छसस । प्रधानमन्त्री समेत रहेको नेकपा एमालेका अध्यक्ष रहेका केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेबाट राजनीति गर्न रोके पनि भण्डारी भने झन् झन् सक्रिय बन्न थालेकी
छिन् । उनले संसद भवन नयाँ बानेश्वर र सिंहदरबारको मध्यविन्दुमा पर्ने गरी पूर्वराष्ट्रपति भण्डारीले आफ्नो सम्पर्क कार्यालय खोलेकी छन् । यसरी सम्पर्क कार्यालय खडा गर्नुको मुख्य उद्देश्य हो च्यासलविरुद्ध चुनौती दिनु ।
च्यासल अर्थात एमाले अध्यक्षसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा दुई वर्षअघि नविकरण गरिएको पार्टी सदस्य ‘होल्ड’ मा राखिएको थियो । त्यसपछि साउन ९ गते बबरमहलको कार्की ब्याङ्क्वेटमा भण्डारीले पत्रकार सम्मेलन आयोजना गरी दुखेसो पोखेकी थिइन् । त्यसबेला नै धेरैले अनुमान गरेका थिए कि पत्रकार सम्मेलनमार्फत विद्या भण्डारीले ओलीलाई चुनौती दिने छिन् । उक्त दिन मौन बसेकी विद्याले विहिबार भने ओली सामू चूनौती पेश गरेकी छिन् ।
‘आफ्नो त पार्टीको सदस्यतामै च्यासलले प्रश्न उठाएको छ । साथीहरुले मलाई नेता भन्छन् । ४० वर्ष भयो सदस्य भएको । पार्टीले विषय निर्णय गरेर राष्ट्रपति भए ।’ विहिबार नयाँ कार्यालय पुगेकी विद्याले भनिन्– ‘एमालेको कार्यकर्ता बनेर काम गर्न चाहान्छु र गर्छु । पार्टीले जिम्मेवारी देओस् या नदेओस्, काम गर्ने हो । पार्टीको विसंगति विरुद्ध लड्ने हो ।’
उक्त अवसरमा विद्याले ओलीमाथि विभिन्न तरिकाबाट असन्तुष्टि समेत पोखिन् । भण्डारीको सम्पर्क कार्यालय उद्घाटनमा एमालेका ३ जना उपाध्यक्षहरु सहभागी भए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल, उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे अतिथिको रुपमा सहभागी भए । कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोख्रेलले ओलीमाथि कटाक्ष गर्दै भने– ‘कहिलेकाही विचारकै टोपी लगाउनेहरुले विचारलाई क्षतविक्षत बनाइरहेका हुन्छन् । यो चित बुझ्नुपर्ने आवश्यकता छ । त्यसकारणले टोपी लाएर प्रश्न बोक्नेहरु मात्रै विचारका संवाहक हुन्छन् भन्ने ठान्ने भूल गर्नु हुँदैन । यस्तो अवस्थामा विचारको रक्षा गर्नुपर्ने जरुरी छ ।’
गत असार १४ गते मदन भण्डारी फाउण्डेशनले आयोजना गरेको कार्यक्रममा ओलीले जबज भण्डारीले मात्रै प्रतिवाद गरेको सिद्धान्त नभएको दाबी गरेका थिए ।
उपाध्यक्ष ज्ञवाली र पाण्डेले विद्यालाई सक्रिय राजनीतिमा आउने बाटो बन्द गर्न नहुने पक्षमा पार्टीभित्र मत राख्दै आएका छन् ।

