•  २०८३ बैशाख ६
  • छसस । आदिवासीहरु परेका पनि छन्, पढेका पनि छन् । अनुभवले तिखारिएका पनि छन् । मुलुकमा भएका परिवर्तनहरुका नाममा, हुँदै आइरहेका संघर्षहरुमा मरेका पनि छन् । तर पनि संघर्ष र बलिदानीको फल खान पाएका छैनन् । या त भनौ कुनै सरकार बनेपछि, सत्ता परिवर्तन भएपछि प्राप्त हुनुपर्ने अवसरहरुबाट सँधै बञ्चित हुँदै आइरहनु पर्दा पनि यी पहिचानवादी आदिवासी हौ भन्ने समुदायका बौद्धिक भनिने व्यक्तिहरु किन बोल्दैनन, लेख्दैनन ? के यिनीहरुमा बेदना छैन ? किन उनीहरुको बुद्धि विवेकमा कहिल्यै नखोलिने बिर्काे लागेको छ, या उनीहरु आदिवासी समुदायमाथि भइरहेको होचो–अर्घेलोका भाग छोप्ने दाउ छोपिरहेछन् ?
    पत्रिका प्रकाशित गर्न पनि साह्रो भयो, गाह्रो भयो । पढेलेखेका विद्वान, डाक्टर भनाउँदाहरु एउटा रचनाको निमित्त दश पटक धाउन लगाएर पनि अर्काे अंकलाई ‘भाका’ राख्छन् । भन्छन्– ‘यसपाली त कार्यक्रम नै लेख्दैछु । पत्रिका प्रकाशित गर्ने प्रकाशकहरुको अनुभवमा ती विद्वान लेखकहरु समक्ष एउटा लेख लिनु आठ÷नौं पटक धाउनु भनेको मामुली कुरा हो ? र पनि पहिचानका सवालमा राम्रो लेख पाइन्छ भन्ने सवालमा शंकै छ । अनि कसरी किनारा लाग्छ पहिचानका सवाल ?
    सभा, सम्मेलनहरुमा उपस्थित डिग्री होल्डर, बौद्धिक भनि माग्नेहरुको सहभागिता र रवैयालार्य हेर्दा भ्रम सिर्जना हुन्छ तर व्यवहारिकतामा त्यस्तो पटक्कै हुन्न । हैन कस्ता छन् हौ पहिचानवादी, आदिवासी हाम्रा यी विद्वानहरु? आफ्ना समुदायको मुक्तिभन्दा एनजीओ, आईएनजीओ को कार्यपत्रमा डलर सँगसँगै समुदायको जातिको मुक्तिको सपना देख्ने गर्छन । मञ्च पाएर होस् या त नपाई आदिवासी समुदायका विद्वान हौ भन्ने महोदयहरु बाहुनलाई भने गाली गर्न थाक्दैनन् । तर व्यवहारमा ऊ ब्राह्मणवादी प्रवृत्ति लाद्छने । यी र यस्ता कुरा बुझ्न अति जरुरी नै भइसकेको छ । यसप्रकारको प्रवृत्ति कतै उनीहरुको सत्ता स्वार्थ, मोह र डलर भजाउने साधन मात्र त होइन ?
