•  २०८२ माघ २
  • म छक्क पर्छु, हाम्रा देशका नेता तथा बुद्धिजीविहरु देखेर । आम नेपाली जनता अनि म आफै देखेर तीन छक्क पर्छु । हामी इतिहास पढ्छौं, इतिहासका बारेमा टिका टिप्पणी पनि गर्छाै । तर इतिहास पढेर इतिहासमा भएका कमीकमजोरी र गल्तीहरुलाई हामी सच्याउने दिशातर्फ जादैनों । हामी इतिहास पढ्छौं तर त्यसमा घटेका राम्रा घटनाहरुबाट शिक्षा लिदै व्यवहारमा उतार्ने काम गर्दैनौं । उल्टै हामी गल्ती दोहोर्याउनेछौं र भन्छौ प्रत्येक देशको सफलतामा यस्ता घटनाक्रमहरु भएका छन् र हाम्रो देशमा पनि सोही भएको छ । तर यो बुझ्नु जरुरी छ की उनीहरुले गरेका गल्तीहरु नै दोहोर्याउने हो भने इतिहास पढ्नुको अर्थ के रह्यो ? र त्यो इतिहास पढ्नेले त इतिहासमा भएका गल्तिहरुलाई एउटा मार्ग दर्शनको रुपमा लिई, सदा सही बाटोमा हिड्नुपर्ने होइन र ? अनि अरु इतिहास नपढ्नेहरुलाई पनि कुरा बुझाउनुपर्ने होइन र ? तर किन, हाम्रा बुद्धिजीविहरु, नेता तथा कार्यकर्ताहरु, जहिल्यै पनि अनियमितता, अमानवीयता, देशघाति, जनघाति, कुमार्गतर्फ लम्कन्छौं । यी तमाम कुरोलाई सबैले गम्भीरताका साथ लिनु पर्दछ र सुमार्गको बाटोमा लाग्नुपर्दछ ।
    म एक सामाजिक प्राणि भएकाले देशमा भएका घटना र मुलुकको चर्चित नेता तथा कार्यकर्ता र बुद्धिजीविहरुले, के गर्दैछन् र भन्दैछन् चासोको साथ हेर्ने गर्दछ । जसमध्ये यहाँ जनयुद्ध हाकेका कमाण्डर जो अहिले पनि देशको राजनैतिक केन्द्रमा रहनुभएको छ क.प्रचण्ड । उहाँद्वारा व्यक्त गर्नुभएको केही शब्दहरुलाई यहाँ आलोचनात्मक टिप्पणी गर्दैछु । तपाईहरुलाई कस्तो लाग्छ, तर उहाँहरुको व्यक्त विचार मलाई त खल्लो लाग्यो । देशको प्रमुख नेताबाट यस्ता कुराहरु आउनु कदापी पनि सुहाउदो हुँदैन । उहाँले जनयुद्धलाई बीचैमा तुहाउँदै आफ्नो विदेश अर्थात बेल्जियम भ्रमणमा जाँदा बेल्जियमको संसद भवनमा सम्बोधन गर्दै भन्नुभएको थियो । “युरोप र अमेरिकाको प्रगति र विकास अनि सफलताको लागि लाखौं मानिसहरुले बलिदानी दिए, त्यसको दाँजोमा नेपालमा त थोरै मानिसहरुले मा बलिदानी दिएका छन् ।”
    उहाँले भनेको परिवर्तनका लागि देशको सफलताको लागि के नेपाल साच्चिकै सफलताको गोरेटोमा पुगिसकेको छ र ? प्रचण्डहरुले बुझ्नुपर्ने कुरा के हो भने युरोप र अमेरिकाले धेरै मानवीय, आर्थिक र भौतिक क्षति व्यहोरेको पहिलो र दोस्रो विश्वयुद्धताका हो । सो बेला उनीहरुले देशको अस्तित्वका लागि र विस्तारका लागि देशको रक्षाको लागि उनीहरुले आफ्नो बली चढाएका हुन् । उनीहरुले आफ्नै देश र समाजका दाजुभाइ, दिदीबहिनीलाई मारेर, बलिबेदीमा होमिइएका होइनन्, देश बनाउने नाममा जुन माओवादीले जनयुद्धकालमा गर्यो । बुझ्नु के जरुरी छ भने नेपाल देशको निर्माण भगवानले गरेको होइन । हजारौं नेपाल आमाको सन्तानहरुले आफ्नो ज्यानको आहुति हाँसीहाँसी दिएर नेपालको निर्माण भएको हो । ताकी अहिलेका हाम्रा नेताहरुले जस्तो, कुर्सी र भागबण्डा जय नेपालको सवालमै मात्रै आफुहरुलार्य समर्पित गराएर र गरेर यो देशको निर्माण भएको होइन । क.प्रचण्डहरुको भनाई अनुसार त उहाँहरुले माओवादी क्रान्तिभन्दा पहिले देशको नाममा ज्यान आहुति गर्नेहरुलाई त सिँधै अवमूल्यन गर्न भएको देखिन्छ, जुन अतिनै निन्दनीय र खेदजनक छ, किनभने ती वीरहरु जसले नालापानी किल्लामा भोकै, तिर्खै लडेर देशको सीमा रक्षा गरे, उनीहरु स्वार्थी भएर, ज्यानको माया गरेर परिवारको मात्रै माया गरेर नलडी हेलिकप्टर चढी भागेको भए आज हामी सायद नेपाली नहुन पनि सक्थ्यौं ।