मुलुकमा व्यवस्था परिवर्तन भएर मात्र हुँदैन, अवस्था परिवर्तन गर्न पहिलो कुरा त सरकारमा रहने देशको प्रशासन हाँक्नेहरुको मनस्थितिमा आमूल परिवर्तन हुनुपर्यो । खै लोकतन्त्र आयो कि गणतन्त्र आयो ? आम नेपालीले अनुभूति गर्न सकेका छैनन् । देश र जनता उस्तै छन्, गरिबी, बेरोजगारी उस्तै छ । मन्त्रिहरुका चुरुफरी, तडकभडक राजाको प्रत्यक्ष शासनकाललाई माथ गर्ने खालका छन् । राजतन्त्र र गणतन्त्रमा फरक के छ ? उहि शान उहि तडकभडक, उही चुरीफुरी । कसको के लाग्छ ?
