•  २०८३ बैशाख १
  • छसस । मंसिर १९ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन केन्द्रीत सर्वपक्षीय छलफलको अवसरमा प्रधानमन्त्री कार्की ‘हामी जेनजी आन्दोलनबाट आएको भएतापनि दलको विरोधी भने कदापी होइनौं, दललाई स्थापित गर्न आएका हों ।’ भन्ने आसयबाट सरकारको दोहोरो चरित्र उदाङगिएको छ । दलका भ्रष्ट र दलाल नेताहरुलाई अनुसन्धान गर्दै, छानीछानी जेलको हावा खुवाउनु पर्ने जेनजीको मूल एजेण्डालाई थाती राखेर पुरानै दलका शीर्ष नेताहरुको पृष्ठपोषण गर्न लागेको देखिन्छ । यस्तो दोहोरो चरित्र बोकेको कार्की प्रमबाट पनि जनभावना अनुकूलको काम हुन्छ भन्न, ‘आकाशको फल, खस्छ र खाउला’ भन्नु जस्तै हो, भन्न थालेका छन् आम जनताले । प्रधानमन्त्री सुशीला कार्कीले १९ गतेको भेला फागुन २१ गतेका दिन निर्वाचनको वातावरण बनाउने सन्दर्भमा छलफल गर्न बोलाउनुभएको हो । सो बैठकमा अर्थमन्त्री, गृहमन्त्री, कानूनमन्त्री, सञ्चारमन्त्रीका साथै राजनैतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसका साथै निर्वाचन आयोगका का.वा.प्रमुख लगायत चारवटै सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।