छसस । विगतका सरकारले नेपाललाई कसैले सिंगापुर बनाए,, कसैले स्वीट्जरल्याण्ड तर रास्वपा सरकारले होस् गर्नुपर्ने र बुझ्नुपर्ने कुरा के छ भने नेपाललाई कुनै देश होइन यहाँका जनतालाई केवल नान, खाना र छानको व्यवस्था गरिदेऊ ।
रास्वपाको कार्यकर्तादेखि नेताहरुसम्म सबै भूईमान्छेहरुका भावना, रहनसहन र रितिरिवाजसँग अनभिज्ञ छैनन् । यहाँका जनतालाई महँगाई अभाव भन्ने कुरा दालभात खानु जस्तै छ । नेपाली जनतालाई महँगाईसँग खेल्नेबानी परिसकेको छ । नागरिकले राज्यबाट पाउनुपर्ने शान्ति, सुरक्षा, मौलिक अधिकार के कति र कस्ता हुन् भन्ने कुराको कुनै ट्ंगो छैन । देशमा दिनहु निर्मला पन्त र इनिशा विक बलात्कारकाण्ड जस्ता जघन्य घटनाहरु घटिरहेकै छन् । यी र यस्ता घटनाहरु राज्यको पराकाष्टकै नमून हो । यहाँ जसले जे गरे पनि भइनै रहेको छ । नेताहरुबाटै सरकारी जग्गा हड्प्ने, देशको ढुकुटी स्वाहा पार्ने खेल खेलिदो छ । यहीकारण नेपाली जनताले पुराना चेहराको विकल्पको रुपमा रास्वपालाई छानेका हुन् । किनभने यहाँ ‘जसको लाठी, उसैको भैसी’लाई चरितार्थ गरिदै आइरहेको छ । नेपालमा यस्तै भइरहेको छ । राज्यमा हालीमुहाली गर्ने, नेतृत्व तहबाट हुने लापरवाहीका कारण जनता राज्यबिहिन अवस्थाबाट गुज्रिरहेका छन् । सत्ता सञ्चालकहरुमा देश र जनताप्रतिको आफ्ना उत्तरदायीत्व के हो भन्ने कुराको बोध नहुँदा आज देश र जनताले अनेकौ समस्या झेल्न परिरहेको हो ।
प्रत्येक नेपालीको शीरमा विदेशी ऋणको भार थामी नसक्ने गरी झन् झन् बृद्धि भइरहेको छ । महँगीको मारले सगरमाथा चुमेको छ । बिचौलियाहरु दिन दुई गुणा र रात चौगुणाले सिढी चढिरहेका छन् । यता बहुसंख्यक नेपालीहरु ‘नाना, खाना र छाना’ बिहिन छन् । बिहान बेलुका हातमुख जोड्ने समस्यामा ग्रस्त छन् । छानोको त परकै कुरा । माथि उल्लेख गरिएझैं नागरिक सुरक्षाको अवस्था कहाली लाग्दो छ । देश हाँक्ने सिंहदरबारकै ढोकामा भ्रष्टहरुका सञ्जाल बग्रेल्ता छन् । यस्तो देशमा शान्ति सुरक्षा अमनचयन र भ्रष्टाचारको निर्मुल कसरी होला ? रास्वपा सरकारले अति गम्भीरताका साथ मनन गरी कार्य गर्नु पर्दछ ।
विश्वका जुनसुकै देशमा पनि राज्य सञ्चालन तहमा बसेका व्यक्तिहरु देश र जनताप्रति उत्तरदायी देखिएझैं अब बन्ने रास्वपा सरकारले सोही मार्ग तय गर्नु पर्दछ ताकी मुलुकका जनताले नेपालमा लोकतान्त्रिक, गणतान्त्रिक शासनको अनुभूति गर्न पाओस् ।

