छसस । ओलीको घमण्ड र हटकै कारण एमालेको दम्भ रसातलमा पुग्न गएको छ । फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनमा ओली दम्भकै कारण, एमालेका १९ पदाधिकारीमध्ये प्रत्यक्ष निर्वाचनमा भिडेका ११ पदाधिकारीले लज्जास्पाद हार व्यहोर्नु परेको छ ।
अध्यक्ष ओली झापा–५, उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २, पृथ्वी सुब्बा गुरुङ लमजुङ, गोकर्ण विष्ट गुल्मी, महासचिव शंकर पोखरेल दाङ–२, उपमहासचिवहरु रघुवीर महासेठ धनुषा–४, लेखराज भट्ट कैलाली–४, सचिवहरु क्रमशः महेश बस्नेत भक्तपुर–२, शेरधन राई भोजपुर, राजन भट्टराई काठमाडौं–४, भानुभक्त ढकाल तेह्रथुमबाट चुनावमा भिडेका थिए । निर्वाचनमा भिडेका सबै पदाधिकारीहरुले लज्जास्पद हार व्यहोर्नु परेको थियो ।
यसरी केपी शर्मा ओलीकै अहंकार, दम्भ र हटकै कारण नेकपा एमाले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । अतः एमाले वृत्तले ओलीलाई विश्राम लिनु दबाब दिनु थालेको बुझिएको
छ ।
यसैगरी सहिदहरुको रगतमा होली खेल्दै आइरहेकी प्रचण्डकी सहोदर छोरी रेणु र बुहारी बिना दाहाललाई निर्वाचनमा लज्जाजनक रुपमा हराएर वर्षाै यतादेखि कायम रहेको प्रचण्डको फरियावादलाई कञ्चनपुर र भरतपुरका स्वाभिमानी जनताहरुले तोड्ने काम गरेका छन् । यस अर्थमा जनयुद्धका पीडित परिवारले कञ्चनपुर र भरतपुरवासीहरुलाई हृदयदेखिनै सलाम दिएको थाहा हुन आएको छ भने अब आउँदा दिनमा देश र देशवासीको हितमा काम नगरे के हविगत हुँदो रहेछ भन्ने शिक्षा पनि सम्पूर्ण दलहरुलाई मिलेको छ । यही कुरालाई स्मरण गरी अब बन्ने सरकारले देश र जनताको मर्म र भावनासँग जोडिएर काम गर्नुपर्ने दायित्व थपिएको छ ।

