, जाति, भाषा, संस्कार, संस्कृति भएका मुलुकहरुमा धेरै अघि संघीय प्रणालीमा गए र अहिले समुन्नत भईसकेका छन् त्यसैले अबको नयाँ संविधान र पुर्नसंरचनाबाट सबैलाई अधिकार प्राप्त होस् तब कसैले अधिकारको लागि आन्दोलन गर्ने छैन र त्यो समय विकास र प्रगतिमा खर्च हुनेछ ।

