•  २०८३ बैशाख १
  • आफ्नै श्रीमानलार्य गुमराहमा पारेर पर पुरुष गमन गर्ने बानी परेकी बेश्या आईमाइको जीवनचर्या कस्तो हुन्छ ? भनिरहनु नपर्ला ? स्वार्थसिद्ध खातिर जोसुकैसँग पनि नाङ्गिईदिने ती स्वास्नी मानिसको चरित्र र हाम्रो नेपालका राजनीतिक दलका शिर्षस्था नेताहरुका घिनौना खेल तुलनात्मक रुपमा यो रिठ्ठेलाई उस्तै उस्तै लाग्छ ।
    किनकी ती बेश्याले आफ्नो स्वार्थ सिद्ध खातिर आफ्नो देउता जस्तो श्रीमानलाई आँखा छली पर पुरुषगमन गरीन्, त्यसैगरी आफुहरुलाई मतदान गरी उच्च स्थानमा पुर्याउने भगवान् तुल्य मतदाताहरुलाई धोका दिई निहित स्वार्थ सिद्धमा लिप्त हुन्छन् । यहीकारण तुलनात्मक रुपमा बेश्या र नेताको चरित्र यो रिठ्ठेलाई उस्तै उस्तै लाग्नु स्वभाविकै हो ।
    यो रिठ्ठेले हेर्दै आएको छ पदलोलुपता र सत्तामोहमा परि राष्ट्रिय राजनीतिक दलका मुखियाहरुनै मुलुक र जनताको मूल्य र मान्यतालाई पर सारी तँछाडमँछाड गर्दै नीहित स्वार्थ र सत्ताको लागि कुकुर हड्डीमा लडेझैं कुर्सीको निमित्त लडिरहेछन् । सत्ता जोगाउने खेलमा राष्ट्रिय ढुकुटी सिध्याउने र संवैधानिक नियुक्तिहरुमा समेत भागबण्डा जय नेपाल गरिरहेछन् । पछिल्लो पटक उच्च अदालतका २७ न्यायाधीश नियुक्ति प्रक्रिया हेरे पनि दलहरुको नियती बुझ्न सकिन्छ । न्यायाधीश कोटामा नेपाली कांग्रेसको कोटा एमालेको कोटामा सबै परेका छन् । न्यायपरिषदमा कांग्रेस र एमालेकै हालीमुहाली चल्ने भएकाले न्यायाधीश नियुक्तिमा त्यसको प्रतिविम्व स्पष्ट देखिन्छ ।