“धर्म उच्च वर्गद्वारा बनाइएको नियम हो । जसले निम्न वर्गको सफलतापूर्वक दमन गर्दछ ।” (कार्लमाक्र्सको यो भनाईलाई मनुस्मृति जस्ता हिन्दुग्रन्थहरुले पुष्टि गर्दछ । सम्पा.)
हिन्दुव्यवस्था अनुसार एउटै जातिलाई डिभाइड गरेर चार भागमा बाँडिएका छन् । तीमध्ये प्रथम दुई जातिहरुलाई ‘मतवाली’ भनेर सम्बोधन गरिएको छ । ब्राह्मण वर्ग र क्षेत्री वर्ग पहिलो समूहमा पारिएका छन् भने वैश्य वर्ण र शुद्र वर्ण दोस्रो समूहमा पारिएका छन् । दोस्रो समूहका ‘मतवाली’ सम्बोधन गरिएको वर्गहरुलाई नशालु पदार्थ सेवन गर्ने भनेर घृणा गरिएको छ । किनकी ‘मतवाली’को अर्थ नशालुनै हुन्छ । मतवाली वर्गका दुई वर्गहरुमध्ये शुद्र वर्णलाई दलित वर्गमा पारिएका छन् । दलित वर्गलाई अछुत हरिजन आदि पनि भनिन्छ । हिन्दु धर्मग्रन्थ मनुस्मृतिमा दलित वर्ग वा शुद्रवर्णको उत्पत्ति सम्बन्धि सातवटा विधिबाट उत्पन्न भएको भनि उल्लेख गरिएको छ । जस्तैः युद्धमा कैद भएको, दासत्व स्वीकार गरिएको, जोघरको दासी पुत्र छ,, जसलाई खरीद गरिएको छ, जो दानमा प्राप्त भएको छ, जसको पीता आदि पनि दासी नै हो, जसलाई राजदण्डबाट दास घोषित गरिएको छ । मनुस्मृति अनुसार यी सात प्रकारका मनुष्यहरुनै दासयोनी शुद्रवर्ग वा दलित हुन् भनिएको छ ।
हिन्दुग्रन्थमा तथाकतिथ सुवर्ण वर्गका तागाधारीहरुबाट दलितहरुको दुःख दर्द जस्तै संवेदनशील विषय वस्तु बुझ्नु त कता हो कता दलितहरु दासयोगी हुन् र उनीहरु पूर्व जन्मकोकर्मको फल भोग्न दलितको कर्म लिएर जन्मलिएका हुन् भनेर झनै दलितहरुलाई अपमान गरिएको छ । केही हिन्दुधर्म ग्रन्थहरुमा दलितहरुका अपमान गर्न हिन्दुहरुकै देवताहरु, ऋषिमुनि भनिनेहरुलाई नै अगाडि ल्याइएको देखिन्छ ।
यसर्थ कर्मफलको मान्यतालाई अगाडि सारेर हिन्दुग्रन्थहरुले कार्लमाक्र्सले भनेझै ‘धर्म उच्च वर्णद्वारा, निम्न वर्गलाई दमन गर्न बनाइएको नियम हो’ भन्ने कुरालाई स्पष्ट गरिएको छ । दलितहरुको कर्मफलको मान्यतालाई तिलाञ्जली नदिएसम्म समाजमा जातीय विभेद कुनै हालतमा हट्न सक्दैन । समानताको विगुल फुकौ, जातीय विभेदको तुष हटाउनको लागि ऐन, कानून मात्र बनाएर पुग्दैन सर्वप्रथम मनुस्मृति लगायतका हिन्दु ग्रन्थहरुलाई परिमार्जन गर्नु, निस्तेज पार्नु वा जलाउनै पर्छ । अनि मात्र देशमा जातीय मुक्ति स्थापना भई देश विकासको ढोका खोलिने छ । यसलाई साम्प्रदायिक आँखाले होइन, माक्र्सवादी आँखाले हेरौं । धन्यवाद ।