    वर्गीय स्वभाव नेपालमा आदिवासी समुदायको पहिचानको आवाज उठाउनेहरु यी नै आदिवासी, भूमिपुत्रका प्रबुद्ध व्यक्तिहरु हुन्, जो केही सम्पन्न, केही शिक्षित र केही सुविधा भोगी छन् । उनीहरु आफुमाथि भइरहेको होचो अर्घेलोको विरोध तमाम आदिवासी भूमिपुत्रहरुका मुक्तिको खातिर नभएर आफुहरुले पाउने सुविधालाई ध्यानमा राखेर गरिरहेका हुन्छन् । पढेलेखेका टाठापाठाहरुतिनै घले जस्ता घरानाका व्यक्तिहरु हुन्छन् जो वास्तवमा आदिवासी समुदायका पहिचानवादीका निमित्त वर्गीय स्वभावले शोषक हुन्, सामन्ती हुन् । यिनीहरु आदिवासी, भूमिपुत्र र पहिचानका सवाललाई व्यक्तित्व विकासको खुड्कीलाको रुपमा प्रयोग गर्छन् । र अवसर छोप्छन्, सभा सम्मेलनहरुमा बौद्धिकता छाट्छन् ।
    आदिवासी समुदायका विद्वानहरुका ठूलो अवगुण भनेको अर्ध सामन्ती अवशेष हो । जो नितान्त व्यक्तिवादी स्वच्छन्दवादी छ । यीनै स्वभाव भएका आदिवासी, भूमिपुत्र समुदायका बौद्धिक व्यक्तिहरु एकलकाँटे र असंगठीत पनि छन् । वास्तविकमा राष्ट्रिय रुपमा घटिरहेको घटनाक्रममाथि आपसमा अन्तरक्रिया गरेर पहिचान जस्तो साझा सवालहरुमा एकमत भएर अगाडि बढ्नु पथ्र्याे । तर यसो हुनु उही स्वभावले नदिदा बाहुनकै विरोध गर्ने, यथार्थतामा ब्राह्मणवादी प्रवृत्तिलाई अंगालेर बाहुनवादी प्रवृत्तिको फोटोकपी बन्न पुग्दछन् । यस्ता व्यक्तिहरुनै ठाउँ र मौसम अनुसार ‘छेपारोले झैं रंग फर्दै’ हिड्दछन् । यस्तो प्रवृत्ति र संस्कृतिका शंखघोष गर्छन् । यस्तै प्रवृत्तिको मारमा परेका एक समाजशास्त्रका विद्यार्थी(नाम उल्लेख नगर्ने शर्तमा) डराउँदै भन्छन्– “मित्र तपाईहरु जस्ता पत्रकारलाई लेख, रचना दिएर बाहुनवादी प्रवृत्तिका हातबाट कसरी जागिर पाउनु ? जागिरका भएभरका संयन्त्रहरु तिनै प्रवृत्तिका व्यक्तिहरुका हातमा हुन्छन् ।”
    अर्काे कुरो कमीकमजोरी आदिवासी, भूमिपुत्र समुदायका निम्ति दोस्रो भाषा(देवनागरी) नेपाली भाषा हो । मानिस दोस्रो भाषामा पहिलो भाषामा झै सक्षम हुँदैनन् । यसरी नेपाली भाषामा विचार, अभिव्यक्ति दिन पहिलो भाषीलाई जस्तो सहज हुँदैन । बोल्ने भाषा र लेख्य भाषाबीच ज्यादै ठूलो अन्तर हुन्छ । बोल्दा सामान्यतया उस्तो परिमार्जित हुनु पर्दैन, जति लेख्य भाषामा हुन आवश्यक छ । लेख्य भाषा बढी प्रविधि र सौम्य हुनुपर्दछ । अर्काेतर्फ अभिव्यक्तिकलाको ज्ञान पनि लेख, रचनाको निम्ति अति आवश्यक ठहरिन्छ ।
    यी त भए प्रवृत्तिका कुरा । लेख्नलाई पहिलो कुरा हो । आदिवासी, भूमिपुत्र समुदायका विद्वान व्यक्तिहरुले कस्तो प्रकारको विचार सम्प्रेषण गर्ने त? खाँटी कुरो यहाँ नै छ । वैचारिक भ्रष्टता सबैभन्दा खराब र निन्दनीय हुन्छ । अर्काे कुरा विचार सम्प्रेषण गर्नुभनेको ठाडो विरोध होइन । बाहुन प्रवृत्तिको विरोधमा कस्तो विचार सापेक्षित हुन्छन् भन्ने कुरा पनि रहनै पर्छ । बौद्धि लाहुरे बरु ‘लाहुरे’ दाजुभाइहरुले आफ्नो स्वाभिमान, इमान्दारीता र बफादारीता, परिवार, समाज र राष्ट्रको निमित्त भौतिक लगायत नैतिक उपहार ल्याइदिएका छन् तर हाम्रा विद्वानहरुले भने नितान्त रुपमा व्यक्तिवादी भएर बौद्धिक लाहुरे बन्न पुगेका छन् । उनीहरु डलरमा मात्र रिपोर्ट लेख्छन् र अन्तर्राष्ट्रिय कुरासँगै दीवा सपना देख्दछन् । जसलाई आदिवासी पहिचानका कुरा सुन्दा हिनताबोध होला र आफ्नो प्रगतिको बाधक ठान्लान् । उनीहरुलाई आफ्नो धरातल बुझ्ने चासो तबसम्म हुन्न, जबसम्म उनीहरुलाई ठेस लाग्दैन ।