•  २०८२ फाल्गुन १८
  • ढिलुङ राई———————————————————————————————————————————————————————
    छसस । जनताको नामबाट चलाइने छुवाछुत, भेदभाव एउटा निकृष्ट प्रणाली दक्षिण अफ्रिकाका गोराजातिको काला जातिमाथि चलाएको छुवाछुत, भेदभाव र भयंकर अमानवीय चरित्रको थियो । एउटै होटलमा खान, बस्न, नमिल्ने एउटै बसमा चढ्न नमिल्ने, एउटै बेन्चमा कुर्सीमा बस्न नमिल्ने । प्रजातन्त्र मानव अभ्यासका जनक हलैण्डका गोराहरु कति निर्मम, क्रुर, संकीर्ण र तुच्छ मनका रहेछन् भने आश्चार्य लाग्दो विषय हो यो ।
    त्यहाँ नेल्सन मण्डेला नजन्मिएका भए जनताले राहत पाउँदैन थिए । मण्डेलाकै कारण त्यहाँ सुधार हुँदैछ । भेदभाव  र छुवाछुत क्रमशः घट्दै घट्दै छ । यसरी काला जातिले आफ्नो सम्मान प्राप्त गरेका छन् । यसै प्रशंगमा रवर्ड राइवका बेन्च कथाको परिचर्चातर्फ जाऔंः गाउँबाट एउटा कुनै काला जातिको किसान एक दिन शहर आउँछ । शहरमा उसले एउटा आम सभा खुल्ला मैदानमा भैरहेको पाउँछ । त्यो आमसभामा काला जातिमाथि गोराको अमानवीय शासनको विरोध गरिएको थियो । त्यहाँ काला जातिका नेता पनि थिए र काला जातिको न्यायपूर्ण संघर्षलाई साथ दिने गोरा जातिका नेता पनि थिए । त्यो किसानले त्यहाँ के देख्यो भने काला जातिको महिलाले दिएको पानी गोरा जातिका नेताहरुले पिए । दिउँसोको गर्मीमा पछाडि बसेर भाषण सुनिरहेको त्यो किसानको घाँटी भिजे भिजे जस्तो भयो । उसले खुसीको महसुस गर्यो ।
    भाषण ३ घण्टा लामो थियो तर जम्मै कुरा उसले बुझ्न सकेन । त्यति पढेलेखेको नहुनाले गहिरो अर्थ बुझ्न पनि सक्दैनथ्यो । उसले भाषणमा सुनेको एउटा कुरा भने बिर्सन सकेन, सम्झिदै रह्यो । त्यो के कुरा थियो भने आफ्नो हक, हधिकार प्राप्त गर्न, ठूला ठूला संघर्ष त हुन्छ र गरिन्छ नै तर यस्तै लामो संघर्षको यात्रामा प्रभावकारी साना साना संघर्षहरु पनि गर्नुपर्छ । त्यसले संघर्षमा नैतिक बल दिन्छ । जस्तै काला जातिले बस्न नहुने बेन्चामा बस्नु र त्यो कुराको हल्ला शहर भरी फैैलिनु कहिलेकाही त्यसको लागि कष्ट होला तर त्यसले राम्रो उदाहरण दिन्छ । यति सुनेर त्यो किसान उठ्यो र साँझ भएकाले किनमेल सकेर घर फर्कने निधो गर्यो तर त्यसैबेला आमसभाको भाषणको छापले उसलाई भित्रैबाट हल्लाये । उसले रेल्वे स्टेशन नजिकै भएको बेन्च जहाँ गोराको लागि मात्र लेखिएको थियो । ऊ त्यही गएर बस्यो । त्यहाँ भीडलाग्यो । गोराहरु आएर उसलाई त्यहाँबाट तानेर उठाए, हकारे र पिटे पनि । केही नबोली उ बसिरह्यो । एक क्षणमा उसलाई प्रहरीले लग्यो । उसको अनुहारमा कुट्यो । उसको अनुहारबाट रगत झर्यो । प्रहरीले पक्रेर थानमा लान थालेपछि मात्र ऊ हाँस्यो । उसलाई के थाहा थियो भने क्रान्तिकारीहरु पक्राउ पर्दा अँध्यारो मुख गर्दैनन्, बरु प्रफुल्ल बन्छन् । जसले गर्दा संघर्ष गर्नेहरुको अरु मनोबल नखुस्कियोस् । उसले एउटा अखबारमा प्रहरीले थुन्न लाँदा हासिरहेको फोटो पनि हेरेको थियो । उसले त्यही सम्झ्यो र हाँस्यो । झण्डै आधा घण्टा नबोली बसेको ऊ त्यसपछि मात्र बोल्यो लैजाउ जहाँ लानु छ ।
    यसैबाट पनि प्रष्ट हुन्छ, नेपालमा अझै पनि जातपात, छुवाछुत, नीचउचको तुष हराएको छैन । लोकतन्त्र आयो तर व्यवहारमा यहाँ हैकमवादी शासनको अन्त्य हुन सकेको छैन । बाहुन जातिमा अझै छुवाछुत चरम चुलिमा छ । बरु अन्य जातमा छैन, भए पनि कम छ । भेदभाव पनि ब्राह्मण सम्प्रदायमै धेरै छ । अहंकार पनि यही सम्प्रदायमै छ । अद्यावधि सार्वजनिक स्थलमा, सामाजिक कार्यक्रममा ब्राह्मणलाई नै राख्ने चलन हटेको छैन । यति मात्र नभएर सरकारमा, प्रशासनमा, पार्टी नेतृत्वमा समेत बढी ब्राह्मण जातकै रहने त परम्परानै भैसकेको छ । रवर्ड राईवका ‘बेन्च’ कथाको थुप्रै नायकनायिका के अब यहाँ पनि जन्मनु आवश्यक छैन ? रुप फरक होला तर सार त एउटै हो नी होइन र ? पाठक गण ।