छसस । देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको उदय पश्चात नेपाल सरकारले राजा वीरेन्द्रको २०४७ सालयता देखि शक्तिमा आसिन नेता तथा हजारौं कर्मचारीहरुको स्वदेश तथा विदेशमा लुकाइ राखेको सम्पत्तिहरुको खोजी गरी राष्ट्रियकरण गर्नुपर्ने आमधारणा छ । राष्ट्रिय लुट अभियानका निजिकरण भ्रष्ट र अवैध ढंगले आर्जन गरेका सम्पत्तिहरु Gen-Z निर्देशनमा बनेको नेपालको इतिहास मै पहिलो महिला प्रधानमन्त्री सुशीला कार्की सरकारले गर्ने कुनै कसर बाँकी नराख्ने कुरामा आम नेपालीहरु विश्वस्त छन् ।
जसरी गणतान्त्रिक सरकार आउनासाथ शाही सम्पत्तिहरुमाथि छानबीन गरी सामाजिक कार्यमा उपयोग गरे सोही बमोजिम राजनैतिक भ्रष्ट व्यक्ति तथा कर्मचारीतन्त्रले भ्रष्टाचार गरी कमाएका अकुत सम्पत्तिलाई पनि सामाजिक कार्यमा उपयोग गर्नुपर्दछ । राजतन्त्रको पतन र गणतन्त्रको उदयकालमा गठित ‘नेपाल ट्रष्ट(सञ्चालक समितिको बैठकले स्व.राजा वीरेन्द्र र राजपरिवारको नाममा लुकाई राखेको सबै सम्पत्ति खोजविन गर्ने काम गरेझै हिजो राजनीति गर्न चप्पलमा भित्रिइएका नेता तथा कार्यकर्ताहरु अहिले राजधानीमा गगनचुम्बी महलमा बस्ने, प्राडा्, पजेरोमा गुड्ने, आफ्ना छोराछोरीलाई देश विदेशका महँगा विद्यालयहरुमा पढाउने हैसियतमा कसरी पुगे ? यस्ताहरुको खोजी अब Gen-Z को सरकारले गर्नुपर्दछ । विडम्बना शाहीकालदेखि गणतान्त्रिक कालसम्म दिन दो गुणा, रात चौगुणाको दरले अपार अकुत कालोधन आर्जन गर्ने भ्रष्ट र जनविरोधी, देशघाति नेता तथा कर्मचारीतन्त्रको बारेमा नयाँ नेपालको प्रतिपादक Gen-Z पुस्ताले चनाखो र सतर्कतापूर्वक खोजी गरी कठघरामा उभ्याउने कार्य गर्नुपर्दछ । तब मात्र निर्दाेष अबला Gen-Z पुस्ताका सहिदको सपना साकार हुनेछ ।
कांग्रेसको देउवा दम्पत्ति, पूर्व ऊर्जामन्त्री, एमालेका केपी ओली, माओवादीका प्रचण्डहरुका त कुरै छोडौ, माथि भनिएझै चुडिन लागेको चप्पल लगाएर राजधानी भित्रिइएका राजनैतिक नेता तथा कार्यकर्ताहरुकै यतिबेला काठमाडौंमा गगनचुम्बी महल कसरी ठगिए? उनीहरुले यसरी अकुत सम्पत्ति कसरी जोडे ? काठमाडौां छिडिमा बस्दा डेरा भारा तिर्न नसकेर घरबेटीबाट बेइज्जती खेप्ने अनगिन्ती नेता तथा कार्यकर्ता, कर्मचारीहरु यतिबेला अमेरिका, जापान, यूके, क्यानडा, अष्ट्रेलिया जस्ता देशहरुका कम्पनी, उद्योगधन्दाहरुमा शेयर समेत खरीद गर्ने हैसियतमा पुगे कसरी ? जनसमक्ष उदाङ्गो भइसकेको छ । यसतर्फ पनि Gen-Z सरकारले ध्यान पुर्याउनु पर्दछ । नत्र Gen-Z को साहदात प्राप्त नानीबाबुहरुको रगतले पिरोल्ने छ ।

