लेमलेम्मा
विश्वभर जातीय हिंसा, विभेद अझैसम्म पनि हट्न सकेको छैन । दक्षिण अफ्रिकाका गोरा जातिको काला जातिमाथि चलाएको छुवाछुत भेदभाव र भयंकर अमानवीय चरित्रको थियो । प्रजातन्त्र र मानव अभ्यासका जनक हलैण्डका गोराहरु कति निर्मम, क्रुरर, संकीर्ण लाग्दो विषय हो यो । उक्त देशमा नेल्सन मण्डेला नजन्मिएका भए त्यहाँका जनताले राहत पाउँदैन थिए । मण्डेलाकै कारण त्यहाँ सुधार हुँदै छ । भेदभाव र छुवाछुत क्रमशः घट्दै घट्दै समाप्तिको बाटोमा पुगेको छ । यसरी काला जातिले आफ्नो सम्मान प्राप्त गरेका छन् । यसै प्रसंगमा राइवको बेन्च कथाको परिचर्चातर्फ जाऔं । गाउँबाट एउटा कुनै काला जातिको किसान एक दिन शहर आउँछ । शहरमा उसले एउटा आम सभा खुला मैदानमा भैरहेको पाउँछ । त्यो आमसभामा काला जातिमाथि गोराको अमानवीय शासनको विरोध गरिएको थियो । त्यहाँ काला जातिका नेता पनि थिए र काला जातिका न्यायपूर्ण संघर्षलाई साथ दिने गोरा जातिका नेता पनि थिए । त्यो किसानले त्यहाँ के देख्यो भने काला जातिको महिलाले दिएको पानी गोरा जातिका नेताहरुले पिए । दिउँसोको गर्मीमा पछाडि बसेर भाषण सुनिरहेको त्यो किसानको घाँटी भिजे भिजे जस्तो भयो । उसले खुशीको महसुस गर्यो ।
भाषण ३ घण्टा लामो थियो तर जम्मै कुरा उसले बुझ्न सकेन । उसले त्यति पढे लेखेको नहुनाले गहिरो अर्थ बुझ्न पनि सक्दैनथ्यो । उसले भाषणमा सुनेको एउटा कुरा भने बिर्सन सकेन । त्यो के कुरा थियो भने आफ्नो हक अधिकार प्राप्त गर्न, ठूला ठूला संघर्ष त हुन्छ र गरिन्छ नै तर यस्तै लामो संघर्षो यात्रामा प्रभावकारी साना साना संघर्षहरु पनि गर्नुपर्छ । त्यसले संघर्षमा नैतिक बल दिन्छ । जस्तै काला जातिले बस्न नहुने बेन्चमा बस्नु र त्यो कुराको हल्ला शहर भरी फैलिनु कहिलेकाही त्यसको लागि कष्ट होला तर त्यसले राम्रै उदाहरण दिन्छ । यति सुनेर त्यो किसान उठ्यो र साँझ भएकाले किनमेल सकेर घर फर्कने निधो गर्यो तर त्यसैबेला आम सभाको भाषणको छापले उसलाई भित्रैबाट हल्लायो । उसले रेल्वे स्टेशन नजिकै भएको बेन्च जहाँ गोराको लागि मात्र लेखिएको थियो उ त्यही गएर बस्यो । त्यहाँ भीड लाग्यो । गोराहरु आए र उसलाई त्यहाँबाट तानेर उठाए, हकारे, पिटे र उसलाई त्यहाँबाट तानेर उठाए । केही नबोली उ बसिरह्यो । एक क्षणमा उसलार्य प्रहरीले लग्यो । उसको अनुहारमा कुट्यो । त्यसबाट रगत झर्यो । प्रहरीले पक्रेर थानामा लान थालेपछि मात्र ऊ हाँस्यो । उसलाई के थाहा थियो भने क्रान्तिकारीहरु पक्रऊ पर्दा अध्यारो मुख गर्दैनन् बरु प्रफुल्ल बन्छन् । जसले गर्दा संघर्ष गर्नेहरुको अरु मनोबल नखस्कियोस् । उसले एउटा अखबारमा प्रहरीले थुन्न लाँदा हासिरहेको फोटो पनि हेरेको थियो । उसले त्यही सम्झ्यो र हाँस्यो । झण्डै आधा घण्टा नबोली बसेको उ त्यसपछि मात्र बोल्यो लैजाउ जहाँ लानु छ । मैले जे गरे पनि हुन्छ लैजाउ । नबस्नु भनेको ठाउँमा बसेर आफ्नो प्रतिष्ठा प्राप्त गरी सके, तिम्रो कानूनलाई तोडिसके अब मलाई जे गरे पनि हुन्छ । लैजाउ । त्यसपछि प्रहरीले उसलार्य थुन्न लगे । कथा त यति हो ।
पाठकगण तर गहिरिएर सोच्नुस्, त्यो कालो जातिको किसान नेताको भाषण सबै नबुझे पनि जति बुझ्यो त्यो त्यसले कति राम्ररी तुरुन्तै लागू गर्यो । ऊ आफ्नो आस्थाप्रति इमान्दार छ । अनि मानवताको लागि आफ्नो सम्मानको लागि, समानताको लागि सानो सानो संघर्षको पनि ठूलो महत्व हुन्छ भन्ने कुरा प्रष्ट छ । दक्षिण अफ्रिकाको एउटो सोझो किसान दक्षिण पूर्व एसियाको तल्लो जाति भनेर हेला होचो गरिएको किसानको मूल मानवीय भाव के गोराकै झै एउटै होइन र रु हामी नेपालीहरु पनि माथिल्लो जाति, अझै कथित उच्च जातिका भनाउँदाबाट हेपिएका, होच्याइएको र प्रतिष्ठाबाट अझै बञ्चित छौं । हिरालाल विश्वकर्मा मन्त्री हुँदा पञ्चायतकालमा उसले छोएको पँधेरो भनिन्छ । नेपालमा अझै पनि जातपात छुवाछुत अन्त्य हुन सकेको छैन । लोकतन्त्र त आयो तर व्यवहारमा यहाँका ब्राह्मणको हैकमवादी शासनको अन्त्य हुन आवश्यक छ । अझै छुवाछुत ब्राह्मणमै छ, अरु समुदायमा छैन । भेदभाव ब्राह्मण सम्प्रदायमै छ । अहंकार ब्राह्मण जातिमै छ । अद्यावधिक सार्वजनिक स्थलमा पहिलो स्थान दिएर ब्राह्मणहरुलाई राख्दैपर्दछ । सरकारमा प्रशासनमा, पार्टी नेतृत्वमा बढी ब्राह्मण जातकै छन् । पाठकगण रवर्ड राइवका बेन्च कथाको थुप्रै नायक नायिका के अब यहाँ पनि जन्मिनु आवश्यक छैन र रु रुप फरक होला तर सार त एउटै हो नि, होइन र रु अझै यहाँ छुवाछुतको तुष बाँकी नै छन् ।

