छसस । बिहान खाए, बेलुकी के खाउ भन्ने अवस्थाका ज्यामी, मजदुरहरुका पसिनाको कमाइमा होली खेल्ने सहकारी ठगहरु अहिलेसम्म राजनैतिक संरक्षणमा बाँचिरहेका थिए । अहिले रास्वपाको शक्तिशाली सरकार गठन भएपछि त्यस्ता ठगहरु तिलबिलाएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तरगतका समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको तथ्यांक अनुसार संघीय सरकार मातहत दर्ता भएका सहकारी संस्थाहरु मध्ये १५वटा सहकारी संस्थाले मात्र बचतकर्ताको १७ अर्ब १८ करोड रुपैया भन्दा बढी रकम ठगहरुले हिनामिना गरेको तथ्यांक छ । संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहगरी ३२ हजारको हाराहारीमा सहकारी दर्ता भएको छ । अहिले यी संस्थाहरुमा ठगहरुका कारण जनविश्वास गुमीसकेको अवस्था छ ।
बचतकर्ताहरुका बचत ठगहरुले कसरी परिचालन र अपचलन गर्दारहेछन् भन्ने कुराको प्रमाण बानेश्वरस्थित कान्तिपुर सेभिङ एण्ड क्रेडिट को अपरेटिभका सञ्चालकहरुका चर्तिकला हेरे मात्र पनि प्रर्याप्त हुन्छ । कान्तिपुरका ठग सञ्चालकहरुले बचतकर्ताको सढे ६ अर्ब रुपैया दुरुपयोग गरी व्यक्तिगत नाममा घर, जग्गा, जग्गा प्लटिङ्ग, निजी कम्पनी र रिसोर्ट समेतमा लगानी गरेको देखिन्छ । यस क्षेत्रकै पुरानो र धेरै बचतकर्ता भएकाहरुमध्ये कान्तिपुर सहकारीले १८ वटा भन्दा बढी शाखाहरु विस्तार गरी जम्मा भएको बचतकर्ताहरुको बचत सञ्चालकहरुले व्यक्तिगत रुपमा मनपरी ढंगले माथि उल्लेख गरिएझै निजी घरघडेरी, प्लटिङ्ग, स्कुल, कलेजमा समेत लगानी गरेको पाइएको छ । यसरी कान्तिपुर सहकारी को अपरेटिभमा जम्मा भएको बचत रकम निजी प्रयोगमा ल्याउने मध्येमा विगतमा पत्रपत्रिका बिक्रि गर्दै आएका हकर अहिले आफुलाई कांग्रेसका बरिष्ठ नेता नै हु भनि ठान्ने डिल्लीबजारस्थित समस्याग्रस्त पशुपति सेभिङ्ग एण्ड क्रेडिट सहकारीका समेत अध्यक्ष रहेको कान्तिपुर सहकारीका पूर्वअध्यक्ष(चन्द्रबहादुर तामाङ), सी.बी. लामा, कान्तिपुरका वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी, प्रबन्ध सञ्चालक प्रेम लामा(प्रेमध्वज लामा), सञ्चालकहरु जोग लाल लामा, सानुकान्छा लामा, नारायण प्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुली लगायतले बचतकर्ताहरुको रकम मनोमानी ढंगले निजी घर जग्गा, प्लटिङ्ग, क्रसर उद्योग, कलेज र अस्पतालहरुमा लगानी गरेको खुल्न आएको छ । सर्वसाधारण जनताको खाई, नखाई बचत गरेको रकम हिनामिना गर्ने ठगहरुमाथि अब यो सकारले हदैसम्मको कठोर व्यवहार गर्नेमा आम बचतकर्ता आशावादी छन् । बहुमतको वर्तमान सरकारले हालै सहकारी अध्यादेश जारी गरे लगत्तै आम नेपालीले छिमेकी मुलुकहरुमा भ्रष्टाचारीलाई आजीवन कारावास या फाँसीकै सजायको व्यवस्था भएझै नेपालमा पनि सोही अक्षरस व्यवहारमा उतार्नुपर्ने आम धारणा रहेको छ । यसो गरेमा मात्र नेपालमा भ्रष्टाचार कम हुँदै जाने देखिन्छ ।

